सेन्जेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शेनझेनबाट अनुप्रेषित)
सेन्जेन
深圳市
सेन्जेन सहरको अवस्थिति
सेन्जेन सहर
देशचीन
प्रान्तगुआङ्गडोङ्ग
सहरमार्च १९७९
SEZ गठन गरिएको१ मे १९८०
सरकार
 • मेयरझु किन
क्षेत्रफल
 • नगर२०५० किमी (७९० वर्ग माइल)
 • सहरी
१९९१.६४ किमी (७६८.९८ वर्ग माइल)
उन्नतांश
०–९४३.७ मिटर (०–३१४५.७ फिट)
जनसङ्ख्या
 (२०१४)
 • नगर१०७७८९००
 • घनत्व५३००/किमी (१४०००/वर्ग माइल)
 • सहरी
१०,६३०,०००
 • सहरी घनत्व५३००/किमी (१४०००/वर्ग माइल)
क्षेत्रीय सङ्केत७५५
वेबसाइटsz.gov.cn

सेन्जेन  ([ʂə́nt͡ʂə̂n] ( ); चिनियाँ: 深圳[१])चीनको गुआङ्गडोङ्ग प्रान्तको मुख्य सहरहरू मध्ये एक हो। सेन्जेन सहर चीनको विशेष प्रसाशनिक क्षेत्र हङ्गकङ्गको उत्तरमा अवस्थित रहेको छ। यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ। [२]

पहिला सेन्जेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो विशेष आर्थिक क्षेत्रको रूपमा तोकिएको थियो।[३] २०१५ को सरकारी प्रतिवेदन अनुसार सेन्जेन सहरमा कुल १,०८,७८,९०० जनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो।[४] सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको सहरहरू मध्ये सेन्जेन पनि एक हो। सेन्जेनको जनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो। [५]

इतिहास[सम्पादन गर्नुहोस्]

सेन्जेन क्षेत्रमा मानिसको बसोवास पुरातन समय देखी नै रहेको देखिन्छ। हालसम्म भेटिएको सबैभन्दा पूरानो पुरातात्त्विक अवशेषहरू करिब ५००० वि.सि को रहेको अनुमान लगाईएको छ। 

सेन्जेन चीनको मे १९८० को पाँच विशेष आर्थिक क्षेत्र मध्ये पहिलो क्षेत्र हो। प्रारम्भमा विशेष आर्थिक क्षेत्रको क्षेत्रफल मात्र ३२७.५ वर्ग कि.मि दक्षिण शेन्झेनमा रहेको थियो। जसले चार जिल्लालाई छुन्थ्यो।

भूगोल[सम्पादन गर्नुहोस्]

सेन्जेन पर्ल नदीको छेउमा अवस्थित रहेको छ भने यससँग सिमा जोडिएको सहरहरू दक्षिणमा हङ्गकङ्ग, उत्तर र उत्तरपूर्वमा हुइझाउ, उत्तर र उत्तरपश्चिममा डोङ्गगुआन हुन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा सेन्जेनको कुल ग्राहस्थ उत्पादन जम्मा २७० बिलियन अमेरिकी डलर थियो। यस शहरको आर्थिक उत्पादन पोर्टुगाल, आयरल्यान्ड तथा भियतनाम भन्दा बढी छ। सन् २०१४ मा यहाँको प्रति व्यक्ति आय १६४,६६४ (युएसडि २५,०३८) रहेको थियो, जुन विकसित देशहरूको बराबर हुन आउँछ।


प्रसाशनिक विभाजन[सम्पादन गर्नुहोस्]

सेन्जेनको मातहतमा आठ प्रसाशनिक जिल्लाहरू तथा दुई नयाँ जिल्लाहरू पर्दछन्।

सेन्जेनको प्रशासनिक विभाजन

सहरीकरण[सम्पादन गर्नुहोस्]

सेन्जेनको सबैभन्दा अग्लो भबन १०० तल्लाको किंगके हो, जुन ४४१.८ मिटर अग्लो छ। सेन्जेनमा सन् १९९६ मा बनेको एसियाकै अग्लो भवन शुन हिंग स्कवायर (भवनको एन्टिनालाई पनि गणना गर्ने हो भने) पनि छ। यस शहरमा २०० मिटर भन्दा अग्ला ५९ भवनहरू छन् भने ती मध्ये ३०० मिटर भन्दा ९ वटा भवनहरू छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Chinese Characters for Shenzhen and Stroke Order", अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  2. "中央机构编制委员会印发《关于副省级市若干问题的意见》的通知. 中编发[1995]5号", 豆丁网, १९९५-०२-१९, मूलबाट २९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०५-२८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Fish, Isaac Stone (२०१०-०९-२५), "A New Shenzhen", Newsweek, अन्तिम पहुँच २०१४-०४-२९ 
  4. "2000-2014年各市年末常住人口数_2015年广东统计年鉴查阅和Excel下载_数析网(tjsql.com)", www.tjsql.com, अन्तिम पहुँच २०१६-०५-०१ 
  5. "深圳人口数量2015", अन्तिम पहुँच २५ मे २०१५