आर. डी. 'प्रभास' चटौत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर. डी. 'प्रभास' चटौत

आर .डी. 'प्रभास' चटौत को जन्म विक्रम सम्वत् १९९३ जेठ २० गते डडेल्धुरा जिल्लाको डुगरी गाउँ भएको हो । अध्यापन र सरकारी सेवामा करिव ४० वर्ष बिताएका प्रभास नेपाली साहित्य तथा डोटी क्षेत्रका एक मुख्य जानकारका रूपमा रहेका छन् ।[१]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

पेशागत जीवन र अन्य[सम्पादन गर्नुहोस्]

अनुभव[सम्पादन गर्नुहोस्]

  • एक दशक जति अध्यापन
  • तीन दशक जति सरकारी सेवामा काम
भूमीसुधार आधिकारी, निर्देशक, प्रमुख जिल्ला अधिकारी, सह- सचिव, का. मु. सचिव ।

कृति[सम्पादन गर्नुहोस्]

  • १- जीवनका घडी पला (कविता सङ्ग्रह )
  • २- लुकेर हेरूँ कि ? (खण्डकाव्य )३ -चटौत सूक्ति-सुधा (सूक्ति-सङ्ग्रह)
  • ४- भूमिसुधार एक विश्लेषण(अनुसन्धानात्मक कृति)
  • ५- जगदम्बा सन्तोषी (स्तोत्र -साहित्य)
  • ६- भागेश्वर स्तोत्रपाठ (स्तोत्र -साहित्य)
  • ७- स्वस्थानी ब्रतकथा (स्तोत्र-साहित्य)
  • ८- शैलेश्वरी चालिसा (स्तोत्र-साहित्य)
  • ९- लडाइँको मैदानबाट (कथा-सङ्ग्रह)
  • १०- पोखरा(पद्यकविता-सङ्ग्रह)
  • ११- यौटा-स्वर(गद्यकविता-सङ्ग्रह)
  • १२- बूढाको भैसक्यो बास ( पद्यकविता-सङ्ग्रह)
  • १३- महामानव बी.पी.कोइराला(गद्यकविता-सङ्ग्रह)
  • १४- डोट्याली बृहत् शब्दकोश
  • १५- प्रभास-नीतिसंहिता(पाठ्यक्रम-विकासकेन्द्र सानोठिमीबाट नैतिक-शिक्षाकारूपमा नेपाली विषय अन्तर्गत ९ र १० कक्षाको थप पाठ्यक्रममा वि.सं.२०६० देखि थप पाठ्यक्रममा तीन वर्षका लागि निर्धारित भएको)
  • १६- श्रीमद्भगवद्गीता (प्रभास-गीता महाकाव्य)
  • १७- प्रभास-गीता महाकाव्यको महनीय अंश (द्वितीय पुष्प)
  • १८- सुदूरपश्चिमान्चल विकास क्षेत्रका विश्वास,व्यवहार,प्रचलनहरू (नेपाल प्रज्ञाप्रतिष्ठान योजना अन्तर्गत अनुसन्धानात्मक कृति २०६६)
  • १९- प्रभासको साहित्यिक तथा भाषिक साधनामा विविध दृष्टि र दृष्टिकोण
  • २०- वेलाको बोली र बखतको इतिहास (अनुसन्धानात्मकअहिलेसम्म अप्रकाशित इतिहासका कुरा,सन् १९११मी तैबेलाका महाराजाधिराज सुरेन्द्र विक्रम शाहका तर्फबठेई जनरल प्राइमिनिष्टर जंगबहादुर राणा र कम्पनी अंग्रेज बहादुरका बीच भएको नौ सूत्रीय अहदनामा पनि लुप्तप्राय: हुनलाग्या खोज गरी सुरक्षित गरिया छ।)
  • २१- कालो सूर्ज्य (डोट्याली भाषामी अनूदित सामाजिक उपन्यास)
  • २२- एन.डी.प्रकाशका कालजयी कविताहरू
  • २३- रचना-प्रकाश

सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

  • राष्ट्रिय प्रतिभा पुरस्कार
  • आदिकवि भानुभक्त पुरस्कार
  • मदन पुरस्कार स्वर्णवर्ष सम्मान
  • चन्द्रधन प्रज्ञा पुरस्कार
  • महाकवि देवकोटा शताब्दी सम्मान
  • सुप्रवल गोरखा दक्षिणबाहु
  • प्रख्यात त्रिशक्तिपट्ट आदि दुई दर्जन पुरस्कार तथा मानसम्मान।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ बेलाको बोलि बखतको इतिहास-आर. डी. 'प्रभास' चटौत र राज्यलक्ष्मी चटौत

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]