खड्ग रानाभाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खड्ग रानाभाट
व्यक्तिगत जानकारी
पुरा नामखड्ग रानाभाट
Nickname(s)खड्ग
राष्ट्रियता नेपाल
जन्मपोखरा,  नेपाल
खेल
खेलफुटबल,भलिबल,एथलेटिक्स
टोलीनेपाल

खड्ग रानाभाट एक नेपाली भूपू राष्ट्रिय खेलाडी हुन्। जसले नेपालका तर्फबाट फुटबल, भलिबल, एथलेटिक्स लगाएका खेलहरूमा सहभागीता जनाएका थिए। उनी पोखरा स्पोर्ट अवार्ड २०७४मा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका थिए।

खेल जीवन[सम्पादन गर्नुहोस्]

रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जीवन सुरु गरेका थिए। एथलेटिक्स, भलिबलफुटबलका राष्ट्रिय खेलाडी समेत रहिसकेका उनी सन् १९७० मा थाइल्यान्डको बैङ्ककमा सम्पन्न छैटौँ एसियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौँ स्थान हासिल गरेका थिए। [१]

संस्थागत जीवन[सम्पादन गर्नुहोस्]

बि. सं. २०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्यसमेत थिए। भूतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष र हाल नौलो घुम्ती नेपालको अध्यक्ष समेत रहेका रानाभाट विभिन्न खेलकुद लगायत सामाजिक संघसंस्थामा समेत क्रियाशील छन्।

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]