मण्डनदेउपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मण्डनदेउपुर नगरपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ३
अञ्चलबागमती अञ्चल
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा८९ किमी (३४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३२,६५९
 • घनत्व३७०/किमी (९५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११
वेबसाइटmandandeupurmun.gov.np

मण्डनदेउपुर नगरपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो । यसको क्षेत्रफल ८९ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित बालुवापाटी देउपुर, गैरीबिसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान मण्डन, चण्डेनी मण्डन, जैसीथोक मण्डनज्याम्दी मण्डन (१-४ र ६) गाउँ विकास समितिहरूलाई समेटेर मण्डनदेउपुर नगरपालिका घोषणा गरिएको हो ।

मध्यम पहाडी हावापानी भएको यस नगरपालिकालाई विभिन्न १२ वटा वडामा विभाजन गरिएको छ । यहाँको कुल जनसंख्या ३२,६५९ रहेको छ जसमा पु्रुष १५,३२० र महिला १७३३९ रहेका छन् साथै लैङ्गिक अनुपात ८८.३६ र जनघनत्व ३६७ प्रति वर्ग कि.मी. रहेको छ ।

यस नगरपालिकामा विशेष गरी हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको छ यहाँ ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । यहाँका नागरिकहरुले कृषि, पशुपालन र व्यापारलाई र पर्यटन व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन् । धुलिखेल, बनेपा र काठमाडौं उपत्यकाबाट नजिक रहेकोले यस नगरपालिकाको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ । यहाँ उत्पादन हुने कृषिजन्य तथा पशुजन्य उपजहरु तिनै बजार क्षेत्रमा बढी खपत र विक्री हुने गरेको छ । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल रहेको यस नगरमा मानव बसोबास र पर्यटन व्यवसायको लागि अति उपयुक्त स्थानहरु रहेका छन् । मण्डनदेउपुर काभ्रे जिल्लाकै सबैभन्दा कान्छो नवगठित नगरपालिका भएकोले यसलाई एक सक्षम नगरपालिकाको रुपमा स्थापना गर्ने चुनौति  समग्र नगरवासी तथा सरकारी र गैरसरकारी निकायहरुको काँधमा आई परेको छ । यहाँ भएका सम्भावनाहरुलाई अवसरको रुपमा परिणत गर्न र यहाँ रहेका समस्याहरुको न्यूनीकरण गर्ने क्रममा योजनावद्ध तवरबाट लाग्नु पर्ने आवश्यकता छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]