टान्डो महम्मद खान जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टान्डो महम्मद खान
ضلعو ٽنڊو محمد خان
सिन्ध प्रदेशमा टान्डो महम्मद खान जिल्लाको अवस्थितिको अवस्थिति
सिन्ध प्रदेशमा टान्डो महम्मद खान जिल्लाको अवस्थिति
देश पाकिस्तान
प्रदेशसिन्ध
सदरमुकामटान्डो महम्मद खान
क्षेत्रफल
 • जम्मा१,७३३.९९ किमी (६६९.५० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा६७७,२२८
 • घनत्व३९०/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
तहसीलको सङ्ख्या

टान्डो महम्मद खान जिल्ला (सिन्धी: ضلعو ٽنڊو محمد خان, उर्दु: ضلع ٹنڈو محمد خان) पाकिस्तानको सिन्ध प्रदेशमा रहेको एक जिल्ला हो । यस जिल्लाको उत्तरमा हैदराबाद र टान्डो अलाहर जिल्ला रहेको छ भने बादिन जिल्ला दक्षिण र पुर्वमा रहेको छ त्यस्तै थट्टा जिल्लाले पश्चिमा घेरेको छ । यस जिल्लाको उत्तर-पश्चिमहुँदै सिन्धु नदी बगेको छ । यस जिल्लाको सदरमुकाम टान्डो महम्मद शहर हो ।

सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ६,७७२,०० रहेको छ । सन् १९९८ जनगणनाका अनुसार यस जिल्लाको प्रमुख भाषा सिन्ध भाषा हो जुन ९१% मानिसहरूको मात्रृभाषा हो भने उुर्दु २.८% छ भने पञ्जाबी २.३% रहेको छ ।

मौसम[सम्पादन गर्नुहोस्]

यस जिल्लाको वातावरण मध्यम खालको छ । यद्यपि अप्रिल मे र जुनको महिनामा धेरै तातो हुने गरेको छ । डिसेम्बर र जनवरी सबैभन्दा जाडो महिना हो जुन क्रमश अधिकतम ३० डिग्री देखि न्युनतम १० डिग्री तापमान हुन्छ । वर्षा लगभग १३० मिलिमिटरको औसतमा पर्छ वर्षा ऋतु जुलाई देखि सेप्टेम्बर महिना सम्म हुन्छ ।

कृषि[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल ७०% जनसङ्ख्या कृषिमा अवद्ध छन् । जिल्लामा भएको मुख्य खेतीहरू गँहु, घान, उखु, कपास आदि हुन् । पिनयारी र अकराम यस जिल्लाको प्रमुख सिंचाइ गर्ने नहरहरू हुन् । सन् २०१७ को जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ६,७७२,२८ रहेको छ जसमा पुरुषको सङ्ख्या ३,५००,१० रहेको छ भने महिलाको सङ्ख्या ३,२७२,०२ रहेको छ । यस जिल्लाको सन् १९९८-२०१७ को तथ्याङ्क अनुसार वार्सिक जनसङ्ख्या विद्धि दर २.३१% रहेको छ ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

यस जिल्लाको नाम मिर महम्मद खान सहावान तालपुरको नामबाट राखिएको हो । यो जिल्ला बादिन-हैदराबाद राष्ट्रिय राजमार्गमा हैदराबादबाट ३५ किलोमिटरको दुरीमा पर्छ ।

शिक्षा[सम्पादन गर्नुहोस्]

टान्डो महम्मद खान जिल्ला आलीफ आलिएनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस जिल्ला पाकिस्तानको ११५अौँ स्थानमा पर्छ । शिक्षा अंकमा सिक्ने अंक, अवधारण अङ्क र लैङ्गिक समानता अंक समावेश गरिएको छ ।

मध्य विद्यालयको पूर्वाधार अङ्क सूचकांकमा आधारभूत सुविधाहरूको उपलब्धता र विद्यालयको भवन परिस्थितिमा ध्यान केन्द्रित गरिएको छ । टन्डो मोहम्मद खानलाई ८६ औँ स्थानमा राखेको छ । विद्यालयहरूमा बिजुली बत्ती, पिउने पानी र अन्य आधारभूत पुर्वाधारहरूको कमी र असुरक्षित भवनको अवस्थाको कारणले जिल्लाको अंक चिन्ताजनक रहेको छ ।

सरकारी विद्यालयहरूमा धेरै जसो पाठ्यपुस्तकहरू हरेक बालबालिकाको निशुल्क प्रदान गरिन्छ भने केही पुस्तकका लागि उच्च सुल्क लाग्ने हुँदा आमाबाबुहरूले वस्तुहरूको लागि शुल्क लगाएकामा विरोध गर्दै आएका छन् । शिक्षाको स्तरमा टुन्डो मुहम्मद खान जिल्ला सिन्धको अन्य जिल्लाको रूपमा प्रासंगिक रहेको छ जहाँ मूल शिक्षिक पाठ्यपुस्तकहरू उुर्दु र अङ्ग्रेजीमा नभई सिन्ध भाषामा उपलब्ध गराइएको छ ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "२०१७-पाकिस्तानको जिल्ला अनुसारको जनसङ्ख्या", पिबिएस सेन्सस, मूलबाट २०१७-०८-२९-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०२१-०३-०८ मिति
  2. जिल्ला सरकार - टान्डो महम्मद खान जिल्ला
  3. २०१७ पाकिस्तान जिल्ला शिक्षा बरियता-२०१७ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-३० मिति. इस्लामाबद: आलीफ आलिएन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]