खोटेहाङ गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खोटाङ जिल्लाको एउटा गाउँपालिका हो । साबिकका ९ वटा गाविस मिलेर यो गाउँपालिका निर्माण भएको हो। यस गाउँपालिकामा हाल ९ वटा वडाहरू रहेका छन्। ती ९ ओटा गाविसहरु निम्नानुसार छन् [१]:

  • लिकुवा पोखरी–१,
  • वाप्लुखा–२,
  • सावाकटहरे–३,
  • वड्का दियाले–४,
  • चिप्रिङ–५,
  • इन्द्रेणी पोखरी–६,
  • खोटाङ बजार–७,
  • सिम्पानी–८ र
  • लिच्किराम्चे–९[२]

यो खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब ९५ किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरूमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका, उत्तर तर्फ दिप्रुङ र साकेला गाउँपालिका रहेका छन् । त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद गाउँपालिका र टेम्के मैयुम गाउँपालिका रहेकाछन् भने पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ ।[३]

यो खोटाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ ।

यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको मुलडाँडा सेल्मे कपासे भञ्जयाङ  अत्यन्तै सम्भावना बोकेको पाइन्छ [४]। त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ । यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमाई, सार्की, मगर साथै थामी जातिको पनि वसोवास रहेको छ । यस गाउँपालिकाको जम्मा जनसंख्या २३,७३१ रहेको छ भने जसमध्य पुरुष ११,५७७ र महिला १२,१५४ रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू अधिकाम्स कृषी पेशामा निर्भर रहेका छन भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

यो गाउपालिका गठन भएपछि भएको पहिलो निर्वाचनबाट अहिले यसको सञ्चालन गर्न अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई लगायत नौ जना वडा अध्यक्ष र सदस्यहरु हुनुहन्छ । वडा र वडा अध्यक्ष तथा सदस्यहरूको विवरण निम्नानुसार छ:

वडा नं १ - लिकुवा पोखरी जनसंख्या : जम्मा २३१३ ,पुरुष : ११७३, महिला : ११४० वडा सम्पर्क नं ९८६१८४६८७७

वडा नं. २ वाप्लुखा [५][सम्पादन गर्नुहोस्]

वडा अध्यक्ष : दिपेन राई फोन नं : ९८६१२१९९८८

वडा सदस्यहरु महिला सदस्य : पेमछिकी शेर्पा            फोन नं. : ९७४६११२८०६

दलित महिला सदस्य : सम्झना वि.क.            फोन नं. : ९८४३०७२९२४ सदस्य : पारस राई          फोन नं : ९८६००९८४४६

सदस्य : भिम बहादुर खड्का           फोन नं : ९७४२६५३५८८

वडा सचिव: उपेन्द्र राई           फोन नं : ९८५२८४०२०६

जनसंख्या  : २४२४ ,पुरुष : १२५०, महिला : ११७४ वडा सम्पर्क नं ९८६१२१९९८८