रामेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामेन
वैकल्पिक नामहरूसिना, चुका, सोबा
प्रकारनुडल्सको झोल
उत्पत्ति स्थानजापान[१]
खान उपयुक्ततातो
मुख्य सामग्रीहरूचिनियाँ नुडल्स, मासु वा माछाको झोल, शब्जी वा माछाको झोल
विभिन्नताठाउँ अनुसार फरक

रामेन (/ˈrɑːmən/) (ラーメン rāmen, IPA: [ɾaꜜːmeɴ]) जापानी खाद्य परिकार हो । यसमा चिनियाँ शैलीमा बनाइएको चाउचाउ मासु वा माछाको झोलमा पस्कने गरिन्छ । साथै बङ्गुरका तासिएका मासु (sliced pork, チャーシュー chāshū), समुद्री लेउ (dried seaweed 海苔 nori), मेनमा (メンマ), र हरिया प्याज (葱 negi) पनि खानाको माथि पट्टी राखिएर सजाइन्छ । ठाउँ अनुसार रामेनका बनावट शैली फरक पर्ने पनि हुन्छ ।

ईतिहास[सम्पादन गर्नुहोस्]

रामेनको विकासस्थल थाहा छैन । केही स्रोतहरु यो चिनबाट आएको बताउँछन् भने केही स्रोत २० सौँ शताब्दीमा जापानमै विकास भएको बताउँछन् । सन् १९५० सम्ममा रामेनलाई सिना सोबा भनिन्थ्यो ।

सन् १९००,बाट रेष्टुरेन्टहरूले क्यान्टोन र साङ्घाइले सामान्य रामेन खाना पस्किए । मध्य १९०० सम्म आइपुग्दा यो बिक्री र प्निय हुन थालिसकेको थियो । पहिलो रामेन पसल सन् १९१० मा खोलिएको बताइन्छ ।[२]

विश्व युद्ध २ पछि सस्तोमा अमेरिकाबाट ल्याइएको पिठोहरूले जापानी बजार भरियो । युद्धबाट फर्किएका भुपु सैनिकहरु मध्ये धेरैले चिनियाँ खाद्य परिकारबारे थाहा पाइसकेका हुनाले चिनियाँ रेष्टुरेन्टहरु पनि खोले । बजार घुम्न जाँदा रामेन खाने चलन पनि विकास भइसकेको थियो । सन् १९५८ मा नुडल्सको विकास पछि झन् रामेन सजिलै सँग बनाएर खान सकिने भयो । सन् १९८० को सुरुवातमा रामेन जापानी सांस्कृतिक पहिचान नै बन्यो र विविध कोणबाट विश्लेषण गर्न थालियो । सोही समयमा रामेनका विभिन्न प्रकारहरूमा पनि विकास हुँदै आयो । रामेन म्युजियम सन् १९९४ मा खोलियो ।[३]

प्रकार[सम्पादन गर्नुहोस्]

विभिन्न शैलीका रामेन शैली जापान भरी नै पाइन्छन् । बिक्रि स्थान र भूगोल अनुसार फरक भए पनि नाम भने एउटै हुन्छन् । रामेन विशेषत: नुडल्स (चाउचाउ) र प्रयोग गरिने झोल अनुसार बाँडिन्छन् ।

नुडल्स[सम्पादन गर्नुहोस्]

धेरै नुडल्सहरू कम्तिमा चार तत्वहरूबाट बनेका हुन्छन्, गहुँका पिठो, नुन, पानी र कान्सुइ (かん水, नुन पानी जसमा पोटासियम कारबोनेट वा सोडियम कारबोनेट हुन गर्छन्) हुन्छन् ।

कान्सुइ रामेन नुडल्सहरूको फरक तत्व हुनछन् र मंगोलियाबाट यसको विकास भएको थियो । मङ्गोलियमा रहेका तालहरूमा रहेको पानी नुडल्स तयार पार्न सही हुने बताइन्छन् । कान्सुइले परिकारमा पहेँलो रङ प्रधान गर्दछ । कान्सुइको सट्टा अन्डाको पन प्रयोग गरिन्छन् ।

झोल[सम्पादन गर्नुहोस्]

रामेनको झोल कुखुरा वा बङ्गुरको मासुबाट बनाइएका हुन्छन् जसमा अन्य कुरा जस्तै kombu (kelp), katsuobushi (टुनाका टुक्रा), niboshi, भैँसी वा सुङ्गुरका हड्डी, मिसाइएका हुन्छन् ।

  • Tonkotsu (豚骨, "pork bone") झोल सेतो बादल रङको बाग्लो हुन्छन् । यसमा उम्लिएको हड्डी, फ्याट, को सम्मिश्रण हुन्छन् ।
सोयु रामेन
सियो रामेन
मिसो रामेन
करी रामेन
  • सोयु (醤油, "soy sauce") : यस रामेन खैरो रङका हुन्छन् र कुखुरा वा तरकारीबाट बनेका हुन्छन् ।
  • सियो ("salt") रामेन पहेँलो रङका हुन्छन् जसमा प्रशस्त नुन र तरकारी, माछा र समुद्री लेउ हुन्छन् । सुङ्गुरका मासुको प्रयोग भए पनि अन्य रामेन जति उमालिएको हुदैँन ।
  • मिसो रामेन नयाँ खालको रामेन हो । यसको विकास होक्काइडोमा भएको थियो ।
  • करी रामेनमा मुख्यत: शब्जी र सुङ्गुरका हड्डीबाट झोल बनाइन्छन् ।

स्थान अनुसारका रामेनहरू[सम्पादन गर्नुहोस्]

  • स्यापोरो
  • किताकाता
  • टोकियो शैली
  • योकोहमा
  • वाकायामा
  • हाकाता रामेन

अन्य देशहरूमा[सम्पादन गर्नुहोस्]

रामेन चिन, हङकङ र ताइवानमा समेत प्रख्यात छ जहाँ यसलाई rìshì lāmiàn भनिन्छ । यसका साथै रामेन नै बनाउन खोलिएका रेष्टुरेन्टहरु बेलायतमा पनि छन् ।

प्रचलित संस्कारमा[सम्पादन गर्नुहोस्]

  • टामपोपो : रामेन सम्बन्धित एक चलचित्र
  • द रामेन गर्ल : रोमान्टिक हास्य नाटक
  • रामेन फाइटर मिकि : माङ्गा सिरिज (सन् २००२ - २००६)
  • नारुतो श्रङ्खला : यसमा मुख्य पात्र नारुतोको रामेन मन पर्ने खाना हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Definition of "ramen"", The Collins American English Dictionary, Collins, अन्तिम पहुँच २०१३-०९-२६ 
  2. NHK World. Japanology Plus: Ramen. 2014. Accessed 2015-03-08.
  3. Japanorama, Series 3, Episode 4. BBC Three, 9 April 2007

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]