सिलोङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शिलोङबाट अनुप्रेषित)
सिलोङ
Shillong
राजधानी
सिलोङको दृश्य
सिलोङको दृश्य
देश भारत
राज्यमेघालय
जिल्लापूर्व खासी हिल्स
क्षेत्रफल
 • राजधानी६४.३६ किमी (२४.८५ वर्ग माइल)
उन्नतांश
१,५२५ मिटर (५००३ फिट)
जनसङ्ख्या
 (२०११)
 • राजधानी१४३,२२९
 • घनत्व२३४/किमी (६१०/वर्ग माइल)
 • महानगर
३५४,३२५[१]
भाषा
 • आधिकारिकखासी (अन्य अङ्ग्रेजी)
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक पिन
७९३ ००१ – ७९३ १००
टेलिफोन कोड०३६४
सवारी दर्ताML-05
वेबसाइटeastkhasihills.gov.in

सिलोङ (अङ्ग्रेजी: /ʃɪˈlɔːŋ/;[२][३] भारतको सबैभन्दा सानो राज्य मेघालयको राजधानी र पूर्व खासी हिल्स जिल्लाको मुख्यालय पनि हो । यस सहरलाई द एडोब अफ क्लाउड्स पनि भन्ने गरिन्छ । भारतको पूर्वोत्तरमा रहेको यो सहर आफ्नो सौन्दर्यताको कारण पर्यटकहरूको लागि आकर्षणको केन्द्र रहेको छ । यो सहर पहिले भारतको राज्य असमको राजधानी थियो, पछि असमको विभाजन भएपछि मेघालय राज्यको निर्माण भयो र सिलोङ यहाँको राजधानी बनाइयो ।

समुद्र सतह देखि औसत ४,९०८ फिट (१,४९६ मिटर)को उचाईमा अवस्थित यस सहरको मौसम वर्षभरी नै बसाई र घुमाईको लागि उपयुक्त हुन्छ । यस सहरको उच्चतम विन्दु सिलोङ टाकुरा ६,४४९ फिट (१,९६६ मिटर) रहेको छ । सन् २०११ को भारतको जनगणना अनुसार सिलोङको जनसङ्ख्या १,४३,००७ रहेको छ । यो सहर भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३३०औँ क्रममा रहेको छ ।[४] चारै तिर घुमावदार पहाडले घेरिएको यो सहरले युरोपेली देश स्कटल्यान्डको सम्झना गराउँछ, त्यसकारण यसलाई भारतको पूर्वको स्कटल्यान्ड पनि भन्ने गरिएको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Shillong City Overwiew", अन्तिम पहुँच ११ मे २०१४ 
  2. "Define Shillong", Dictionary.com, अन्तिम पहुँच ३१ अक्टोबर २०१३ 
  3. "Definition of Shillong", The Free Dictionary, अन्तिम पहुँच ३१ अक्टोबर २०१३ 
  4. http://www.census2011.co.in/city.php

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]