दलमर्दन शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री श्री श्री राजा दलमर्दन शाह[१]
पाटनका राजा
पूर्वाधिकारीविश्वजित मल्ल
उत्तराधिकारीतेज नरसिंह मल्ल
जन्मगोरखा दरबार
सन्तानकुलदीप चन्द्र शाह
दरबारगोरखा दरबार
बाबुनरभूपाल शाह
आमाकौसल्यावती शाह
धर्महिन्दू

दलमर्दन शाह पाटनका राजा हुन् । उनी पृथ्वीनारायण शाहका भाइ हुन् । उनी नरभूपाल शाहका तेस्रा छोरा हुन् । नेपालको एकिकरणकालमा दाजुलाई निकै सहयोग पुर्याएका थिए । नुवाकोटको युद्धमा १३ वर्षीय दलमर्दनले नुवाकोटको हाकिम जयन्त रानाका छोरा शंखमणि रानाको टाउको छिनालेका थिए ।[२] सन् १७६१ मा पाटनका ६ प्रधानले यिनलाई राजा पनि घोषित गरेका थिए । [१]

पाटनका प्रधानाहरू नुवाकोट गएर दलमर्दन शाह मागी ल्याई राजा तुल्याए। दलमर्दन शाहले ४ वर्ष राज्य चलाएपछि यी राजा गोर्खाका हुनाले प्रधानहरूको नगनी चलन गर्या र दलमर्दन शाह सिट झगडा भै यी प्रधानहरूले गोर्खाका राजाले हामीलाई भलो गर्न्या छैन भन्ने विचार गरी दलमर्दन शाहलाई धपाए।[३] उनी कैदमा परे। कैदबाट दलमर्दन शाह भागेर बचे। उनी पछि पाटनमा तेजनरसिंहलाई मल्ल थर दिई राजा बनाइयो

राजा प्रतापसिंह शाहको मृत्यु पछि रानी राजेन्द्रलक्ष्मीले उनलाई र महोद्दामकीर्ति शाहलाई काशीबास तोकीदिइन्।[४]

स्रोत[सम्पादन गर्नुहोस्]