आजीयाटा ग्रुप बेरहाड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आजीयाटा ग्रुप बेरहाड अङ्ग्रेजी: Axiata Group Berhad एउटा मलेशियन दूरसञ्चार समूह हो र यसको व्यावसाय एसिया भरि सञ्चालनमा रहेको छ ।

समूह[सम्पादन गर्नुहोस्]

आजीयाटाको मुख्य व्यवसायमा व्यावसायमा लगानी तथा दूरसञ्चार सम्बन्धी व्यवस्था तथा अन्तर्राष्ट्रिय स्तरमा परामर्श सेवा प्रदान गर्ने रहेको छ । यस समूहको मुख्य केन्द्रिकरण बढ्दो बजारमा रहेको छ जसमा धेरै कम मोबाइल ग्राहक भएका दक्षिण तथा दक्षिणपूर्वि एसियाका क्षेत्रहरू रहेको छ ।

पहिला टिएम अन्तर्राष्ट्रिय विएचडि को नाममा रहेको कम्पनीको स्थापना सन् १९९२ जुन १२ मा भएको थियो । साथै यो टेलेकोम मलेसिया विएचडिको मोवाईल तथा अन्तर्राष्ट्रिय सेवाको अंगको रूपमा रहेको थियो । टिएमआईको टिएमबाट अलग भए पश्चात यो कम्पनी सन् २००८ मा बुर्सा मलेसिया धितोपत्र बेरहाडको मुख्य बोर्डमा सूचिकृत भएको थियो । सन् २००९ अप्रिल २ मा टिएमआई ब्राण्डलाई पुनःसंरचना गरी आजीयाटाको नामबाट नयाँ लोगो सहित शुरूवात गरेको थियो । यसको नयाँ ट्यागलाईन एसियाको आधुनिकीकरण पनि सार्वजनिक गरिएको थियो । आजीयाटाको मोबाइल सेवा प्रदायकहरूमा नियन्त्रण स्वार्थ मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, क्याम्बोडिया तथा हालै नेपालमा रहेको छ ।

सहायक लगानीहरू[सम्पादन गर्नुहोस्]

समूहले सन् २०१६ मा आफ्नो वेभसाइट मार्फत एसिया भरि आफ्नो ३० करोड ग्राहकहरू रहेको तथा समूहको कुल राजस्व सन् २०१५ मा मलेशियन रियाल १९.९ अर्व रहेको सार्वजनिक गरेको थियो ।[१] यसको साथै कम्पनीले १० देशहरूमा २५००० भन्दा बढी व्यक्तिहरूलाई रोजगार दिएको समेत उल्लेख गरेको थिए ।

आजीयाटाको मोबाइलको सहायक कम्पनी तथा सम्बन्धी कम्पनीहरू मलेशियामा सेलकम, इन्डोनेसियामा एक्सएल, श्रीलङ्कामा डायलग, बङ्गलादेशमा रोबि, क्याम्बोडियामा स्मार्ट, इन्डियामा आइडिया, नेपालमा एनसेल[२]) तथा सिंगापूरामा एमएनको ब्राण्डमा सञ्चालनमा रहेको छ ।

देश ब्राण्ड स्वामित्व
 बङ्गलादेश रोबि 68.7%%
 कम्बोडिया स्मार्ट 100%
 भारत आईडिया 19.96%
 नेपाल एनसेल 80% [३]
 इन्डोनेसिया एक्सिस Unknown
 इन्डोनेसिया एक्सएल 66.55%
 मलेसिया सेलकम 100%
 पाकिस्तान मल्टिनेट 89.00%
 सिङ्गापुर एमवन 29.12%
 श्रीलङ्का डायलग 83.32%

एनसेल[सम्पादन गर्नुहोस्]

एनसेल (अङ्ग्रेजी: Ncell) नेपालको निजी मोबाइल दूरसञ्चार कम्पनी हो । नेपालमा स्थापना भएको यो पहिलो दूरसञ्चार कम्पनी हो जसले सार्वजनिक जिएसएम सेवाको थालनी गरेको थियो । स्थापनाकालमा यस कम्पनीको नाम मेरो मोबाइल रहेको थियो जसको स्वामित्व स्पाइस नेपाल प्राइभेट लिमिटेडसँग थियो । अक्टोबर २००८ मा स्पाइस नेपालले युरोपको प्रसिद्ध मोबाइल कम्पनी टेलिया सोनेरासँग अनुबन्ध गर्‍यो ।[४] यस मोबाइल सेवालाई नेपालकै नम्बर एक मोबाइल सेवा बनाउने दिशामा यसले पुरानो नाम मेरो मोबाइललाई परिवर्तन गरेर एनसेल राखेको हो । एनसेलले नेपालमा नेपाल सेल्युलर लाई प्रदर्शित गर्दछ ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Axiata, "Axiata Group – One of Asia’s largest telecommunications groups", axiata.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०१-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२२ मिति
  2. "TeliaSonera quits nepal, Ncell sold to Malaysian Telco group Axiata for 1.03Bil USD • TechSansar.com", TechSansar.com (en-USमा), https://google.com/+TechSansar, अन्तिम पहुँच २०१५-१२-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति
  3. "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०६-२३ 
  4. "Ncell provides free websites to beginners", sahilshrestha11.blogspot.com, अन्तिम पहुँच ११ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१२ मिति
  5. About Ncell वेब्याक मेसिन अभिलेखिकरण २०१२-१०-०४ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]