कनकाई प्रतिभा प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कनकाई प्रतिभा पतिष्ठान सुरुङ्गा, झापाको एउटा साहित्यिक संस्था हो । साहित्यकार कोमलप्रसाद पोखरेल र बुद्धदेवप्रसाद घिमिरेको सक्रियता एवं अगुवाइमा यसको स्थापना २०५१ कार्तिक १७ गते ८६अौं लक्ष्मी जयन्तीका दिन भएको हो । सूर्यस्मृति प्रतिभा पुरस्कारका साथै अन्य पुरस्कारहरू पनि यस प्रतिष्ठानले सञ्चालन गर्ने गरी स्थापना गरिएको छ र वितरण पनि हुँदैछ । यसले सामयिक सङ्कलनका रूपमा कनकाई प्रवाह नामक साहित्यिक पत्रिका निकाल्दै आएको छ । सो क्रममा यसको पहिलो तरङ्ग (२०५६), दोस्रो तरङ्ग (२०६०), तेस्रो तरङ्ग (२०६६) र चौथो तरङ्ग (२०७१) गरी जम्मा चार वटा तरङ्ग प्रकाशित भइसकेका छन् । २.[१] स्थापना कालको कार्यकारिणी यमिति निम्नानुसार रहेको छ -

  • बुद्धदेव घिमिरे - अध्यक्ष
  • कोमलप्रसाद पोखरेल - सचिव
  • जनार्दन उप्रेती - कोषाध्यष
  • डा.पुण्यप्रसाद पौड्रयाल - सह-सचिव
  • ज्ञानराज सुवेदी - सदस्य
  • जीवनाथ सुवेदी - सदस्य
  • तुलसीदास श्रेष्ठ - सदस्य
  • कुवेरप्रसाद संग्रौला - सदस्य
  • गोपीकृष्ण खनाल - सदस्य

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. कनकाई प्रवाह (२०५६), संस्थाको परिचय सुरुङ्गा, झापा : कनकाई प्रतिभा प्रतिष्ठान