काजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वंशिधर कालु पाँडे, गोरखा राज्यको काजी, प्रसिद्ध युद्धनायक

काजी एक नेपाली प्रशासनिक एवम् सैनिक मर्यादाको पद वा उपाधि हो। काजी पदको सुरूवाती पदभार मुगल साम्राज्यको देवान र बेलायती परम्पराको प्रधानमन्त्री सरह थियो । कालान्तरमा ४ काजीको नियुक्ति हुन थाल्यो । फ्रान्सिस बुचानन ह्यामिल्टन तथा डिल्ली रमण रेग्मीका अनुसार नेपालको भारदारी सभामा ४ काजी हुने गर्दथे ।[१] त्यसपछि तिनीहरूमध्ये एक मूलकाजी छानिन्थ्यो । राजा रणबहादुर शाहले नाबालक छोरा गीर्वाणयुद्ध विक्रम शाहको निम्ति गद्दी त्याग गर्दा काजीहरूको सङ्ख्या बढेको थियो ।[१]

काजी र क्षेत्री जाति[सम्पादन गर्नुहोस्]

विशेषतः क्षेत्री परिवारका सदस्यलाई दिइने यस उपाधि अन्य जातहरूमा पनि दिइन्थ्यो। पाँच थरका पुरूषहरूलाई भने यो उपाधि वंशाणुगत रूपमा दिइएको थियो। ती ५ काजी खलकका थरहरूः

थप: भण्डारी परिवारलाई पनि दरबारिया खलकसम्म मानिएको थियो।

अन्य थरीहरू पनि उक्त पदबाट सम्मानित थिए। यो पद विशेषतः प्रशासनिक वा सैनिक क्षेत्रका उच्च ओहोदाका जो कोही व्यक्तिलाई दिइन्थ्यो।

काजीहरूको सूची[सम्पादन गर्नुहोस्]

गोरखा राज्य, नेपाल अधिराज्य तथा अन्य राज्यहरूका काजीहरूको सूची:

पुस्तक[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Pradhan 2012, पृष्ठ 8.

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]