म्याट हार्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(म्याट हार्डिबाट अनुप्रेषित)
म्याट हार्डी
सन् २०१८ मा हार्डी
वास्तविक नामम्याथ्यु मुर हार्डी
जन्म (1974-09-23) सेप्टेम्बर २३, १९७४ (उमेर ४९)
उत्तर क्यारोफिना, संयुक्त राज्य अमेरिका
जीवनसाथी(हरू)
रेबी स्काई
(
वि २०१३)
बच्चा
शिक्षाउत्तर क्यारोलिना विश्वविद्यालय
स्याडहिल्स सामुदायिक क्याम्पस
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामब्रोकन म्याट[१]
दमास्कस[२]
हाई भोल्टेज[३]
इङ्गुस जेन्क्स[४]
इसान हार्डी[५]
म्याट हार्डी
म्याट हार्डी भर्सन १.०
[६]
सर्ज
उल्भरिन[७]
उचाई६ फिट २ इन्च (१८८ सेमी)[८][९]
तौल२३६ पाउन्ड (१६ स्टोन १२ पाउन्ड; १०७ किग्रा)[८]
उत्पत्तिक्यामरुन, उत्तर क्यारोलिनन[८][९]
द हार्डी कम्पाउन्ड, उत्तर क्यारोलिना[१०]
प्रशिक्षकडोरी फङ्क जुनियर[७]
पदार्पण१५ अक्टोबर १९९२[७]

म्याथ्यु मुर हार्डी (जन्म: सन् १९९७४ सेप्टेम्बर २३) एक अमेरिकी व्यावसायिक कुस्ती खेलाडी हुन् जो हाल अमेरिका स्थित अल एलिट रेस्लिङ नामक एक कुस्ती सङ्घमा आवद्ध भई कुस्ती खेलिरहेका छन्।[११] हार्डीले यसअघि टोटल नन स्टप एक्सन रेस्लिङ, इम्प्याक्ट रेस्लिङ, रिङ अफ अनर जस्ता कुस्ती सङ्घहरूमा कुस्ती खेलिसकेका छन् भने उनीले डब्ल्यूडब्ल्यूईमा प्रदर्शन गर्दा निकै ख्याति कमाउन सफल भएका थिए।[१२][१३] उनी प्रायः आफ्नो भाई जेफ हार्डीको साथमा द हार्डी ब्वाइजको रूपमा प्रदर्शन गर्ने गर्छन्। हार्डीले विभिन्न कुस्ती सङ्घहरूमा लामो समयसम्म प्रदर्शन गर्द थुप्रै उपाधि तथा उपलब्धिहरू प्राप्त गरेका छन्।[१४] डब्ल्यूडब्ल्यूईसँगको आवद्ध पत्रमा हस्ताक्षर गर्नु अघि हार्डीले आफ्नो भाइ जेफसँग मिलेर एक कुस्ती सङ्गठनको स्थापना गरेका थिए जहाँ उनी र जोफले ट्याग टिम उपाधि, विश्व ह्याभिवेट उपाधि सहित थुप्रै प्रतियोगि सञ्चालन गरेका थिए।

हार्डी ख्याति तथा निकै लोकप्रियता कमाउन सफल कुस्ती खेलाडी मध्येका एक हुन् भने उनलाई थुप्रै कुस्ती खेलको निकै लामो समयदेखि अनुभव रहेको छ। हार्डीले सन् १९९२ मा मात्रै १८ वर्षको उमेर ट्राम्पोलिन रेस्लिङ सङ्घ नामक एक कुस्ती सङ्गठनमा अनुबन्धित भई कुस्ती कार्यजीवनको सुरुवात गरेका थिए भने उक्त सङ्घमा कुस्ती खेलेको केही महिनामै हार्डीको विश्व च्याम्पियनसिप रेस्लिङ नामक एक कुस्ती सङ्घमा पदोन्नति भएको थियो भने उनी त्यसबेला अपरिपक्व कुस्ती खेलाडीको रूपमा भित्रिएका थिए। सन् १९९४ मा हार्डीको डब्ल्यूडब्ल्यूएफसँगको (हाल डब्ल्यूडब्ल्यूई) ४ वर्षे आवद्ध पत्रका हस्ताक्षर गरेका थिए। सन् १०९४ मे २३ का दिन हार्डीले उक्त पदोन्नति अन्तर्गत रहेर उनको पहिलो खेल खेलेका थिए जहाँ उनी पराजित भएका थिए। सन् १९९८ मा हार्डीका दाजुभाइले कुस्ती खेलाडी लिटाको साथमा द हार्डी ब्वाइज नामक एक कुस्ती समूहको स्थापना गरेका थिए। सन् २००५ अप्रिल ११ का दिन हार्डी र उनका साथी राइनोको डब्ल्यूडब्ल्यूईसँगको आवद्ध म्याद सकिएपछि डब्ल्यूडब्ल्यूई छाडेका थिए भने उनले सोही वर्ष स्वतन्त्र सर्किट र रिङ अफ अनर नामक एक कुस्ती सङ्घमा आवद्ध भएका थिए। डब्ल्यूडब्ल्यूईबाट निस्कासित भएका हार्डी त्यसको केही महिना पछि पुनः डब्ल्यूडब्ल्यूईमा फर्किएबा थिए भने उनी फर्किएपछि उनी र एज बीच द्वन्द्वको सुरुवात भएको थियो। सन् २००४ देखि एकल प्रतिस्पर्धाहरूमा भाग लिएका हार्डी दाजुभाइहरू सन् २००७ मा पुनः हार्डी ब्वाइजको रूपमा प्रस्तुत हुन सुरु गरेका थिए। सन् २००८ अप्रिल २७ का दिन आयोजित ब्याकलास नामक एक वार्षिक कार्यक्रममा हार्डीले एमभिपीलाई पराजित गर्दै डब्ल्यूडब्ल्यूई संयुक्त राज्य उपाधि जित्न सफल भएका थिए। सन् २०१० मा हार्डी डब्ल्यूडब्ल्यूईबाट टिएनएमा सरुवा भएका थिए जहाँ उनी इमोर्टल्स नामक एक कुस्ती समूहको सदस्य बनेका थिए। सन् २०११ देखि सन् २०१७ सम्म हार्डीले स्वतन्त्र सर्किटमा कुस्ती खेलेका थिए भने त्यससँगसँगै उनले सन् २०१२ देखि सन् २०१४ मा रिङ अफ अनर, सन् २०१३ देखि सन् २०१८ मा ओमेगा रेस्लिङमा, सन् २०१४ देखि सन् २०१५ सम्म टिएनएमा कुस्ती खेलेका थिए। सन् २०१७ मा उनी भाइ जेफका साथमा डब्ल्यूडब्ल्यूईमा फिर्ता भएकम थिए भने सन् २०२० को सुरुवाती महिनामा उनी अल एलिट रेस्लिङमा आवद्ध भएका थिए। [८]

हार्डी दाजुभाइको कट्टर कुस्ती खेलका कारण उनीहरू चर्चित बनेका थिए भने खासगरी उनीहरूको मेच, सिँढी र टेबुल कुस्ती खेलहरूमा सहभागिता जनाउने गरेका थिए। कुस्ती खेलाडी लिटासँगको सहकार्यमा उनीहरूकले आफ्नो कुस्ती टोलीको नाम टिम एक्सट्रिम राखेका थिए। म्याट र जेफले सुरुदेखिनै टोलीको रूपमा कुस्ती खेलेका कारण उनीहरूले हालसम्म डब्ल्यूडब्ल्यूई र अन्य पदोन्नतिहरूमा गरी कुल १२ पटक ट्याग टिम उपाधि जित्न सफल भएका छन्। म्याट र जेफको जोडीलाई हाल पनि टिम एक्सट्रिमको उपामा दिइन्छ। ट्याग टिम कुस्ती खेलाडीको रूपमा हार्डीले जेफ र अन्य कुस्ती खेलाडीहरूको साथमा १४ पटक विश्व ट्याग टिम उपाधि जितेका थिए जसमा ६ पटक डब्ल्यूडब्ल्यूएल विश्व ट्याग टिम उपाधि, ३ पटक डब्ल्युडब्ल्युई र ट्याग टिम उपाधि, १ पटक डब्ल्युडब्ल्युई स्म्याकडाउन ट्याग टिम उपाधि, १ पटक आरओएच विश्व ट्याग टिम उपाधि, १ पटक डब्ल्यूसिडब्ल्यूई ट्याग टिम उपाधि र २ पटक टिएनए विश्व ट्याग टिम उपाधि सामेल छन्। हार्डीले एकल कुस्ती खेलाडीको रूपमा २ पटक टिएनए विश्व ह्याभिवेट उपाधि र १ पटक इसिडब्ल्यू उपाधि जित्न सफल भएका थिए।

बाल्यकल[सम्पादन गर्नुहोस्]

म्याट हार्डीको जन्म सन् १९७४ सेप्टेम्बर २३ का दिन संयुक्त राज्य अमेरिकाको उत्तर क्यारोलिनामा भएको थियो।[१५] उनी गिलबर्ट र रूबी हार्डीको सन्तान तथा कुस्ती खेलाडी म्याट हार्डीका भाइ हुन्।[१६][१७] सन् १९८६ मा हार्डी मात्र ९ वर्षको छँदा उनकी आमाको क्यान्सरका कारण मृत्यु भएको थियो। हार्डीले विद्यालयमा पढाइ गर्दाको समयमा बास्केटबल खेल्ने गरेका थिए।[१७][१८] हार्डीले बास्केटबल बाहेक क्याम्पसमा फुटबल पनि खेल्ने गरेका थिए।[१९] हार्डी उत्तर क्यारोलिनाको युनियन पाइन्स उच्च विद्यालयमा एक मेघावी छात्र थिए भने उनलाई मोरहेड पुरस्कारका लागि मनोनीत भएका थिए जुन क्यारोलिना विश्वविद्यालयले प्रदान गर्ने एक छात्रवृत्ति हो।[२०][२१] हार्डीले सार्लेटमा रहेको दक्षिण क्यारोलिना विश्वविद्यालयमा उच्च शिक्षा हासपल गर्नका लागि भर्ना भएका थिए।[२२][२३]

व्यावसायिक कुस्ती खेलजीवन[सम्पादन गर्नुहोस्]

अन्य सञ्चार माध्यम[सम्पादन गर्नुहोस्]

म्याट हार्डी
युट्युब जानकारी
च्यानल
सक्रिय वर्षसन् २०१०–हाल
प्रकृतिमनोरञ्जन
पाठक३ लाख २८ हजार
(३१ जुलाई २०२०)
कूल झलक३० करोड ७२ लाख
(३१ जुलाई २०२०)
Catchphrase(s)डिलिट!
१,००,००० पाठकहरू

सन् १९९९ मा म्याट र जेफ हार्डी द्याट सेभेन्टिज सो नामक एक टेलिभिजन कार्यक्रममा देखा पहिलोपटक देखा परेका थिए।[२४][२५] सन् २००१ को सुरुवाती महिनाहरूमा म्याट र जेफ टफ इनफ नामक एक कार्यक्रममा पनि देखा परेका थिए। सन् २००२ फेब्रुअरी २५ का दिन हार्डी फियर फ्याक्टर नामक एक टेलिभिजन खेल कार्यक्रममा प्रतिस्पर्धीको रूपमा सहभागिता जनाएका थिए जहाँ उनको साथमा जेफ हार्डी सहित डब्ल्यूडब्ल्यूएफका अन्य पाँच खेलाडीहरू पनि सामेल थिए।[२६] सन् २००९ अक्टोबर १३ का दिन हार्डी स्केर टेक्टिस नामक एक टेलिभिजन कार्यक्रमको एक शृङ्खलामा देखा परेका थिए।[२७][२८] सन् २००१ मा म्याट, जेफ र लिटा स्टोन पत्रिकाको खेलकुद खण्डमा देखा परेका थिए। सन् २००३ मा म्याट र जेफले मिसेल क्रुगमेनको सहायतामा उनीहरूद्वारा रचित आत्मकथा सार्वजनिक गरेका थिए जुन पुस्तकको नाम द हार्डी ब्वाइज: एक्जिट २ इन्पायर रहेको थियो।[२९][३०]

डब्ल्यूडब्ल्यूईको एक अंशको रूपमा, हार्डी डब्ल्यूडब्ल्यूईद्वारा प्रकाशित द हार्डी ब्वाइज: लिप अफ फेट (सन् २००१) र द लेडर म्याच (सन् २००७) नामक छोटो दस्तावेजमा देखा परेका थिए।[३१] टोटल नन स्टप एक्सेल रेस्लिङद्वारा प्रकाशित एनिग्मा: ल बेस्ट अफ जेफ हार्डी (सन् २००५) र प्रो रेस्लिङ्स अल्टिमेट इन्साइडर : द हार्डी ब्वाइज - प्रफ द ब्याकयार्ड टु द बिग टाइम (सन् २००५) मा पनि प्रस्तुत भएका थिए।[३२] सन् २००८ अप्रिल २९ का दिन डब्ल्यूडब्ल्यूईले "टुइस्ट अफ फेट": द म्याट एन्ड जेफ हार्डी स्टोन प्रकाशन गरेको थियो। जहाँ हार्डी दाजुभाइ ओमेगा रेस्लिङ र डब्ल्यूडब्ल्यूईमा खेलेका केही उत्कृष्ट खेलहरू समावेश थिए।[३३] हार्डी इन्टरनेट मार्फत सार्वजनिक गरिने द हार्डी सो नामक एक कार्यक्रममा पनि देखा परेका थिए जहाँ उनको साथमा उनका साथीहरूले पनि उपस्थिति जनाएका थिए।[३४]

हार्डी पहिलोपटक सन् २००० मा डब्ल्यूडब्ल्यूएफ रेसलमेनिया नामक एक भिडिओ खेल मार्फत खेल जगतमा पर्दापण गरेका थिए। उनी त्यसपछि डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन! २: नो योर रोल, डब्ल्यूडब्ल्यूएफ स्म्याकडाउन! जस्त ब्रिङ इट, डब्ल्यूडब्ल्यूई स्म्याकडाउन! सट योर माउग, डब्ल्यूडब्ल्यूई स्म्याकडाउन! हिअर कम्स द पेइन र डब्ल्यूडब्ल्यूई स्म्याकडाउन भर्सेस र मा देखा परेका थिए।[३५] उनी पछि सोही नामका अन्य खेल शृङ्खलाहरूमा पनि देखा परेका थिए जसमा डब्ल्यूडब्ल्यूई स्म्याकडाउन भर्सेस र २००७, डब्ल्यूडब्ल्यूई स्म्याकडाउन भर्सेस र २००८, डब्ल्यूडब्ल्यूई स्म्याकडाउन भर्सेस र २००९, डब्ल्यूडब्ल्यूई स्म्याकडाउन भर्सेस र २०१०, डब्ल्यूडब्ल्यूई स्म्याकडाउन भर्सेस र २०११ समावेश छन् भने सन् २०११ को खेल चाँही उनी टिएनएमा जानु भन्दा अगाडिको अन्तिम खेल थियो। सन् २०१७ मा डब्ल्यूडब्ल्यूईमा फिर्ता भएपछि उनी डब्ल्यूडब्ल्यूई २के१८ मा देखा परेका थिए भने सोही वर्षको सेप्टेम्बरमा जेफ हार्डी पनि खेलमा समावेश भएका थिए।[३६] सन् २०१८ अगस्ट ३० का दिन हार्डीले डब्ल्यूडब्ल्यूई २के२० नामक एक भिडिओ खेलमा उनलाई समावेश गराएका थिए।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

सन् २०१४ मन म्याट रेबी स्काईसँग

हार्डी मार्टिन गार्नर, सानोन मुर र ग्रेगोरी हेल्म्सका हितैसी मित्र हुन् भने उनीहरूको सबै व्यावसायिक कुस्ती खेलाडी हुन्।[३७][३८] हार्डीले समकक्षी लिटा नामले परिचि महिला कुस्ती खेलाडी एमी डुमास ६ वर्षसम्म प्रेम सम्बन्धमा रहेका थिए भने उनीहरूको भेट सन् १९९९ मा एनडब्ल्यूएको मिड एथलेटिक कार्यक्रममा भएको थियो।[३९] हार्डीको नजिकका साथी मध्ये एक, एज नामले परिचित आडम कोपलेन्ड र लिटा बीच प्रेम सम्बन्ध रहेको कुरा हार्डीले थाहा पाएपछि हार्डी र एमीको प्रेम सम्बन्ध सन् २००५ मा टुटेको थियो।[४०] हार्डी पछि एस्ली मिसारोसँग प्रेम सम्बन्धमा बाँधिएका थिए। सन् २०१३ अक्टोबर ५ का दिन हार्डीले रेबि स्काई नामक एक महिला कुस्ती खेलाडी तथा अभिनेत्रीसँग विवहा गरेकन थिए।[४१] उक्त दम्पतीको पहिलो सन्तानको रूपमा माक्सेलको जन्म सन् २०१५ जुन २३ का दिन भएको थियो।[४२] म्याट र रेबीको दोस्रो सन्तानको रूपमा उल्फग्याङ सेन्डरको जन्म सन् २०१७ जुन ८ का दिन भएको थियो।[४३] सन् २०१९ डिसेम्बर ४ मा रेबीले उनीहरूको तेस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी थिइन्।[४४]

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "04/01/17 SUPERCARD OF HONOR XI - LAKELAND, FLORIDA", Ring of Honor, अगस्ट २४, २०१६, अन्तिम पहुँच मार्च ३, २०१७  वेब्याक मेसिन अभिलेखिकरण मार्च ४, २०१७ मिति
  2. "Watch Matt Hardy Introduce the World to His New Persona: Damascus", CBR, मार्च २६, २०२०। 
  3. Hardy, Jeff; Hardy, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: ५६, आइएसबिएन 978-0-7368-2142-1 
  4. "The Blu Brothers vs. Wildo and Ingus Jynx: Superstars, 1995", अन्तिम पहुँच मे १५, २०१९ 
  5. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: २३, आइएसबिएन 978-0-7368-2142-1 
  6. "Pro Wrestling Syndicate live Dec 7th in Rahway NJ with Matt Hardy", Bedofnailz.com, मूलबाट मे ९, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १२, २०१२ 
  7. ७.० ७.१ ७.२ "Matt Hardy", Cagematch.net, अन्तिम पहुँच मे १५, २०१९ 
  8. ८.० ८.१ ८.२ ८.३ "WWE Alumni Bio", World Wrestling Entertainment, अन्तिम पहुँच अक्टोबर २०, २०१० 
  9. ९.० ९.१ "TNA Wrestling profile", Impact Wrestling, मूलबाट मे १६, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २०११  वेब्याक मेसिन अभिलेखिकरण मे १६, २०११ मिति
  10. All Elite Wrestling on TNT [@AEWonTNT] (मे ६, २०२०), "Broken Matt Hardy Walkout" (ट्विट), अन्तिम पहुँच मे ६, २०२०ट्विटरद्वारा। 
  11. टिएनए रेस्लिङमा प्रोफाइल वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-१६ मिति
  12. "Matt Hardy", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच अक्टोबर ८, २००७ 
  13. Martin, Adam (सेप्टेम्बर १६, २०१८), "Matt Hardy makes final scheduled WWE appearance: "It's time for me to go home"", WrestleView, अन्तिम पहुँच डिसेम्बर २८, २०१९ 
  14. "Matt Hardy Bio", Pro Wrestling Direct, मूलबाट जुलाई १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १, २००७ 
  15. "Broken Matt Hardy", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर १, २००७  = Archive.today अभिलेखिकरण डिसेम्बर ८, २०१२ मिति
  16. Varsallone, Jim (डिसेम्बर २००१), "Flying to the top: the Hardy Boyz used hard work, dedication, and passion to become a premier WWF tag team – wrestlers Matt and Jeff Hardy", Wrestling Digest, मूलबाट सेप्टेम्बर ३, २००४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ६, २००७ 
  17. १७.० १७.१ Hardy, Matt (फेब्रुअरी २, २००७), "My first official blog thingy... "Who Am I?"", अन्तिम पहुँच मार्च १७, २००७ 
  18. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: ७, आइएसबिएन 978-0-7368-2142-1 
  19. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: १०, आइएसबिएन 978-0-7368-2142-1 
  20. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: ११, आइएसबिएन 978-0-7368-2142-1 
  21. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: ९, आइएसबिएन 978-0-7368-2142-1 
  22. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: २१, आइएसबिएन 978-0-7368-2142-1 
  23. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: ३०, आइएसबिएन 978-0-7368-2142-1 
  24. "That Wrestling Show", That 70's Central, मूलबाट फेब्रुअरी १, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ५, २००८, "Matt HARDY as Wrestler #3 (uncredited)"  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १, २००८ मिति
  25. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: ९३, आइएसबिएन 978-0-7368-2142-1 
  26. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: 187–188, आइएसबिएन 978-0-7368-2142-1 
  27. Dykens, Brad (फेब्रुअरी २५, २००२), "WWF Superstars on NBCs Fear Factor", Online World of Wrestling, अन्तिम पहुँच मार्च २०, २००८ 
  28. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: 227–229, आइएसबिएन 978-0-7368-2142-1 
  29. "Matt Hardy on 'Scare Tactics'", World Wrestling Entertainment, अक्टोबर ९, २००९, अन्तिम पहुँच अक्टोबर ९, २००९ 
  30. Martin, Adam, "Matt Hardy on SyFy's "Scare Tactics"", WrestleView, अन्तिम पहुँच अक्टोबर १०, २००९ 
  31. "World Wrestling Federation Superstar Lita Holds Signing At WWF NY For New Home Video", Business Wire, जुलाई १६, २००१, अन्तिम पहुँच नोभेम्बर २०, २००८ 
  32. Kamchen, Richard (मे २८, २००८), "Retro review: Hardy Boyz memoir surprisingly inspirational", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २७, २००८  = Archive.today अभिलेखिकरण जुलाई १४, २०१२ मिति
  33. Waldman, Jon (नोभेम्बर ८, २००१), "Hardys video an extreme letdown", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २७, २००८  = Archive.today अभिलेखिकरण जुलाई १७, २०१२ मिति
  34. Waldman, Jon (मे २९, २००८), "Twist of Fate DVD takes split look at Hardyz", Slam! Sports, Canadian Online Explorer, अन्तिम पहुँच सेप्टेम्बर २७, २००८  = Archive.today अभिलेखिकरण डिसेम्बर ६, २०१२ मिति
  35. "The Hardy Show Season 2 starring Matt & Jeff Hardy (2006)", अन्तिम पहुँच मार्च २३, २००८ 
  36. "Pro Wrestlers vs Zombies", मार्च २८, २०१४, अन्तिम पहुँच अक्टोबर १८, २०१६ – IMDbद्वारा। 
  37. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: १८, आइएसबिएन 978-0-7368-2142-1 
  38. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: १६, आइएसबिएन 978-0-7368-2142-1 
  39. Hardy, Jeff; Hardy, Matt; Krugman, Michael (२००३), The Hardy Boyz: Exist 2 Inspire, WWE Books, पृ: 85–86, आइएसबिएन 978-0-7368-2142-1 
  40. Kennedy, Jamie (मे १७, २०१९), "10 Things You Didn't Know About Ashley Massaro", WhatCulture.com 
  41. Hardy, Matt (फेब्रुअरी २०११), "Ok, since everyone has been asking...", ट्विटर, अन्तिम पहुँच फेब्रुअरी १९, २०११ 
  42. Werner, Barry (जुन ९, २०१७), "Reby and Matt Hardy welcome baby boy into their world", Fox Sports, अन्तिम पहुँच जुन ११, २०१७ 
  43. "WWE Star Matt Hardy and Wife Reby Welcome Son Bartholomew Kit - See His First Photos", PEOPLE.com (अङ्ग्रेजीमा), डिसेम्बर ४, २०१९, अन्तिम पहुँच डिसेम्बर ५, २०१९ 
  44. hardy addiction

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]