अनिल अम्बानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनिल अम्बानी
अनिल अम्बानी
जन्म (1959-06-04) ४ जुन १९५९ (उमेर ६४)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताईन्डियन
जातीयतागुजराती
मातृ शिक्षाप्रतिष्ठानमुम्बई यूनिभर्सिटी
पेन्सलभेनिया यूनिभर्सिटी
पेशाअध्यक्ष अनिल धिरुभाई अम्बानी समूह
जम्मा सम्पतिह्रास US$३.३ बिलियन (अप्रिल २०१६)[२]
धर्महिन्दू
जीवनसाथीटिना अम्बानी
सन्तानअनमोल अम्बानी
अन्शुल अम्बानी
मातापिताधीरूभाई अम्बानी
कोकिलाबेन अम्बानी
आफन्तमुकेश अम्बानी (भाई)
वेबसाइटAnil Ambani

अनिल धिरुभाई अम्बानी(अङ्ग्रेजी: Anil Ambani(जन्मः४ जून, १९५९) एक भारतीय व्यवसायी हुन् । उनी रिलायन्स समुहका अध्यक्ष पनि हुन् ।

प्रारम्भिक वर्षहरू[सम्पादन गर्नुहोस्]

अनिलका स्वर्गीय पिता धीरूभाई अम्बानीद्वारा स्थापित रिलायन्स समुह भारतको सबैभन्दा ठुलो ब्यापारिक परिवार हो । उनकी आमा कोकिलाबेन अम्बानी हुन् । उनको विवाह टिना मिनिमअम्बानीसँग भएको हो, उनी सन् १९८० दशकको प्रारम्भिक समयको प्रसिद्ध भारतीय अभिनेत्री थिइन् । उनीहरूका दुई छोरा जय अनमोल र जय अन्शुल भए । अम्बानीले मुम्बई विश्वविद्यालयबाट विज्ञानमा स्नातक उपाधि तथा पेन्सिलभेनिया विश्वविद्यालयबाट एमबीए को उपाधि प्राप्त गरेका छन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

अनिल अम्बानी सहायक प्रमुख कार्यकारी अधिकारीको रूपमा सन् १९८३ मा रिलाइन्स समुहमा सामेल भए र भारतीय पुजी बजारमा अनेक वित्तीय सुधार ल्याउने श्रेय यिनैलाइ जान्छ। रिलाइन्स समुह भारतमा कपडा, पेट्रोलियम, पेट्रोरसायन, बिजुली तथा दुरसञ्चार कम्पनि क्षेत्रमा अग्रणी स्थानमा रहेको छ । अनिल अम्बानी समुहका चार फोर्म- रिलाइन्स कम्युनिकेसन (RCOM), रिलाइन्स क्यापिटल (RCL), रिलाइन्स ईनर्जी (REL) तथा रिलाइन्स नेचुरल रिसोर्स (RNRL) मा लगानीको कुल सम्पत्ति १,४२,३८४ करोड रूपैयासम्म पुगिसकेको छ । अम्बानीको धेरै जसो सम्पत्ति रिलाइन्स कम्युनिकेसन (RCOM) मा रहेको छ जसमा ६५% अंश उनको रहेको छ जसको बजार मूल्य १,०३,००० करोड रुपिया छ । उनी सँग रिलाइन्स क्यापिटल (RCL) मा ५० प्रतिशत भन्दा बढी (बजार मूल्य २४,००० करोड रुपिया), रिलाइन्स ईनर्जी (REL) मा ३५ प्रतिशत (बजार मूल्य १२,७०० करोड रुपिया) तथा रिलाइन्स नेचुरल रिसोर्स (RNRL) मा करीब ५४ प्रतिशत रहेको छ, जसको बजार मूल्य करीब २,६०० करोड रुपिया छ ।[३] सन १९९१ मा उनले भारतको तर्फबाट बिश्व बजारमा अन्तरराष्ट्रिय स्तर प्रवेश गरे । रिलाइन्सको बिदेशी वित्तीय बजारमा लगभग २ अरब अमेरिकी डलर जुटाउने प्रयासमा निर्देशित भयो; जनवरी १९९७ मा १०० वर्षिया एक बाड निर्गम सँग जो एक उच्चतम बिन्दुमा थियो । त्यसपछि यिनलाई एक वित्तीय जादुगर भन्न थाले । उनले रिलाइन्स समूहलाइ भारतको अग्रिणी कपडा, पेट्रोलियम, पेट्रोरसायन, बिजुली तथा दूरसञ्चार कंपनीको रूपमा यसको वर्तमान स्थिति ल्याउन प्रशस्त गरे । अनिल उत्तर प्रदेश विकास परिषद( हाल यो परिषद खारेक गरिएको छ ।) को सदस्य थिए । उनी DA- IICT गान्धिनगरको बोर्ड अफ गभर्नरका अध्यक्ष हुन् र भारतीय प्रौद्योगिकी संस्थान, कानपुरका बोर्ड अफ गभर्नरका सदस्य पनि रहेका छन् ।

पुरुस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • भारतको प्रमुख व्यापार पत्रिका बिजनेस इन्डिया द्वारा डिसम्बर १९९७ मा 'बिज्नेसमेन अफ दी इयर १९९७ ' पुरस्कार द्वारा सम्मानित[४]
  • टाइम्स अफ इन्डिया TNS चुनाव द्वारा वर्ष सन् २००६ को लागि बिजनेस अफ दी इयर चुनिए।[५]
  • सन २००४ मा प्रतिष्ठित प्लेत्ट्स ग्लोबल एनर्जी अवार्ड द्वारा सीईओ अफ दि इयर घोषित।[६]
  • सेप्टेम्बर २००३ मा एमटीवी यूथ आइकोन अफ दि इयर चुनिए।
  • बम्बे म्यानेजमेन्ट एसोसिएशन द्वारा अक्टूबर २००२ मा दशकका उद्यमी पुरस्कारबाट सम्मानित ।[७]

बिब्लियोग्राफी[सम्पादन गर्नुहोस्]

  • योगेस चाब्रिया, Happionaire's Cash The Crash. CNBC – Network18, 2009. ISBN 978-81-906479-5-3

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Date of birth", daily.bhaskar.com, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६ 
  2. "अनिल अम्बानी", Forbes, अन्तिम पहुँच २०१६-०४-२८ 
  3. हिन्दुस्तान टाईम्स
  4. "बिज्नेसमेन अफ दी इयर १९९७", business-standard.com। 
  5. "रिलायन्स सञ्चार लि. (RLCM.NS)", in.reuters.com।  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०७ मिति
  6. "Anil Ambani is Platts CEO of the Year", rediff.com, अन्तिम पहुँच ११ डिसेम्बर २००४ 
  7. Business Ethics and Corporate Governance, books.google.co.in। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]