चमन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चमन
چمن
देश पाकिस्तान
प्रदेशबलुचिस्तान
जिल्लाकिला अब्दुल्लाहा जिल्ला
उन्नतांश
१३३८ मिटर (४३९० फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा४४०,३१४
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सङ्घिय परिसर१३

चमन (उर्दु: چمن‎) पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको किला अब्दुलाहा जिल्लाको सदरमुकाम सहर हो । यो सहर पाकिस्तान र अफगानिस्तानको सिमानाको दक्षिण तर्फ अवस्थित छ र अफगानिस्तानको काँधर प्रदेशको छिमेकी सहर हो । बलुचिस्तान प्रदेशको क्वेटा पछि यो सहर सबैभन्दा दोस्रो ठूलो सहरको रूपमा रहेको छ ।

यातायात[सम्पादन गर्नुहोस्]

चमन सहरमा रेलको सुविधा छ जसले काँधर प्रदेशका साथसाथै अफगानिस्तानमा पनि सेवा पुराँउदै आएको छ । चमनदेखि क्वेटा सम्म दैनिक एक घरेलु रेल चल्ने गरेको छ । सन् २००८ यो रेलवे लाई विस्तार गरेर अफगानिस्तान र मध्य एसियन सम्म पुराउने प्रस्ताव राखिएको थियो । चमन रेलवे स्टेसन सहरको मध्य भागमा अवस्थिति छ ।

मौसम[सम्पादन गर्नुहोस्]

चमन सहरको मौसम मध्यम खालको जसमा ग्रिष्म ऋतुमा अौसत तापक्रम १९.० डिग्री हुन्छ भने वर्षा ऋतुमा वार्सिक रूपमा २३२ मिलिमिटर पानी पर्छ ।

वर्षको जुन महिनामा सबैभन्दा सुख्खा हुन्छ जसमा पानी पर्ने सम्भावना न्यून हुन्छ भने जनवरी महिना सबैभन्दा ओसिलो हुन्छ जसमा औसत ६५ मिलिमिटर पानी पर्छ । जुन महिना वर्षको उच्च तापक्रम हुन्छ जुन ३१.० डिग्री पुग्छ भने जनवरी महिनामा सबैभन्दा जाडो हुन्छ जसको तापक्रम ६.४ डिग्री सम्म मापन गरियको छ ।

चमनको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम औसत °से (°फे) १३.३
(५५.९)
१६.०
(६०.८)
२१.२
(७०.२)
२७.३
(८१.१)
३३.८
(९२.८)
३८.७
(१०१.७)
३९.३
(१०२.७)
३८.५
(१०१.३)
३५.२
(९५.४)
२९.२
(८४.६)
२१.१
(७०.०)
१६.८
(६२.२)
२७.५
(८१.६)
दैनिक औसत °से (°फे) ६.४
(४३.५)
९.०
(४८.२)
१३.८
(५६.८)
१९.५
(६७.१)
२४.७
(७६.५)
२९.१
(८४.४)
३१.०
(८७.८)
२९.६
(८५.३)
२४.९
(७६.८)
१८.९
(६६.०)
१२.८
(५५.०)
८.५
(४७.३)
१९.०
(६६.२)
न्यूनतम औसत °से (°फे) −०.४
(३१.३)
२.१
(३५.८)
६.५
(४३.७)
११.७
(५३.१)
१५.६
(६०.१)
१९.५
(६७.१)
२२.७
(७२.९)
२०.७
(६९.३)
१४.७
(५८.५)
८.७
(४७.७)
३.६
(३८.५)
०.३
(३२.५)
१०.५
(५०.९)
स्रोत: Climate-Data.org[१]

खेलकुद[सम्पादन गर्नुहोस्]

चमन सन् १९४० को दशक देखिनै फुटबलको लागि प्रचलित हो र यस सहरको घरेलु टिम अफगान एफसी चमन हो जसले पाकिस्तानी प्रिमियर लिगमा प्रतिसपर्धा गर्दै आएको छ । यो सहरमा जामल नासिर सहिद राष्ट्रिय रङ्गशाला अवस्थित छ । यो सहरबाट पाकिस्तानका लागि खेल्छन् जसमा कप्तान महम्मद इसा, जाजिद खान पठान आदि रहेका छन् । चमनमा अझै थुप्रै फुटबल खेलाडीहरू रहेका छन् जसमा पाकिस्तान फुटबल टिमका पुर्व कप्तान कलिम उलाहा, महम्मद खान, हिमत खान, हयात उला आदि छन् । चमनमा विभिन्न फुटबल टोलीहरू रहेका छन् ।

व्यापार[सम्पादन गर्नुहोस्]

चमन बलुचिस्तान र पाकिस्तानकै एक प्रमुख र महत्त्वपूर्ण व्यापारीक केन्द्र हो । यो सहर कराची, क्वेटा लगाएत अफगानिस्तानमा पनि प्रमुख व्यापारीक केन्द्र र द्वारको रूपमा रहेको छ । चमना १९८० को दशकमा नयाँ कानुन र व्यापारमा विकासकरण गरियको थियो ।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

सन् १९९८ राष्ट्रिय जनगणनाका अनुसार चमन सहरको कुल जनसङ्ख्या १,५१८,४५ रहेको थियो भने २०१८ को जनगणना अनुसार यस सहरको जनसङ्ख्या ४,३३७,६८ रहेको थियो । [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मौसम: चमन - क्लाईमेट-डाटा", अन्तिम पहुँच २० नोभेम्बर २०१७ 
  2. "२०१७ राष्ट्रिय जनगणना", राष्ट्रिय तथ्याङ्क विभाग। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=चमन&oldid=1065857" बाट अनुप्रेषित