एलेस्टर कुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलेस्टर कुक
सन् २०१६ मा एलेस्टर कुक
व्यक्तिगत जानकारी
नामएलेस्टर नेथन कुक
जन्म (1984-12-25) २५ डिसेम्बर १९८४ (उमेर ३९)
ग्लुसेष्टर, ग्लुसेष्टरशायर, संयुक्त अधिराज्य
उपनामकप्तान कुक, कुकी, कुकी मोन्स्टर, शेफ
उचाई६ फिट २ इन्च (१.८८ मी)
ब्याटिङबायाँ हाते
बलिङदायाँ हाते न्युन गति, दायाँ हाते मध्यम गति
भूमिकासुरूवाती ब्याट्सम्यान, इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिम टेष्ट कप्तान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ६३०)१ मार्च २००६ v भारत
अन्तिम टेस्ट११ अगस्ट २०१६ v पाकिस्तान
एदिअ पदार्पण (क्याप १९६)२८ जून २००६ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१६ डिसेम्बर २०१४ v श्रीलङ्का
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक२६
घरेलु टोली जानकारी
वर्षटिम
२००२बेडफोर्डशायर
२००३इसेक्स क्रिकेट बोर्ड
२००३–इसेक्स (squad no. २६)
२००४-२००७एम.सी.सी
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय प्रथम श्रेणी लिष्ट ए
म्याच १३३ ९२ २४५ १५०
कुल रन १०,५९९ ३,२०४ १९,३५० ५,२०४
ब्याटिङ औसत ४७.३१ ३६.४० ४८.३७ ३७.७१
१००/५० २९/५१ ५/१९ ५५/९५ ९/३१
सर्वोच्च स्कोर २९४ १३७ २९४ १३७
कुल बल १८ २८२ १८
विकेट
बलिङ औसत ७.०० ३०.१४
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ १/६ ३/१३
क्याच/स्टम्प १३२/– ३६/– २४३/– ६३/–
स्रोत: CricketArchive, २ सेप्टेम्बर २०१६

एलेस्टर नेथन कुक (जन्म २५ डिसेम्बर, १९८४) अङ्ग्रेजी क्रिकेट खेलाडी हुन्। उनी बायाँ हाते सुरूवाती ब्याट्सम्यान, इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिमको टेष्ट टोलीका कप्तान तथा एकदिवसीय टोलीको भूतपूर्व कप्तान हुन्। उनी काउन्टी क्रिकेटमा इसेक्स काउन्टी क्लबबाट खेल्छन्। उनले इसेक्स युवा क्लबबाट खेले र प्रथम ११ मा सन् २००३ मा परे। उनले विभिन्न युवा टिमबाट खेलिरहे जब सन् २००६ मा राष्ट्रिय टिममा खेल्ने मौका पाए। उनी प्राय स्लीप स्थानमा फिल्डिङ गर्छन्।

पश्चिम इन्डिजमा ई.सी.बी राष्ट्रिय एकेडेमीसंगै टुरमा रहँदा उनलाई इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिममा भारत विरूद्ध मार्कस ट्रेस्कोथिकको सट्टा खेलाईएको थियो जहाँ उनले प्रथम टेष्ट शतक बनाएका थिए। उनले २१ वर्षको उमेरमा प्रथम राष्ट्रिय टेष्ट खेल खेलेका थिए र प्रथम वर्षमा १,००० रन बनाउन सफल भए। उनी १,५००, २,०००, ३,०००, ४,०००, ५,००० र १०,००० टेष्ट रन बनाउने सबभन्दा कान्छा अङ्ग्रेज हुन्। यसका लागि उनले भारत, पाकिस्तान, पश्चिम इन्डिज तथा बङ्गलादेश विरूद्ध शतक बनाएका थिए। [१]

  1. Brett, Oliver (९ जुन २००७), "Cook hundred keeps England on top", BBC, २४ अगस्ट २००७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २००७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)