हिन्दु रीति रिवाजका शब्दावली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिन्दु धर्मसँग संबन्धित शब्दावलीहरु यहाँ प्रस्तुत गरिएको छ।

अ - अ:[सम्पादन गर्नुहोस्]

  • अग्‍नि: आगोका देवता
  • अगस्त्य: महान सन्त
  • अच्युत: विष्णु भगवानको अर्को नाम
  • अजातशत्रु: शत्रु नभएको, युधिष्ठिरलाई जनाउन प्रयोग हुने शब्द
  • अप्सरा: स्वर्गमा इन्द्र भगवानको दरवारमा नाच्ने सुन्दरी
  • अमरावती: इन्द्र लोक, इन्द्रको शहर
  • अमृत: खानेकुरा वा पिउनेकुरा जसले अमर बनाउछ, देवताको आहारा
  • अयोध्या: राम राज्यको राजधानी
  • अर्जुन: राजा पाण्डु र रानी कुन्तीका छोरा, पाण्डवहरू मध्ये तेस्रा भाइ, कुरुक्षेत्रमा श्रीकृष्णले अर्जुनका भ्रम र् जिज्ञाशाहरूलाई समाधान गर्दाका प्रशङ्ग श्रीमद्भगवद गीतामा उल्लेख छ।
  • अरुंधति: ऋषि वशिष्ठकी श्रीमती
  • अश्‍वमेध: घोडाको बली
  • अस्त्र: दैवी शक्तिद्वारा प्रहार गरिएको हतियार
  • अक्षयपत्र: युधिष्ठिरलाई भगवान सूर्यले दिएको कहिल्यै खाना नसकिने भाँडा
  • आत्‍मा: जीवनको शरीर बाहेकको तत्व जुन कहिल्यै नाशिदैन।
  • इन्‍द्र: स्वर्गका राजा, देवताहरुका राजा
  • ईश्व‍र: भगवान
  • एकलव्‍य: तल्लो जातको भनेर गूरु द्रोणाचार्यले शिक्षा दिन अस्वीकार गरे पनि अर्जुनकै समान ज्ञान आर्जन गरेका व्यक्ति
  • उर्वसी: एक जना अप्सरा
  • ऋग्वेद: चार वेदहरूमा सबैभन्दा पवित्र मानिने हिन्दू वैदिक मन्त्रहरूको संगालो
  • ऋषि: श्रुति ग्रंथको दर्शन गर्न सक्ने व्यक्ति
  • : हिन्दू सनातन धर्मको सबैभन्दा पवित्र ध्वनि

क - ङ[सम्पादन गर्नुहोस्]

  • कलि: महाभारत युद्धको अन्त्य सँगै सुरु भएको युग; सत्य, त्रेता, र द्वापर सहित ४ मध्येको १ युग
  • कंस: श्रीकृष्णका मामा
  • कल्कि: विष्णु भगवानको १० औँ अवतार जुन कलि युगको अन्त्यमा घोडामा चढेको मानवको रूपमा देखिने छ
  • कामधेनु: सबै गाईहरूको माता, पालकको सबै इच्छाहरु पुरा गरिदिने अलौकिक गाई
  • कुमार: भगवान शिव र देवी पार्वतीका छोरा जसले तारकाशुरको वध गरे
  • कुरुक्षेत्र: पाण्डव र कुरु वंशीयहरूको घमासान युद्ध भएको मैदान
  • कैलास: भगवान शिवको बासस्थान, हिन्दूहरुका साथै बौद्ध र जैनहरूले पवित्र मान्ने पर्वत शृङ्खला, एसियाका नदीहरूको उद्दगम स्थल
  • गणपति: गणेश, भगवान शिव र देवी पार्वतीका दोस्रा छोरा, सम्पतिका देवता
  • गंगा: हिन्दूहरूले देवी मान्ने पवित्र नदी
  • गणेश: गणपति, भगवान शिव र देवी पार्वतीका दोस्रा छोरा, सम्पतिका देवता

च - ञ[सम्पादन गर्नुहोस्]

  • चक्र:
  • चित्रकूट: राम, सीता आदिले वनवासको साँढे ११ वर्ष बिताएको पहाडी जङ्गल
  • च्‍यवन: एक ऋषि
  • जनक: मिथिला राज्यका राजा, देवी सीताका पिता
  • जय: धृतराष्ट्रका छोरा जो युद्धमा भीमद्वारा मारिए
  • जाम्‍बवान: त्रेता युगदेखि कलि युगसम्म जीवित मानिने एक भालु

ट - ण[सम्पादन गर्नुहोस्]

त - न[सम्पादन गर्नुहोस्]

  • दीपावली: दीप वा बत्ती वा उज्यालोको पर्व
  • देव: देवता, भगवान
  • देवकी: श्रीकृष्णकी आमा
  • द्रौपदी: अग्नीबाट जन्मिएकी द्रुपद राजाकी छोरी, पञ्चपाण्डवहरूका पत्नी
  • धर्म:
  • धर्मपुत्र: यमका छोरा, युधिष्ठिरलाई जनाउन प्रयोग हुने शब्द
  • नकुल: राजा पाण्डु र रानी माद्रीका छोरा; पञ्चपाण्डवहरू मध्ये चौथा

प - म[सम्पादन गर्नुहोस्]

  • ब्रह्‍मा: जगत सृस्टिकर्ता
  • ब्राह्‍मण: हिन्दूहरूको ४ वर्ण मध्येको एक
  • बृन्दावन: भगवान श्रीकृष्णले बाल्यकाल बिताएको ठाउँ
  • बृहस्‍पति: देवता तथा ब्राह्‍मणका गुरु
  • भक्ति:
  • भगीरथ:
  • भजन: हिन्दू आस्थाका धार्मिक गीत
  • भीम: राजा पाण्डु र रानी कुन्तीका माहिला छोरा; पञ्चपाण्डवहरू मध्ये एक
  • भीष्‍म: सान्तनुका छोरा, महाभारतमा कुरुहरूको तर्फबाट युद्ध गरेका महान योद्धा

य - स[सम्पादन गर्नुहोस्]

  • यम: मृत्युका देवता
  • यमुना: समानान्तर बगेर गङ्गामा मिल्ने नदी
  • यशोदा: भगवान श्रीकृष्णको पालन पोषण गर्ने आमा
  • यक्ष:
  • यज्ञ: देवतालाई प्रशन्न पार्न अग्निमा विभिन्न सामग्री अर्पण गरिने वैदिक प्रकृया
  • युधिष्ठिर: राजा पाण्डु र रानी कुन्तीका जेठा छोरा; पञ्चपाण्डवहरू मध्ये एक
  • योग: आत्माज्ञान प्राप्त गर्न गरिने आध्यात्मिक कर्म; कर्म योग, भक्ति योग, ज्ञान योग, र राज योग मध्ये एक; शारीरिक कसरतका आसनहरु
  • राम: विष्णु भगवानको सातौँ अवतार
  • रामायण: वाल्मिकीले लेखेको अयोध्याका श्रीराम र सीताको कथा
  • रुद्र: भगवान शिवको एक रुप; प्रकृति, मृत्यु, हुरी आदिका देवता
  • सहदेव: राजा पाण्डु र रानी माद्रीका छोरा; पञ्चपाण्डवहरू मध्ये पाचौँ

ह - ज्ञ[सम्पादन गर्नुहोस्]

  • हंस:
  • हनुमान: वुद्धिमान र शिक्षित बाँदर, भगवान राम भक्त, वायु र अन्जनाको सन्तान, त्रेता युगमा आफ्नो विशिष्ट क्षमताबाट लंकामा सीतालाई राखेको ठाउँ पत्ता लाउने
  • हरि: विष्णु भगवानको अर्को नाम
  • हृषीकेश: भगवान विष्णु, भगवान कृष्णको अर्को नाम
  • ज्ञान: अनन्तको सत्यतथ्य जानकारी

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]