मृणाल सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मृणाल सेन
মৃনাল সেন
मृणाल सेन
जन्म (1923-05-14) १४ मे १९२३ (उमेर १००)
फरीदपुर, पूर्वी बङ्गाल, ब्रिटिस भारत
मृत्यु३० डिसेम्बर २०१८(2018-12-30) (उमेर ९५)[१]
कोलकाता, पश्चिम बङ्गाल, भारत
मृत्युको कारणहृदयघात
राष्ट्रियताभारतीय
पेशाफिल्म निर्माता
कार्यकाल१९५५–२००२
जीवनसाथीगीता शोमे (१९५२–२०१७; उनको मृत्यु)
सन्तानकुनाल सेन
पुरस्कारपद्म भुषण (१९८३)
अडर अफ फ्रेन्डसिप (२०००)

मृणाल सेन (बङ्गाली: মৃণাল সেন मृणाल् शेन्) भारतीय चलचित्र जगतका एक प्रसिद्ध निर्माता तथा निर्देशक हुन् । उनका धेरै जसो फिल्महरु बङ्गाली भाषामा रहेका छन् । उनको जन्म फरीदपुर नामको शहरमा ( जो अहिले बङ्गलादेश रहेको छ ।) सन् १९२३ मे १४ मा भएको थियो ।

उनका समकालीन सत्यजित राय र ऋत्विक घटकसँग संगै, उनलाई वैश्विक स्तर मा बङ्गाली समानान्तर सिनेमामा एक महान राजदूतका रूपमा मानिन्छन् ।[२]

शुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

सेन को सन १९२४ में १४ मा फरीदपुर सहर (अहिले बङ्गलादेश मा) एक हिन्द्दू् परिवारमा जन्म भएको थियो । उनले हाई स्कू्ल शिक्षा पूरा गरे पछि, बिद्यार्थी को रूपमा कलकत्ता जान घर छोडे । उनले त्यहाँ नाम चलेको इसकटिस चर्च कलेज मा भौतिक शास्त्र अध्ययन गरे ।

चलचित्र निर्देशन[सम्पादन गर्नुहोस्]

सन् १९५५ मा मृणाल सेन ले आफ्नो पहिलो फिचर चलचित्र 'रातभोर' बनाएका थिए । उनको दोस्रो चलचित्र 'नील आकाशेर नीचे' ले उनलाई एक पहिचान दियो र उनको तेस्रो चलचित्र 'बाइशे श्रावण' ले अन्तर्राष्ट्रीय प्रसिद्धि दिलाएको थियो ।

सेन र भारतमा उनका चलचित्रहरू[सम्पादन गर्नुहोस्]

मृणाल सेनले अरु पाँच चलचित्रहरू बनाए पछि भारतीय सरकार को सानो सहयोग रासीको 'भुवन शोम' नामको चलचित्र बनाए, जसले उनलाइ ठुला चलचित्रकारहरू को श्रेणीमा ल्याएर राखिदियो र उनलाई रास्ट्रिय अन्तररास्ट्रिय ख्याती प्रदान गर्यो । 'भुवन शोम' चलचित्रले भारतीय चलचित्र जगतमा क्रान्ति नै ल्याइदियो र कम लगानीमा यथार्थपरक चलचित्रहरुका 'नयाँ चलचित्र' वा 'समानान्तर चलचित्र' नाम ले नयाँ युगको शुरुवात भयो ।[३]

सामाजिक सन्दर्भ तथा राजनैतिक प्रवाह[सम्पादन गर्नुहोस्]

मृणाल सेन ले जतिपनि चलचित्रहरू बनाए, ति चलचित्र राजनीतिबाट प्रेरित र प्रवाभित थिए । जसकारण उनी मार्क्सवादी कलाकारका रूपमा परिचित हुन् पुगे । त्यो समय भारतमा राजनैतिक हिसावले उतार चढावको समय थियो । विशेष गरी कलकत्तातथा त्यसको आसपासमा क्षेत्रहरूमा ज्यादा प्रभावित थियो, जसले नक्सलवादी विचारधारा को जन्म दियो । त्यो समय कोहि यस्ता चलचित्रहरू आए जसले उनको मध्यमवर्गीय समाज मा असन्तोषको आवाज आयो । यो निर्विवाद रूपमा उनको यो समय रचनात्मक समय थियो ।

राष्ट्रिय पुरस्कार र सम्मान[सम्पादन गर्नुहोस्]

मृणाल सेन लाइ भारत सरकार द्वारा सन् १९८१ मा कला क्षेत्रमा पद्म भूषणले सम्मानित गरिएको थियो । भारत सरकार ले उनको 'पद्म विभूषण' पुरस्कार एवं सन् २००५ मा 'दादा साहब फाल्के' पुरस्कार प्रदान गरेको थियो । फ्रान्स सरकारले उनलाई 'कमान्डर अफ द आर्ट द आर्ट एड्लेटर्स' उपाधि र रसियन सरकारले 'अडर अफ फ्रेन्डशिप' सम्मान प्रदान गरिएको थियो ।

प्रसिद्ध चलचित्रहरू[सम्पादन गर्नुहोस्]

  • रातभोर
  • नील आकाशेर नीचे
  • बाइशे श्रावण
  • पुनश्च
  • अवशेष
  • प्रतिनिधि
  • अकाश कुसुम
  • मतीरा मनीषा
  • भुवन शोम
  • इच्छा पुराण
  • इंटरव्यू
  • एक अधूरी कहानी
  • कलकत्ता १९७१
  • बड़ारिक
  • कोरस
  • मृगया
  • ओका उरी कथा
  • परसुराम
  • एक दिन प्रतिदिन
  • आकालेर सन्धाने
  • चलचित्र
  • खारिज
  • खण्डहर
  • जेनसिस
  • एक दिन अचानक
  • सिटी लाईफ-कलकत्ता भाइ एल-डराडो
  • महापृथ्वी
  • अन्तरीन
  • १०० ईयर्स अफ सिनेमा
  • आमार भुवन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Rakesh Sharma (डिसेम्बर ३०, २०१८), "The Dadasaheb Phalke award-winning film director Mrinal Sen Passed away on Sunday at the age of 95", Bollywood Galiyara, BollywoodGaliyara.com, अन्तिम पहुँच डिसेम्बर ३०, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १, २०१९ मिति
  2. "Memories from Mrinalda", Rediff, रेडिफ डट कम, फेब्रुअरी १, २००५, अन्तिम पहुँच जनवरी २७, २०१० 
  3. Vasudev, Aruna (१९८६), The New Indian Cinema, म्याकमिलन भारत, आइएसबिएन 0-333-90928-3 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]