मित्रताका लागि फुटबल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मित्रताका लागि फुटबल गासप्रोमद्वारा बालबालिकाहरूका लागि कार्यान्वयन गरिएको वार्षिक अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रम हो। कार्यक्रमको लक्ष्य नव युवाहरूमा फुटबलमार्फत महत्त्वपूर्ण मूल्य र स्वस्थकर जीवनशैलीका रूचिहरू विकास गर्नु हो।[१] कार्यक्रमको ढाँचा अन्तर्गत विभिन्न राष्ट्रका १२ वर्षका फुटबल खेलाडीहरू वार्षिक अन्तर्राष्ट्रिय मञ्च "मित्रताका लागि फुटबल"को विश्वकपमा फुटबल र मित्रताको अन्तर्राष्ट्रिय दिवसका दिन सहभागी हुन्छन्।[२] यो कार्यक्रम फिफा, युएफा, संयुक्त राष्ट्रसङ्घ ओलम्पिक र पारालम्पिक समिति, विभिन्न देशहरूका सरकार र फुटबल महासङ्घ, अन्तर्राष्ट्रिय परोपकारहरू, सार्वजनिक सङ्गठनहरू, संसारका अग्रणी फुटबल क्लबहरूद्वारा समर्थित छ।[३] यस कार्यक्रमको विश्वव्यापी आयोजक एजिटी सञ्चार समूह (रूस) हो।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

मित्रताका लागि फुटबल विश्व प्रतियोगिता[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगिता मित्रताका लागि फुटबल योजनाको संरचनामा सञ्चालित गरिएको हो। प्रतियोगितामा भाग लिने मैत्रिपुर्ण टोलीहरू एक खुला गोलाप्रथाको माध्यमबाट गठित गरिएका हुन्। टोलीहरूलाई मित्रताका लागि फुटबलको आदर्शमा सङ्गठित गरिएको छ। विभिन्न राष्ट्रियता, लिङ्ग र शारीरिक क्षमता भएका खेलाडीहरूले एकै टोलीमा खेल्ने गर्दछन्।

बालबालिकाको अन्तराष्ट्रिय फोरम मित्रताको लागि फुटबल[सम्पादन गर्नुहोस्]

बालबालिकाको अन्तराष्ट्रिय वार्षक फोरम मित्रताको लागि फुटबलमा, परियोजनाका बाल सहभागीहरूले वयष्कहरूसँग मिलेर संसारभर कार्यक्रमको मान्यताका लागि प्रोत्साहन र विकासका लागि छलफल गर्छन्। फोरममा, बालबालिकाहरूले अन्य देशका आफ्ना साथीहरु, चर्चित फुटबल खेलाडीहरु, पत्रकार र सार्वजनिक हस्तिसँग भेट्ने र कुरा गर्ने मौका पाउँछन्, र बाल एम्बेसेडर पनि बन्छन् जसले भविष्यमा स्वतन्त्र रूपमा आफ्नो साथीहरु माझ व्यापक मान्यताहरूको प्रोत्साहन गर्न जारी राख्नेछन्।

बालबालिकाको अन्तराष्ट्रिय प्रेस केन्द्र[सम्पादन गर्नुहोस्]

मित्रताका लागि फुटबल परियोजनाको खास विशेषता यसको आफ्नै बालबालिकाको अन्तराष्ट्रिय प्रेस केन्द्र हो। मित्रताको लागि फुटबल परियोजना अन्तर्गत २०१४ मा पहिलोपल्ट यसको आयोजना गरिएको थियो। प्रेस केन्द्रमा रहेका बाल पत्रकारले आफ्नो देशको कार्यक्रमका घटनाहरू आवृत गर्दछन्: उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पोर्ट्स् मिडियाका लागि समाचार तयार पार्छन्, मित्रताका लागि फुटबल टि.भी. च्यानल, मित्रताका लागि फुटबल बाल खबरपत्रिकाका लागि र परियोजनाको आधिकारिक रेडियो स्टेशनका लागि सामग्री तयार गर्छन्। बालबालिकाको अन्तराष्ट्रिय प्रेस केन्द्रले सर्वश्रेष्ठ बाल पत्रकार राष्ट्रिय प्रतियोगिताका विजेताहरु, बाल ब्लगर्स, फोटोग्राफरहरू र लेखकहरूलाई सम्मिलित गर्छ। प्रेस सेन्टरका बाल पत्रकारहरूले "बालबालिकाका लागि बालबालिका" प्रारूपलाई कार्यान्वयन गरी आफ्ना विचारहरु प्रस्तुत गर्दछन्।

अन्तराष्ट्रिय फुटबल र मित्रता दिवस[सम्पादन गर्नुहोस्]

मित्रताका लागि फुटबल योजना अन्तर्गत अन्तराष्ट्रिय फुटबल र मित्रता दिवस अप्रिल २५ मा मनाइन्छ। यो बिदा पहिलोपटक सन् २०१४ मा १६ देशहरूमा मनाइएको थियो। त्यस दिन मैत्रीपूर्ण खेलहरू, रेडियो म्याराथन, दक्ष कक्षाहरू, खुला अभ्यास सत्रहरू आदि आयोजना गरिएका थिए। ५०,००० भन्दा बढि मानिसहरूले यस उत्सवमा भाग लिएका थिए।

सन् २०१५ मा फुटबल र मित्रता दिवस २४ देशहरूमा मनाइएको थियो। त्यस उत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताहरू र अन्य कार्यक्रमहरू भएका थिए। जर्मनीमा साल्क ०४ फुटबल खेलाडीहरूले खुला अभ्यास सत्र राखेका थिए भने सर्बियाले एउटा टेलिभिजन कार्यक्रमको आयोजना गरेको थियो। यस्तै युक्रेनले परिवारहरू, बालबालिका र युवाका लागि भोलिन फुटबल क्लब र सामाजिक सेवाका लागि लस्क सिटी सेन्टरमा दर्ता भएका बालबालिकाको बीचमा प्रतियोगिता राखेको थियो।

रूसमा फुटबल र मित्रता दिवस अप्रिल २५ का दिन ११ सहरहरूमा मनाइएको थियो। योजनाका मुख्य मान्यताहरूलाई सम्झनका लागि, भ्लादिभोस्तोक, नोभोसिबिर्स्क, येकातेरिन्बर्ग, क्रास्नोयार्स्क, बर्नौल, सेन्ट पिटर्सबर्ग र सारान्सकमा मैत्रीपूर्ण फुटबल खेलहरू आयोजना गरिएका थिए। सन् २०१६ मा फुटबल र मित्रता दिवस ३२ देशहरूमा मनाइएको थियो। रूसका नौ सहरहरूमा यो दिवस मनाइएको थियो जसमा मस्को, सेन्ट पिटर्सबर्ग, नोभोसिबिर्स्क, बर्नौल, बिरोबिद्झान्, इर्कुस्क, क्रास्नोदार, निझ्नी नोभ्गोरोद र रोस्तोभ अन डन पर्दछन्। निझ्नी नोभ्गोरोदले भोलगा फुटबल क्लबका बाल खेलाडीहरूका लागि मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गरेको थियो र त्यस क्लबका जवान खेलाडीहरूले बालबालिकाका लागि तालिम सञ्चालन गरेका थिए। नोभोसिबिर्स्कमा भएको मैत्रिपूर्ण खेलमा नोभोसिबिर्स्क क्षेत्रीय टोलीमा यर्माक-सिबिरका अपाङ्ग बालबालिकाले भाग लिएका थिए।

सन् २०१७ मा फुटबल र मित्रता दिवस ६४ देशहरूमा मनाइएको थियो। सर्बियाका रक्षापङ्क्तिका खेलाडी ब्रानिस्लाभ ईभानोभिच र नेदरल्यान्डेेेली खेलाडी डर्क कुयत जस्ता चर्चित फुटबल खेलाडीहरूले विश्वभरका कार्यक्रमहरूमा भाग लिएका थिए। युनानमा युरोपेली फुटबल प्रतियोगिता सन् २००४ का विजेता थियोडोरस जागोराकिस आफ्नो देशको राष्ट्रिय टोलीसँग कार्यक्रममा उपस्थित भएका थिए। रूसमा जाखार बाद्युक मित्रताका लागि फुटबल योजनाका बाल राजदूतका लागि जेनित फुटबल क्लबले विशेष तालिम सत्र आयोजित गरेको थियो। तालिममा जेनित फुटबल क्लबका गोलरक्षक युरी लोदिजिनले जाखारको सक्षमतालाई उच्च श्रेणी दिँदै उनीहरूसँग गोलरक्षाका तरिकाहरू बाँडेका थिए।

मित्रताका लागि फुटबलका नौ मान्यताहरू[सम्पादन गर्नुहोस्]

सन् २०१३ मे का दिन आयोजित पहिलो अन्तर्राष्ट्रिय बालबालिकाको मञ्चमा बेलायत, जर्मनी, स्लोभेनिया, हङ्गेरी, सर्बिया, बुल्गेरिया, ग्रिस र रूसका युवा प्रतिनिधिहरूले कार्यक्रमका पहिला ८ मान्यताहरू - मित्रता, समानता, न्याय, स्वास्थ्य, शान्ति, समर्पण, जीत र परम्परा – भनेर पहिचान गर्दै खुल्ला पत्रको रूपमा प्रस्तुत गरेका थिए। पत्रहरू अन्तराष्ट्रिय खेल सङ्गठनहरूका अध्यक्षहरूलाई पठाइएको थियो: अन्तराष्ट्रिय फुटबल महासङ्घ (फिफा), युरोपेली फुटबल सङ्घठन सङ्घ (युएफन) र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अन्तराष्ट्रिय खेल सङ्गठनहरूका अध्यक्षहरूलाई पठाइएको थियो। सन् २०१३ को सेप्टेम्बरमा जोसेफ ब्लाटरले भ्लादिमिर पुतिन र भिताली मुत्कोसँगको वैठकमा पत्र प्राप्तिको पुष्टि गर्दै मित्रताका लागि फुटबललाई सहयोग गर्न आफू तयार भएको घोषणा गरेका थिए। सन् २०१५ मा चीन, जापान र कजाख्स्तानका सहभागीहरूले मित्रताका लागि फुटबल कार्यक्रममा भाग लिँँदै नवौँ मूल्य र मान्यता - सम्मान थप्न प्रस्ताव राखेका थिए।[५]

नौ मान्यताहरूको कप[सम्पादन गर्नुहोस्]

नौ मान्यताहरूको कप मित्रताका लागि फुटबल भन्ने बालबालिकाको अन्तराष्ट्रिय सामाजिक कार्यक्रमको एक पुरस्कार हो। हरेक वर्ष यो कप योजनाका अधिकतम प्रतिबद्धता भएका मान्यताहरूलाई: मित्रता, समानता, न्याय, स्वास्थ्य, शान्ति, निष्ठा, विजय, संस्कार र गौरवलाई प्रदान गरिन्छ। विश्वभरिबाट नै विजेता चुन्नका लागि प्रशंसकहरू सहभागी हुने भए पनि अन्तिम निर्णय भने मित्रताका लागि फुटबल योजनाका सहभागीको मतहरूबाट गरिन्छ। नौ मान्यताहरूको कप विजेता क्लबहरू: बार्सिलोना (सन् २०१५), बायर्न म्युनिख (सन् २०१६), अल वाहदा (विशेष पुरस्कार), रियल म्याड्रिड (सन् २०१७) हुन्[६]

संस्करणका बीच सहभागीहरूको क्रियाकलाप[सम्पादन गर्नुहोस्]

मित्रताका लागि फुटबल कार्यक्रमका युवा फुटबल खेलाडीहरू आधिकारिक संस्करण बाहिरका धेरै कार्यक्रमहरूमा सहभागी भएका छन्। सन् २०१३ को मे महिनामा मारिभोर जुनियर क्लबका (स्पेन) खेलाडीहरूले कम्बोडियाका बालबालिकाहरूसँग मैत्रीपूर्ण खेल खेलेका थिए।[७] सन् २०१४ सेप्टेम्बर १४ का दिन सोचीमा आयोजित कार्यक्रममा रूसी सहभागीहरूले रूसी सङ्घका अध्यक्ष राष्ट्रपति भ्लादिमिर पुतिन र फिफाका अध्यक्ष सेप ब्लाटरसँगको बैठकको अवधिमा कुराकानी गरेका थिए।[८] सन् २०१४ को जुन महिनामा फ्रान्सेली राष्ट्रपति फ्रँस्वा आलँद मित्रताका लागि फुटबल  टोलीका सदस्य ताभेर्नी टोलीलाई इलिसी प्यालेसमा फ्रान्स र नाइजेरियाबीचको सन् १०१४ फिफा विश्वकप हेर्न निमन्त्रण गरेका थिए।[९] 

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

मित्रताका लागि फुटबल कार्यक्रमले धेरै प्रतियोगिता जितेको छ भने यसले थुप्रै रूसी अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेको छ। तिनीहरू मध्येका मुख्य; "अन्तर्राष्ट्रिय सहकार्य विकास"को वर्गमा "रूसको उत्कृष्ट सामाजिक परियोजनाहरू", "संस्थागत सामाजिका उत्तरदायित्व" को वर्गमा व्यावसायिक सञ्चारकर्ताहरूमा अन्तर्राष्ट्रिय एसोसियसन गोल्ड क्विल पुुरस्कार (सन् २०१६), "विश्वको उत्कृष्ट सामाजिक परियोजना" वर्गको साबेर पुरस्कार (सन् २०१६), "उत्कृष्ट अन्तर्राष्टिय रणनीति" को वर्गमा ड्रम सोसल बज पुरस्कार (सन् २०१७)[१०], "मिडिया रणनीति" को वर्गमा नवपर्वर्तन डिजिटल मार्केटिङ सोल्युसन्सको अन्तर्राष्ट्रिय पुरस्कार (सन् २०१७)[११], "रूसको उत्कृष्ट सामाजिक परियोजना" को वर्गमा "सिल्भर आर्कर" (सन् २०१८) र ग्र्याण्ड प्रिक्स "सिल्भर आर्कर" (सन् २०१८) छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]