याहु! मेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
याहु! मेल
सन् २०१७ संस्करणको याहु! मेलको पर्दाचित्रण
साइटको प्रकार
वेब मेल
उपलब्ध भाषाबहुभाषिक (२७)[१]
मालिकभरिजोन मिडिया
(भरिजोन सञ्चार)
सर्जकयाहु!
युआरएलmail.yahoo.com
अलेक्सा क्रमवृद्धि १३३,९१२ (अप्रिल २०२०)[२]
व्यवसायिकहो
दर्ताआवश्यक
प्रयोगकर्ताहरू२२ करोड ५० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू (फेब्रुअरी २०१७)[३]
चालु भएको मितिअक्टोबर ८, १९९७; २६ वर्ष पहिले (१९९७-१०-08)[४]
वर्तमान स्थितिचालू
सामग्री इजाजतपत्र
स्वामित्व सफ्टवेयर

याहु! मेल सन् १९९७ मा अमेरिकी कम्पनी याहुबाट सुरु गरिएको एक इमेल सेवा हो। याहूले चार विभिन्न इमेल योजनाहरू प्रदान गर्दछ जसमा, तीन व्यक्तिगत प्रयोगका लागि रहेका छन् जस्तै (आधारभूत, प्लस, र विज्ञापन रहित) र अर्को व्यवसायको लागि।[५][६] जनवरी २०२० सम्म याहु! मेलका २२ करोड ५० हजार प्रयोगकर्ता रहेका थिए।[७]

प्रयोगकर्ताहरूले वेबमेल प्रयोग गरेर उनीहरूको मेल बाकसमा पहुँच गर्न र व्यवस्थित गर्न सक्दछन् जसलाई वेब ब्राउजर प्रयोग गरी गर्न सकिन्छ। केहि खाताहरूले मानक मेल सौजन्यविधिको उपयोगलाई पनि समर्थन गरेका छन्। सन् २०१५बाट यसको वेबमेल सेवाले गैर-याहु इमेल खाताहरू प्रबन्ध सेवा पनि समर्थन गर्दछ।[८]

धेरै वर्षसम्म, प्रयोगकर्ताहरूले या त @ याहु डटकम वा राष्ट्रिय डोमेन नाम जस्तै (फ्रान्समा @याहु डट एफआर, इतालीमा @याहु डटआइटी आदि) प्रयोग गरेर खाताहरू खोल्न सक्षम भएका थिए। हाल, याहु!ले मात्र @याहु डटकम खाताहरू दर्ता गर्न अनुमति दिन्छ। [९]

मञ्चहरू[सम्पादन गर्नुहोस्]

याहुको लागि मोबाइल अनुप्रयोग एन्ड्रोइडमा गुगल प्ले र आइओएसको लागि एप स्टोर मार्फत अभिभारण गर्न सकिन्छ। अनुप्रयोगको दुबै संस्करणले मोबाइल उपकरणको सञ्चालन प्रणालीमा आधारित रहेर एउटै कार्य क्षमताहरूको प्रदर्शन गर्दछन्। सूचना खोलेर सन्देश मार्फत जवाफ दिने, छुट्टै अभिलेख राख्ने, मेटाउने र सूचनाहरू ताराङ्कन गर्ने सेवाहरू पनि यसमा समावेश छ। यो धेरै भाषाहरूमा उपलब्ध छ। [१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्थान"याहु!। सङ्ग्रह मिति १३ फेब्रुअरी २०१७ 
  2. "याहु! मेलको ट्राफिक, जनशाङ्खिकि तथा प्रतिस्पर्धीहरू - अलेक्सा", अलेक्सा, अन्तिम पहुँच अप्रिल ९, २०२०  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २२, २०१९ मिति
  3. Parez, सराह (फेब्रुअरी १३, २०१७), "Yahoo Mail’s mobile app now does Caller ID, syncs photos", टेकक्रन्च 
  4. "याहु! निगम – कम्पनीको समयरेखा", वेब्याक मेसिन, जुलाई १३, २००८, मूलबाट जुलाई १३, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १९, २०१६  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १३, २००८ मिति
  5. "व्यवसायिक इमेल योजना", याहू!, अन्तिम पहुँच ५ अप्रिल २०१४ 
  6. पिकाभेट, हेनरी (२३ जुलाई २०१४), "याहु! मेल", टेकक्रन्च, एओएल। 
  7. "Yahoo Mail’s mobile app now does Caller ID, syncs photos", टेकक्रन्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१७ [dead link]
  8. कन्डलिफ, जेमी। "याहु! मेलले जिमेलको सबै मेलहरू प्रबन्ध गर्ने भएको छ"गिज्मोडो डटकम। सङ्ग्रह मिति १४ अप्रिल २०१८ 
  9. "याहु! मेलमा डोमेन विस्तार"याहु! सहयोग कक्ष। सङ्ग्रह मिति १३ अप्रिल २०२० 
  10. "From Tamil to Bengali, Yahoo! Mail android app gets seven new Indian languages – The Economic Times"। इकोनोमिक टाइम्स। २६ अक्टोबर २०१६। सङ्ग्रह मिति ५ फेब्रुअरी २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]