ग्रान्ड प्यालेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाओ फ्रया नदी पारीबाट ग्रान्ड प्यालेसको दृष्य
ग्रान्ड प्यालेसमा रहेको चक्र महा प्रसात, जो सन् १८८२ निर्माण सम्पन्न भएको थियो।

ग्रान्ड प्यालेस (थाई: พระบรม มหาราช วัง, rtgs: फ्रा बोरम महा रचा वांग) थाइल्यान्डको मुटु बैङ्ककमा अवस्थित एक भवन हो। यो दरवारमा सन् १७८२ देखी राजा सियमको आधिकारिक निवास(र त्यस पछि थाइल्यान्ड) रहेको थियो। सन् १९२५ सम्म यो दरवारको आधारमा राजा, उनको अदालत र शाही सरकार रहेको थियो। राजा भूमिबोल अदुलयादेज (रामा नौ), चित्रलदा रोयल भिल्लामा बस्थे र उनका उत्तराधिकारी राजा भाजीरालोंगकोर्न (रामा दसौ) अम्फोर्न सथान आवाशीय हल, दुवै दुसित प्यालेसमा तर अझै पनि ग्रान्ड प्यालेस आधिकारिक कार्यक्रमका लागि प्रयोग गरिन्छ। धेरै शाही समारोह र राज्य कार्यहरू हरेक वर्ष महल को पर्खालहरू मा आयोजित गरिन्छ। यो महल थाइल्यान्डको सबैभन्दा लोकप्रिय पर्यटन आकर्षण मध्ये एक हो। ६ अप्रिल १७८२ मा राजा फुत्थायोत्फा चुलालोक (रामा प्रथम)को आदेशमा ग्रान्ड प्यालेसको निर्माण कार्य सुरु भयो, यो चक्री बंसका सस्थापक हुन् जब उनले राजधानी शहर थोनबुरीबाट बैङ्कक सारेका थिए। विशेषगरि राजा चुलालोंगकोर्न (रामा पाचौँ) को निरन्तर शासनकालमा धेरै नयाँ भवनहरू र संरचनाहरू थपिएका थिए। सन् १९२५ सम्म राजा, शाही परिवार र सरकार स्थाई रूपमा बसोबास नगरिकन अन्य आवासहरूमा सारेका थिए। सन् १९३२ मा पूर्ण रूपमा राजतन्त्रको उन्मूलन भए पछि सबै सरकारी एजेन्सीहरू पुरा तरिकाले महलबाट बाहिर गए। आकारमा, महल परिसर लगभग आयताकार रहेको छ र चार पर्खालहरू वरपर घेरिएको २१८,४०० वर्ग मीटर (२,३५१,०००२ वर्ग फुट) संयुक्त क्षेत्रफल रहेको छ। यो चाओ फ्रया नदीको किनारमा र रत्तानाकोसिन टापुको मुटु फ्रा नाखों जिल्लामा अवस्थित छ। ग्रान्ड प्यालेसको उत्तरीमा सनम लुंग सडक र ना फ्रा लान सडक रहेको छ, पश्चिममा महाराज सडक, पूर्वमा सनमचाई सडक र दक्षिणमा थाई वांग सडक द्वारा घेरिएर रहेको छ। ग्रान्ड प्यालेस, एक ढाँचा हुनुको सट्टा यो धेरै भवनहरू, हलहरू, पाभीलियन खुल्ला लानहरू, बगैँचा र आंगनहरू वरिपरी रहेका छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

ग्रान्ड प्यालेसको निर्माण कार्य ६ अप्रिल १७८२ मा राजा फुत्थायोत्फा चुलालोक (रामा प्रथम)को आदेशमा शुरु भएको थियो।[१]


बाहरी न्यायालय[सम्पादन गर्नुहोस्]

बाह्य न्यायालय वा खेत फ्रा रचा थान चान नोर्क (เขต พระ ราชฐาน ชั้น นอก) ग्रान्ड प्यालेसको उत्तरपश्चिममा रहेको महल हो (उत्तरपूर्वीमा इमरल्यान्ड बुद्धको मन्दिर रहेको छ)। भिसेटचैस्री मुख्य प्रवेश द्वारबाट प्रेबश गरेपछि बायाँ भागमा इमरल्यान्ड बुद्धको मन्दिर रहेको छ भने दाँया तिर धेरै सामुदायिक भवनहरू रहेका छन्।[२]

एम्लेल्ड बुद्ध को मन्दिर[सम्पादन गर्नुहोस्]

मध्य न्यायालय[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hongvivat 2003, p. 7
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Suksri 17



बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]