सरस्वती भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सरस्वती भट्टराई
सातौँ राष्ट्रिय खेलकुद २०७३ मा नेपाली महिला धाविका सरस्वती भट्टराईको तस्बिर
व्यक्तिगत जानकारी
जन्म नामसरस्वती
पुरा नामसरस्वती भट्टराई
Nickname(s)सरस्वती
राष्ट्रियतानेपाली
जन्म (1994-03-08) ८ मार्च १९९४ (उमेर ३०)
डडेल्धुरा
खेल
राष्ट्रनेपाल
खेलएथलेटिक्स
प्रतिस्पर्धा(हरू)१५०० मिटर दौड
क्लबनेपाल आर्मी क्लब
टोलीनेपाल एथलेटिक्स टिम
उपलब्धि र उपाधिहरू
क्षेत्रीय फाइनलसाग गेम २०१६
राष्ट्रिय फाइनलसातौँ खेलकुद, आठौँ खेलकुद
ओलम्पिक फाइनल२०१६
पदक कीर्तिमान

सरस्वती भट्टराई(जन्म सन् २०९४ मार्च ८) एथलेटिक्स अन्तर्गतको दौड स्पर्धाकि नेपाली महिला खेलाडी हुन् । यिनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन् । मुख्य गरी घरेलु प्रतियोगिताहरूमा यिनले आफ्नो पहिचान मध्य गतिकी धाविकाबा बनाएकि छिन् ।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

सरस्वती भट्टराईको जन्म डडेल्धुरा जिल्लामा भएको थियो । उनको बाल्यकाल पनि डडेल्धुरामा नै बितेको थियो ।

नेपाल राष्ट्रिय खेलकुद[सम्पादन गर्नुहोस्]

सातौँ राष्ट्रिय खेलकुद[सम्पादन गर्नुहोस्]

सरस्वतीले सातौँ राष्ट्रिय खेलकुदमा जम्मा तीन स्वर्ण पदक जित्न सफल भएकि थिइन् । उनले सातौँ राष्ट्रिय खेलकुदमा ८ सय मिटर महिला दौड, १५ सय मिटरको महिला दौड र ४ गुणा चार सय मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन्[१]

भट्टराईले १५ मिटर दौड ४ मिनेट ४३ सेकेन्डमा पूरा गरेर सशस्त्र प्रहरीकी फूलमति रानालाई पछि पार्दै स्वर्ण जितेकी थिइन्। यस्तै ८ सय मिटर दौडमा उनले आर्मीकै सानुमाया कार्कीलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन् । यसअघि उनले सुदूरपश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि खेलेकी तर उक्त प्रतियोगितामा उनले कुनै पनि पदक जितेकी थिइनन् ।

आठौँ राष्ट्रिय खेलकुद[सम्पादन गर्नुहोस्]

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला ८ सय मिटर दौड अन्तर्गत सरस्वती भट्टराईले स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दुरी २ मिनेट १६.०० सेकेण्डमा पुरा गरेकि थिइन् । उनले आर्मीकै सानुमाया कार्की तथा एपीएफकी फुलमती रानालाई पराजित गरी स्वर्ण जितेकि थिइन्[२] । उनले महिला १५०० मिटर दौडमा सरस्वतीले ४ मिनेट ३६ सेकेन्ड पूरा गर्दै स्वर्ण जितेकि थिइन् । सरस्वतीले उक्त स्पर्धामा प्रदेश ३ की सन्तोषी श्रेष्ठ तथा फूलमती रानालाई पराजित गरेकि थिइन्[३] । सरस्वतीले कृष्णा चौधरी, संगीता मेचे र तुलसा खत्रीसँग रहेर ४ गुणा ४ सय मिटर दौडको स्वर्ण ४ मिनेट २ सेकेण्ड पुरागी जितेकी थिइन् । सरस्वतीको जोडिले एपीएफ र प्रदेश नम्बर ५ को टिमलाई पराजित गरी स्वर्ण जितेकी थिइन्[४]

अन्तर्राष्ट्रिय खेल जीवन[सम्पादन गर्नुहोस्]

ओलम्पिक २०१६[सम्पादन गर्नुहोस्]

सरस्वती भट्टराईले नेपालको तर्फबाट २०१६ ग्रीष्मकालिन ओलम्पिकको १५०० मीटर महिला दौडमा सहभागी जनाएकि थिइन्[५] । साथै भट्टराई ओलम्पिकमा नेपालको झण्डा बोक्ने फूपू लामु खत्री सगै उद्घाटन समारोहमा सहभागीले थिइन्[६] । उनले १५०० मीटर दौडको स्पर्धामा निर्धारण १५०० मीटरको दौड जम्मा कुल ४ मीनेट ३३.९४ सेकेन्डमा पूरा गरी आफ्नै राष्ट्रिय रेकर्ड भङ्ग गरेकी थिइन् । तर आफ्नो समुहको कुल १५ महिलामा १३ औँ स्थानकी भट्टराई पहिलो चरणबाटनै बाहिरिएकी थिइन्[७]

राष्ट्रिय किर्तिमानहरू[सम्पादन गर्नुहोस्]

  • सरस्वती भट्टराईले बनाएका महत्त्वपूर्ण राष्ट्रिय किर्तिमानहरू[८]
स्पर्धा प्रतियोगिता पहिलो किर्तिमानि खेलाडी पहिलेको समय नयाँ समय
१५०० मीटर दौड ब्राजिल २०१६ ग्रीष्मकालीन ओलम्पिक राजकुमारी पाण्डे ४ मिनेट ३४ दशमलब ४५ ४ मिनेट ३३ दशमलब ९४ सेकेण्ड

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "एथ्लेटिक्समा सरस्वती भट्टराईलाई ३ स्वर्ण", thahakhabar.com, अन्तिम पहुँच पुस १०, २०७३ 
  2. "आर्मीका सरस्वती र उमेशलाई स्वर्ण", khelpati.com, अन्तिम पहुँच सोमवार, बैशाख ९, २०७६ 
  3. "आठौँ राष्ट्रिय खेलकुद, आर्मी अघि, पुलिस र एपीएफ पछिपछि", rajdhanidaily.com, अन्तिम पहुँच २०/०४/२०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२० मिति
  4. "आठौँ राष्ट्रिय खेलकुद : महिला ५ सय मिटर दौडको उपाधि प्रदेश नं ३ लाई", setopati.com, अन्तिम पहुँच २०७६ वैशाख ९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति
  5. "Saraswati Bhattarai", rio2016.com, अन्तिम पहुँच २४ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१६ मिति
  6. "Rio 2016 Closing Ceremony - Flag Bearers", अन्तिम पहुँच २४ अगस्ट २०१६ 
  7. "धाविका सरस्वती भट्टराई २६ वर्ष अघिको राष्ट्रिय कीर्तिमान तोड्न सफल", ekantipur.com, अन्तिम पहुँच श्रावण २९, २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति
  8. "रियो ओलम्पिक: राष्ट्रिय किर्तिमान बनाउँदै सरस्वती भट्टराई ओलम्पिकबाट बाहिरिईन्", janaboli.com, अन्तिम पहुँच श्रावण २९, २०७३ 

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]