पुग्यल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुग्यल (तिब्बती: སྤུ་རྒྱལ།, वयली: spu rgyal), प्राचीन तिब्बती भाषामा पुग्यलको अर्थ तिब्बत अधिराज्यलाई बुझिन्छ। त्यसै कारण तिब्बतको पहिलो सम्राट ञठ्री चन्पो देखि अन्तिम सम्राट वुदुम चन्पो सम्म सार्वभौमिकतासम्पन्न तिब्बती साम्राज्यको ४३ राजवंशलाई पनि तिब्बती इतिहासमा पुग्यल दुङ्ग्युद अर्थात् पुग्यल वंशको नामले चिनिन्छ।