रानी कोमल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोमल
महारानी
शासनकाल२०५८ जेठ २३-२०६५ जेठ १५
राज्याभिषेक२०५८ जेठ २३
पूर्वाधिकारीऐश्वर्य
उत्तराधिकारीराजतन्त्रको अन्त्य
जन्मबि.सं २००७ फाल्गुन ७
काठमाडौँ
Monarchराजा ज्ञानेन्द्र
सन्तानयुवराज पारस शाह
राजकुमारी प्रेरणा
नाम
कोमल राज्य लक्ष्मी देवी शाह
घरानाराणा परिवार (जन्म)
शाह परिवार (विवाहe)
बाबुकेन्द्र शमशेर जबरा (१९८४-२०९३ )
आमाराज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ )
धर्महिन्दु


कोमल राज्य लक्ष्मी देवी शाह (जन्म २००७ फागुन ७ ) नेपालको महारानी थिइन् । उनी २०६५ जेठ १५ मा नेपालको राजतन्त्र अन्त्य हुनु अघि नेपालको अन्तिम महारानी थिइन् ।

जीवन[सम्पादन गर्नुहोस्]

रानी कोमलको जन्म बागमती, काठमाडौँमा राणा परिवार मा (पिता केन्द्र शमशेर जबरा (१९८४-२०९३ ) र आमा श्री राज्य लक्ष्मी देवी शाह (१९८५-२०६२ ) भएको थियो । [१] रानी कोमल को दिदी ऐश्वर्य को बिवाह राजा वीरेन्द्रसँग भएको थियो । २०५८ जेठ २८ मा भएको दरवार हत्याकाण्डमा ऐश्वर्यको हत्या भएको थियो। कोमल त्यस घटनामा घाइते भएकी थिइन् र अस्पतालमा चार हप्ता बिताउनु परेको थियो ।[२]

हत्याकाण्डमा राजा बिरेन्द्र , युवराज दिपेन्द्र र राजकुमार निराजन वीर विक्रम शाहको हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।[३]

कोमलको बहिनी प्रेक्षाको बिबाह अधिराजकुमार धिरेन्द्रसँग भएको थियो । धिरेन्द्रको हत्या दरबार हत्याकाण्डमा भएको थियो भने प्रेक्षाको मृत्यु हेलिकप्टर दुर्घटनामा भएको थियो । उनीहरूको २०४६ मा सम्बन्ध विच्छेद भएको थियो ।[४]

उनको बिबाह अधिराजकुमार ज्ञानेन्द्र शाहसँग बैशाख १८, २०२७ भएको थियो । उनीहरूको दुई सन्तान थिए।

राजतन्त्रको अन्त्य[सम्पादन गर्नुहोस्]

२०६५ जेठ १५ मा राजतन्त्र औपचारिक रूपमा अन्त्य भयो र सङ्घीय गणतन्त्र स्थापना भयो ।[५][६]

संरक्षण[सम्पादन गर्नुहोस्]

  • राज सभा सदस्य (२०३४)
  • पशुपति क्षेत्र विकास कोष अध्यक्ष

सम्मान[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सम्मान
  • गोरखा दक्षिण बाहु (1975)
  • ओम राम पट्ट (1980)[७]
  • त्रिशक्ति पट्ट (1998)
  • नेपाल प्रताप भास्कर (17/10/2001)
  • ओजस्वी राज्य (07/04/2004)
  • राजा महेन्द्र राज्याभिषेक पदक (02/05/1956)
  • विशेष सेवा (1971)
  • राजा बिरेन्द्र राज्याभिषेक पदक (24/02/1975)
  • राजा बिरेन्द्रको गद्दी आरोहण रजत महोत्सव पदक (31/01/1997)
  • विशेष सेवा (1999)
  • राजा ज्ञानेन्द्र राज्याभिषेक पदक (04/06/2001)
विदेशी सम्मान 
  •   Thailand : ह्वाइट इलाफेन्ट  (1979)
  •   France : नेसनल अडर अफ मेरिट (02/05/1983)[८]
  •   Spain : इसाबेल द क्याथोलिक(13/11/1987)[९]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

शाही शीर्षक
पुर्वाधिकारी

ऐश्वर्या
 नेपालको महारानी

2001-2008
रिक्त
उत्तराधिकारी
राजतन्त्रको अन्त्य