हट माेबाईल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हट मोबाईल
הוט מובייל
मौलिक नाम
הוט מובייל
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगदूरसञ्चार
स्थापित१९९४
केन्द्रीय कार्यालय,
इजरायल
सेवा क्षेत्र
इजरायल
उत्पादनहरूआइडेन, युएमटिएस, एचएसडिपिए, एलटिइ
मूल सङ्गठनहट
वेबसाइटwww.hotmobile.co.il

हट मोबाईल (पहिला सन् २०१२ सम्म मेर्स कम्युनिकेशन लिमिटेडको रूपमा चिनिने), इजरायल मा आधारित एक वायरलेस वा ताररहित दूरसञ्चार कम्पनी हो र हट दूरसञ्चार सिस्टम्स लिमिटेड (हट) को एक सहायक कम्पनी हो । यसको मुख्य कार्यलय इजरायलको हेभल मोदिन क्षेत्रीय परिषदमा अवस्थित छ ।

इजरायलका सबै क्षेत्रहरूमा सेवा नपुर्‍याइन्जेल हट मोबाईलले इजरायलको अर्को एक प्रमुख दूरसञ्चार सेवा प्रदायक पार्टनरसँग घरेलू रोमिङ सम्झौता मार्फत यसले इजरायल सम्पुर्ण क्षेत्र आफ्नो सेवा सञ्चालन गरेको थियोे । हट मोबाईलले २१०० मेगाहर्ज ब्यान्डमा युएमटिएस प्रयोग गरी राष्ट्रव्यापी रूपमा ताररहित वा वायरलेस सेवा प्रदान गर्दछ ।

इतिहास[सम्पादन गर्नुहोस्]

मिर्सको लोगो
मिर्सको हाडवेर

मिर्स सन् १९९४ मा मोटोरोला सञ्चार विभागको एक भागको रूपमा स्थापित भएको थियो, यसले इजरायली सेना र ठूला सङ्गठनको लागि एक एकीकृत डिजिटल उन्नत नेटवर्क (आइडेन) को उपयोग गरेर वायरलेस वा ताररहित नेटवर्क प्रदान गरेको थियोे । पहिला यो एक बन्द प्रणाली थियो र यसले केवल मिर्सका प्रयोगकर्ताको बीच सञ्चार सुविधा सञ्चालन गरेको थियोे तर केही वर्षको अन्तराल पछि यसले अन्य नेटवर्क सँग जोडिन मिल्ने सुविधा विस्तार गरेको थियोे । यसैले यसलाई एक ल्यान्डलाइन नम्बर (०३-७७ मा) र सन् २००१ मा प्रयोग गरेर यसलाई पूर्ण ताररहित सञ्जालमा बदेलेको थियोे । आधिकारिक प्रदायक लाइसेन्स प्राप्त गरेपछि, यसको प्रदायक कोड ०४७ थियोे र सन् २०१३ मा ०५३ यसले प्रदायक कोड परिवर्तन गरेको थियो ।[१]

सन् २००६ मा मेर्सले इजरायली रक्षा बल (आईडीएफ) को लागि ताररहित सेवाको एकमात्र प्रदाता वनेको थियोे । पेलेफोन सँगको अघिल्लो अनुब्धनको अन्त्य पछि इजरायली रक्षा बल (आइडीएफ)ले नि: शुल्क मिर्स फोनहरूलाई यसको अधिकारीहरूलाई प्रदान गरेको थियोे । सन् २०१० मा कम्पनीले मोटोरोलालाई फ्रेन्च एल्टिसमा बेचेको थियो ।

इजरायलको सञ्चार मन्त्रालयले नयाँ राष्ट्रव्यापी युएमटिएस नेटवर्क इजाजत पत्रको लागि सन् २०१० मा हट मोबाईल र अर्को समूह इजरायलको प्रमुख दूरसञ्चार कम्पनी गोलान टेलिकम लाई सञ्चालन इजाजत पत्र प्रदान गरेको थियोे ।[२]

सन् २०१२ मा कम्पनीलाई "हट मोबाइल" को रूपमा एल्टिस समुहको स्वामित्वमा रहेको हट ब्रान्डको रूपमा पुनर्गठन गरिएको थियो । नयाँ नेटवर्कको आधिकारिक सुरूवात १४ मे २०१२ मा भएको थियोे ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-११ मिति