दीपा कर्मकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीपा कर्मकार
Dipa Karmakar
व्यक्तिगत जानकारी
पुरा नामदीपा कर्मकार
Nickname(s)गोल्डेन गर्ल
जन्म (1993-08-09) ९ अगस्ट १९९३ (उमेर ३०)
अगरतला, त्रिपुरा, भारत
गृह नगरअगरतला
उचाइ४ फिट ११ इन्च
खेल
राष्ट्र India

दीपा कर्मकार (बङ्गाली: দিপা কর্মকার , अङ्ग्रेजी: Dipa Karmakar) (जन्म:९ अगस्ट १९९३) एक कलात्मक जिम्नास्ट हुन् जसले २०१६ ग्रीष्मकालीन ओलम्पिकमा भारतको प्रतिनिधित्व गरिन् । ओलम्पिकमा भाग लिएर प्रतिस्पर्धा गर्ने उनी पहिलो भारतीय महिला जिम्नास्ट हुन्[१][२], र पछिल्लो ५२ वर्षमा यस्तो हर्ने प्रथम भारतीय, पुरुष अथवा महिला, जिम्नास्ट हुन् ।

सन् २०१६ को रियो ओलम्पिक खेलमा उनले १५.०६६ अङ्कका साथ चौथौ स्थान प्राप्त गरेकी थिइन् ।[३] उनले ग्लासगोमा सम्पन्न २०१४ राष्ट्रमण्डल खेलमा कास्य पदक जितेर सबैको ध्यान आफूतर्फ तानेकी थिइन् ।[४] राष्ट्रमण्डल खेलको इतिहासमा यो सफलता हासिल गर्ने उनी पहिलो भारतीय महिला हुन् ।[५]

प्रारम्भिक जीवन र करियर[सम्पादन गर्नुहोस्]

कर्मकार पूर्वोत्तर भारतको त्रिपुरा राज्यको अगरतला सहरबाट छिन् । उनले ६ वर्षकै कलिलो उमेर देखि नै जिम्नास्टिक्स आरम्भ गरेकी थिइन् र त्यस समयदेखि हालसम्म आफ्नो प्रशिक्षक विश्वेश्वर नन्दीको निर्देशनमा अभ्यास गरिरहेकी छिन् । जिम्नास्टिक्सक कक्षामा भर्ना लिने समयमा दीपा फ्ल्याट फिटको समस्याबाट ग्रस्त थिइन् । प्रशिक्षक नन्दीका अनुसार फ्ल्याट फिटको कारणले दीपाको उफ्राईमा समस्या आइरहेको थियो । यसलाई दुरुस्त पार्न दीपा र उनको प्रशिक्षकको लागि चुनौतीपूर्ण कार्य रह्यो । सन् २००७ मा जलपाईगुडीमा उनले जुनियर नेसनल्स जितिन् । सन् २००७ देखि दीपाले राज्य, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समग्रमा ७७ पदक जितिसकेकी छिन् जसमध्ये ६७ स्वर्ण पदक रहेको छ ।[६]

२०१६ ओलम्पिक[सम्पादन गर्नुहोस्]

दीपाले २०१६ ग्रीष्मकालीन ओलम्पिकमा भारतको प्रतिनिधित्व गरिन् । ओलम्पिकमा भाग लिएर प्रतिस्पर्धा गर्ने उनी पहिलो भारतीय महिला जिम्नास्ट हुन्[१][२], र पछिल्लो ५२ वर्षमा यस्तो हर्ने प्रथम भारतीय, पुरुष अथवा महिला, जिम्नास्ट हुन् ।

यस ओलम्पिकमा उनले फाइनलसम्मको यात्रा तय गर्न सफल भइन् । फाइनलमा उनी झिनो अन्तर (०.१५०)बाट कास्य पदक प्राप्त गर्नबाट असफल भइन् र चौथौ स्थानमा चित्त बुझाउन बाध्य भइन् । उनले अति कठिन मानिने प्रोदुनोभा बोल्टको सफल प्रदर्शन गरिन जसलाई आजसम्म विश्वमा ५ महिला जिम्नास्टले मात्र सफलतापूर्वक गर्न सकेकी छिन् । हुनत उनले कुनै पदक जित्न सफल रहिनन् तर पनि यो उपलब्धिले उनलाई भारतमा प्रसिद्ध बनायो ।[७] भारतका महानतम् क्रिकेट खेलाडी सचिन तेन्दुलकरले भने - जित्नु र हार्नु खेलको एउटा भाग हो । तपाईको यस उपलब्धिले हामीलाई गौरवान्वित गराएको छ ।[७] बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितिसकेका भारतीय निशानेबाज अभिनव बिन्द्राले भने - दीपा कर्मकार तपाई मेरो हिरो हो ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Dipa Karmakar becomes 1st Indian woman gymnast to qualify for Rio Olympics", The Economic Times, Press Trust of India, १९ अप्रिल २०१६, अन्तिम पहुँच ११ अगस्त २०१६ 
  2. २.० २.१ Naik, Shivani (१८ Apr २०१६), "Dipa Karmakar becomes first Indian woman gymnast to qualify for Olympics", The times of india, अन्तिम पहुँच ११ अगस्त २०१६ 
  3. Simone Biles of USA wins Gold in Women's Vault Gymnastics
  4. Naik, Shivani (२४ अगस्ट २०१४), "After a flight, a landing: Why Dipa Karmakar’s medal in Commonwealth Games is its bravest bronze", The Indian Express, अन्तिम पहुँच १३ अप्रिल २०१६ 
  5. "Glasgow 2014 - Dipa Karmakar profile", Glasgow 2014 Ltd, अन्तिम पहुँच ३१ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  6. "Tripura's Dipa Karmakar says she is aiming for an Olympic Medal", BDNews24, ६ नोभेम्बर २०१५, अन्तिम पहुँच १२ अगस्त २०१६  वेब्याक मेसिन अभिलेखिकरण ८ अगस्ट २०१८ मिति
  7. ७.० ७.१ ७.२ "दीपा कर्मकार का फैन हुआ क्रिकेट जगत, सहवाग बोले - धोनी हेलीकॉप्टर, तुम जम्बोजेट", अन्तिम पहुँच १८ अगस्त २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]