रामघाटधाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामघाटधाम
रामघाटधामको रामजानकी मन्दिर
प्राथमिक विवरण
स्थान:रामघाट, साँखर
सम्बन्धनहिन्दुत्व
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारमन्दिर
निर्मातास्थानीय

परिचय[सम्पादन गर्नुहोस्]

रामघाटधाम नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ७ साँखरमा पर्ने अति रमणीय गाउँ, ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।[१]

अवस्थिति[सम्पादन गर्नुहोस्]

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ५७ किलो मीटर दक्षिण-पूर्वको यस धार्मिक रूपमा प्रख्यात यस श्री रामजानकी मन्दिरमा कसैको ध्यान पुग्न सकेको छैन। धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने राम, जानकी, शिव, लक्ष्मीनारायण भगवानका मुर्ति रामघाटधाममा रहेका छन्। मन्दिर स्थानीयले निर्माण गरेका हुन्। रामघाटधाममा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्। रामघाटधाममा रहेका ऐतिहासिक एवम् धार्मिक संरचनाहरु अपहेलित, वेवास्ता र वेवारिसे छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू : रामघाटधाम", उज्यालो लाल्टिन, उज्यालो लाल्टिन, अन्तिम पहुँच २२ जुलाई २०१६ [dead link]
  2. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]