स्वरुपसिंह कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्वरुप सिंह कार्कीबाट अनुप्रेषित)
मूलकाजी
स्वरुप सिंह कार्की
नेपालको मूलकाजी
व्यक्तिगत विवरण
नातावकिल रुपनारायण कार्की

स्वरुप सिंह कार्की नेपालको १८औं शताब्दीका मूलकाजी थिए । [१] उनको सल्लाह बमोजिम राजा प्रतापसिंह शाहले जग्गाको ४ विभाजन अब्बल, दोयम, सिमचाहारमा गरेका थिए ।[२] यिनलाई पृथ्वीनारायण शाहले प्रतापसिंहको रक्षक नियुक्त गरेका थिए । उनी प्रतापसिंह शाहको पालामा देवानकाजी नियुक्त भएका थिए । उनलाई काजी अभिमान सिंह बस्नेतसँगै लिम्बुवानमाथिको युद्धमा पठाइएको थियो । उनी कार्की (मुडुला कार्की) परिवारका एकमात्र मूलकाजी हुन् । यिनले अभिमान सिंह बस्नेतसँगै तनहुँ राज्यको कविलासगढी (हाल चितवन)को कब्जा गरेका थिए । यिनका भाइ रुपनारायण कार्की ल्हासाको लागि नेपाली वकिल(राजदूत) थिए । बहादुर शाहको फिर्ती सवारी हुँदा यिनी ज्यान जोगाउन भारत पसे ।[३]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]