सुन्दरहरैचा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुन्दरहरैंचा
Sundarharaincha
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरशिवप्रसाद ढकाल (नेपाली कांग्रेस)
 • उपमेयरधनमाया तामाङ (एमाले)
 • कार्यकारीगणेशराज कार्की
क्षेत्रफल
 • जम्मा११०.१६ किमी (४२.५३ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा६०,२०४
 • घनत्व५५०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
केन्द्रसाविकको कोशीहरैंचाको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका सुन्दरदुलारीकोशीहरैंचा नगरपालिकाहरूलाई समेटेर सुन्दरहरैंचा नगरपालिका बनाइएको हो ।[१] यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ८०,५१८ रहेको छ । यसको क्षेत्रफल ११०.१६ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको कोशीहरैंचाको कार्यालयमा राखिएको छ ।[२]

मोरङ जिल्काको सदरमुकाम विराटनगर देखि करिब १९ किलोमिटरको दुरीमा रहेको सुन्दरहरैँचा नगरपालिकाको पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केरावारी गाउँपालिका तथा दक्षिणमा ग्रामथान गाउँपालिका सँग सिमाना जोडिएको छ । मिति २०७३ साल फाल्गुण २७ गते नेपाल सरकारको निर्णय बमोजिम यस नगरपालिकाको गठन भएको हो । कुनै बेला हरैँचा मोरङ जिल्लाको सदरमुकाम समेत रहेको भन्ने विश्वास गरिएकोमा हाल आएर सुन्दरदुलारी नगरपालिका र कोसीँहरैँचा नगरपालिकाको सुखद समायोजनबाट सुन्दरहरैँचा नगरपालिकाको निर्माण भएको हो । मोरङ जिल्लामा नयाँ गठन भएका नगरपलिकाहरूमा धेरै सम्भावना बोकेको नगरपालिकाको रूपमा सुन्दरहरैँचा नगरपालिका त छदैँछ यसका अतिरिक्त सचेत राजनीतिक दल र उत्प्रेरीत नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रूपमा रहेका छन् । यस नगरपालिकामा १२ वटा वडाहरु रहेका छन् । अर्धसहरी क्षेत्रको रूपमा रहेको सुन्दरहरैँचा ब्यापार, उधोग, कलकारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्त्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारीक आम्दानीमा वैदेशिक रोजगारीको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य स्रोतको रूपमा व्यापार, कृषि तथा पशुपालन रहेको छ । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्याधिक बणिरहेको छ । नगरपिलका भित्र रमणीय हसिना सिमसार, बुढिगङ्गाको किनारमा रहेके नयाँ वृन्द्रावन गौशाला, किचमगढी, बाधझोडा लगायत विभिन्न धार्मिक स्थल तथा अवलेकन ग्रन लायक कृषि पशुपालन क्षेत्रले सबैलाई मनमोहक तुल्याउन सक्ने देखिन्छ । यस नगरक्षेत्र भएर बग्ने बुढीगंगा नदी र गछिया खोलाले यस नगरपालिकाको सिचाई र आम्दानीको स्रोतवृद्धिका लागि सहयोग पुर्याएका छन् । यस नगरपालिकाको मध्यभागमा पर्ने विश्वविद्यालय क्षेत्र लगायतका स्थानहरु उतिकै रूपमा विकसित बजारमा परिणत हुदैँ गएका छन् । विकासका प्रशस्त सम्भावनाहरु बोकेको यस नगरपालिका आफुलाई पूर्ण खोप युक्त नगरपालिकाको रूपमा घोषणा गर्न सफल भएको र खुल्ला दिशामुक्त नगरपालिका घोषणा हने अन्तिम चरणमा पुगेको साथै वातावरण मैत्री, बालमैत्री र पूर्ण साक्षर नगरपालिका हुने गन्तब्यतर्फ अघि बढिरहेको छ । यस नगरपालिकामा आधारभूत देखि उच्च शिक्षा सम्म प्रदान गर्ने शैक्षिक संस्था उल्लेख्य मात्रामा रहेका छन् । अध्ययनका लागि यस नगरपालिकाका शैक्षिक संस्थाहरूमा स्थानीय विद्यार्थीका अलावा अन्य छिमेकी गाउँपालिका तथा नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् । यस नगरपालिकाका बासिन्दालाइ माग बमोजिमको खानेपानी उपलब्ध गराउन सकिरहेको अवस्था छैन । स्थानीय तहको रूपमा कार्यारत यस नगरपालिकाले नगरवासिहरूमा आफ्ना सेवाहरू सर्वसुलभ र छिटो छरितो रूपमा उपलब्ध गराउनुका साथै स्वच्छ र सफा खानेपानिको सुविधा उपलब्ध गराउने, प्रत्येक वडाहरूबाट बजार आउन जान यातायात चल्न सक्ने किसिमले कच्चि सडकहरुलाई क्रमश ग्राभेल, कालोपत्रे गर्ने । महिला, जनजाती तथा पिछडिएका वर्ग र समुदायहरूमा सामाजिक सेवा उपलब्ध गराउन पूर्वधारहरूको स्थापना गराउन सहयोग गर्ने, उन्नत कृषि प्रणाली, सामुदायिक वन उपभोक्ता समितिलाइ कृर्याशिल पार्ने तथा सो सम्बन्धी जनचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गराउने, वृक्षारोपण गर्ने गराउने तथा वातावरणिय सन्तुलन कायम राख्ने कार्यमा सहयोग पुर्याउने, सुव्यवस्थित बसोवासको व्यवस्था तथा सहरी सरसफाइ, ल्याणफिल्ड साइट, पशुबधशाला, व्यवस्थित बसपार्क तथा पूर्वाधार सिर्जना गर्दै जाने । यहाँका सचेत नागरिक, नगरपालिकाको उज्वल भविष्यप्रति एक हुने राजनीतिक दल , उत्साहित करदाता अनि उत्प्रेरीत अनि लगनशील कर्मचारीहरुनै यस नगरपालिकाको परिचयलाई स्थापित गराउने मूल आधार हुन भन्दा अतियुक्ति नहोला ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]