पल्सर स्पोर्ट्स अवार्ड २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल्सर स्पोर्ट्स अवार्ड
मिति२०७५ जेठ ०३[१]
स्थानकाठमाडौ
देश नेपाल
आयोजकनेपाल आर्मीको कबर्ड हल,कमलादी,काठमाडौ

पल्सर स्पोर्ट्स अवार्ड २०७४ बजाज पल्सर स्पोर्ट्स अवार्ड को पन्ध्रौँ संस्करण हो। जुन जेठ ०३,२०७५ मा वितरण गरिएको थियो। क्रिकेट खेलाडी पारस खड्का र ब्याडमिन्टनकी नङसल तामाङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए[२]

प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले १-१ थान बजाज पल्सर मोटर बायकका साथमा नगद जनही ३०-३० हजार प्राप्त गरेका थिए।

उत्कृष्ट पुरूष खेलाडी[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टोलीका गोलरक्षक किरण व्यवसायिक फुटबल खेल्ने क्रममा माल्दिभ्समा छन् । त्यसैले उनको अवार्ड आमाले लिइन् । नेपाललाई पहिलो पटक एसियाली फुटबल महासङ्घले आयोजना गरेको प्रतियोगिताको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्त्वपूर्ण भूमिका रहृयो । लाओसबिरुद्धको सेमिफाइनलमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षक हुन् ।

अन्य मनोनीत खेलाडीहरू
नाम खेल
पारस खड्का क्रिकेट
रोहित चन्द फुटबल
दिपेश धामी ब्याडमिन्टन
सन्दिप लामिछाने क्रिकेट
टंक बस्नेत गल्फ

उत्कृष्ट महिला खेलाडी[सम्पादन गर्नुहोस्]

चार प्रतिस्पर्धीलाई पछि पार्दै नङसल महिलातर्फ उत्कृष्ट महिला खेलाडी भएकि थिइन् । उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोज, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेकी थिइन् ।

अन्य मनोनीत खेलाडीहरू
नाम खेल
नङ्सल तामाङ ब्याडमिन्टन
कान्छीमाया कोजु एथलेटिक्स
ज्ञानु अवा आर्चरी
सावित्रा भण्डारी फुटबल
सरस्वती भट्टराई एथलेटिक्स

उत्कृष्ट युवा खेलाडी[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दिप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी भएका थिए। नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन,क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका थिए।

सन्दिप लामिछाने पुरस्कार वितरणका समय विश्व क्रिकेट जगतकै ठुलो क्लब प्रतियोगिता २०१८ आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससङ्ग आबद्ध थिए। रोयल च्यालेञ्जर्स बंगलोरविरुद्ध आइपिएलमा पहिलो पटक मौका पाएका सन्दीपले डेब्यमा उत्कृष्ट बलिङ्ग गरेका थिए।भने वेस्ट इन्दिज विरूद्ध को खेलका निम्ति विश्व ११ मा समेत स्थान बनाएका थिए।

अन्य मनोनीत खेलाडीहरू
नाम खेल
सन्दिप लामिछाने क्रिकेट
मनिता श्रेष्ठ प्रधान जुडो
दीपेन्द्रसिंह ऐरी क्रिकेट
दिनेश हेम्जन फुटबल
पुनम रावल बक्सिङ

पिपल्स च्वाइस अवार्ड[सम्पादन गर्नुहोस्]

पिपुल्स च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजुले जितेकी थिइन्। एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको थियो। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार कुल ९५ हजार ७२६ भोट जम्मा भएको थियो । एक भोट बराबर चार फेसबुक लाइक मानिएको थियो ।मनोनयनमा परेका पाँच खेलाडी मध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले अवार्ड जितिन् । फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा रहे । जम्मा आएको मतमध्ये उनले ६६ हजार १२४ मत पाइन् ।एथ्लेटिक्सको महिला म्याराथनहाफ म्याराथनमा राष्ट्रिय कीर्तिमानधारी कोजुले गत वर्ष सहभागी भएका पाँचै प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

उत्कृष्ट ३ खेलाडीहरू
नाम खेल
कान्छीमाया कोजु एथलेटिक्स
सुजल श्रेष्ठ फुटबल
दिपेन्द्रसिंह ऐरी क्रिकेट

उत्कृष्ट प्रशिक्षक[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा एनएसजेएफ पल्सर २०७४ वर्ष उत्कृष्ट प्रशिक्षक भएका थिए। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिंग लोप्साङ्ग, बक्सिङका प्रकाश थापा मगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन्।

मनोनित प्रशिक्षकहरू
नाम खेल
जगत टमाटा क्रिकेट
विनोद दास क्रिकेट
छिरिङ लोप्साङ फुटबल
प्रकाश थापा मगर ब्याडमिन्टन
जयन्त कुमार श्रेष्ठ ब्याडमिन्टन

लाइफ टाइम अचिभमेन्ट अवार्ड[सम्पादन गर्नुहोस्]

पल्सर स्पोर्ट्स अवार्ड २०७३ अन्तरगर्त लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व गल्फर घनश्याम थापालाई प्रदान गरिएको थियो । सूर्य नेपाल गल्फ कोर्षका संस्थापकसमेत रहेका थापा नेपालका पहिलो पुस्ताका व्यवसायिक गल्फर हुन् । १० वर्षको उमेरमै गल्फमा लागेका उनले भारतमा प्रशिक्षण गरी व्यवसायिक गल्फर भएका थिए । थापाले भारत ओपनदेखि दुई पटक गल्फ विश्वकप खेलेका छन् ।

उत्कृष्ट टिम[सम्पादन गर्नुहोस्]

२०७३ सालमा सर्वोत्कृष्ट राष्ट्रिय खेलकुद टिमको उपाधि नेपाल राष्ट्रिय भलिबल टिमलाई प्रदान गरिएको थियो।यो राष्ट्रिय टिमले २०७३ सालमा पहिलोपटक अन्तराष्ट्रिय पदकका रूपमा सेन्ट्रोन जोन इन्टरनेसनल भलिबल प्रतियोगिता जितेको थियो।

विशेष अवार्ड[सम्पादन गर्नुहोस्]

नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी करण केसी स्पेशल अवार्डबाट सम्मानित भएको छ।वर्ष २०७४ मा खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डबाट सम्मानित गरेको थियो। करणले गत २०७४ माघमा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए।६ टोली सहभागि प्रतियोगिताको फाइनल पुग्न सके नेपालले अर्को वर्ष हुने विश्वकप छनोट खेल्न पाउथ्यो। अन्तर्राष्ट्रिय स्तरमा अरु धेरै अवसरका ढोका खुल्थे। सुरुआत गतिलो नहुँदा फाइनल पुग्ने अभियान धर्मराएको थियो। समूहको अन्तिम खेलमा विपक्षी थियो, क्यानाडा। क्यानाडाले पहिला ब्याटिड गरेर १ सय ९४ रन बनाइसकेको थियो। ब्याटिडमा सधै कमजोर भनिएको नेपाललाई १ सय ९५ रनको लक्ष्य सगरमाथाझै अग्लो थियो। अझ ४२.१ ओभरमा १ सय ४४ रन बनाउँदा ९ विकेट गएपछि नेपालको लक्ष्य असम्भवझै देखिन थाल्यो। किनकी लक्ष्य पाउनका लागि पुछारका दुई ब्याट्सम्यानबाट अविजित ५१ रनको साझेदारी हुनुपथ्र्यो। करणले त्यस्तै इनिङ्स खेले। असम्भव झै देखिएको त्यो लक्ष्यप्राप्तीको बाटोमा नेपालको रथ हाँकिरहेका थिए, करण केसी र सन्दिप लामिछानेले तैपनि १० नम्बरमा ब्याटिड गर्न आएका अलराउन्डर करणले खेल जिताउनेमा धेरैले आशा गरेका थिएनन। तर करणमा त्यो खुबी थियो। ३१ बलमा ३ चौका र ४ छक्कासहित ४२ रन बनाएर उनले आफ्नो खुबी प्रमाणित गरे। नेपाललाई जित दिलाए।

त्यो जित नेपालका लागि फगत एउटा खेलको जित थिएन। त्यही जितले नेपाललाई कम्तिमा प्रतियोगिताको उपविजेता बनाउँदै विश्वकप छनोट प्रतियोगिता खेल्न लायक बनाएको थियो।

पारा एथ्लेटिक अफ दी इयर[सम्पादन गर्नुहोस्]

ह्विलचेयर बास्केटबलह्विलचेयर क्रिकेट टिमका कप्तान तथा नेपाली सेनाका हिमाल अर्याल पारा एथलिट अफ दि इयरबाट सम्मानित गरिएको थियो।२०६० साल कात्तिक २९ गते मकवानपुरको भिमफेदीमा माओवादीको एम्बुस आक्रमणमा परेर मेरुदण्ड गुमाएपनि आफ्नो साहस नगुमाएका उनी अन्तत पारा खेलमा रमाउदै नेपाली खेलकुदलाई माथिसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिए। जसको नतिजा उनलेमात्र नभई सम्पूर्ण देशले पाउन थालेको छ।

अपांगता भएका नागरिकलाई जीवनप्रतिको उत्साह सञ्चार गराउन सफल भएका छन्। उनी नेपाली ह्विलचेयर बास्केटबल र क्रिकेट टिमका कप्तान हुन्। पावर लिफ्टिडका पनि उनी खेलाडी हुन्। वर्ष २०७४ मा नेपालले घरेलु मैदानमा दक्षिण एसियाली ह्विलचेयर बास्केटबल र क्रिकेटको उपाधि जित्दा हिमाल टिमका कप्तान थिए। नेपाली सेनाको ह्विलचेयर क्रिकेट र बास्केटबल टोलीलाई पनि उनले कप्तानको हैसियतमा राष्ट्रिय च्याम्पियन बनाए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:पल्सर स्पोर्ट्स अवार्ड