डेरा इस्माइल खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डेरा इस्माइल खान
ڈیرہ اسماعیل خان
निर्देशाङ्क: ३१°४९′५३″उ॰ ७०°५४′७″पू॰ / ३१.८३१३९°N ७०.९०१९४°E / 31.83139; 70.90194निर्देशाङ्कहरू: ३१°४९′५३″उ॰ ७०°५४′७″पू॰ / ३१.८३१३९°N ७०.९०१९४°E / 31.83139; 70.90194
देश पाकिस्तान
प्रदेशखैबर पख्तुनख्वा
जिल्लाडेरा इस्माइल खान
तहसीलडेरा इस्माइल खान
सरकार
 • प्रमुख आयुक्तअब्दुल घफोर
 • उप-आयुक्तनासर अहमद
उन्नतांश
१६५ मिटर (५४१ फिट)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा२१७,४५७
 डेरा इस्माइल खान नगरपालिका: २,११७,६०
डेरा इस्माइल खान: ५,६९७
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
सङ्घीय परिसर सङ्ख्या४७

डेरा इस्माइल खान (उर्दु : ڈیرہ اسماعیل خان‎, पस्तो: ډېره اسماعيل خان पाकिस्तानको खैबर पख्तुनख्वा प्रदेशमा रहेको डेरा इस्माइल खान जिल्लाको सदरमुकाम सहर हो । यो सहर सिन्धु नदीको पश्चिम किनारमा अवस्थित छ । [२]यो सहर प्रदेशको सदरमुकाम पेशावर सहरबाट ३०० किलोमिटर दक्षिणमा पर्छ भने पञ्जाबको मुल्तानको उत्तर-पश्चिममा रहेको छ । यो सहर जिल्ला र तहसील दुवैको सदरमुकामको रूपमा रहेको छ । यस सहरमा मुख्यतया पश्तो र सराइकी भाषा बोलिन्छ । सन् १९९८ को जनगणना अनुसार यस सहरको कुद जनसङ्ख्या ८६,९६९ रहेको छ । जसमध्ये अधिकांश मानिसहरू इस्लाम धर्मका रहेका छन् ।

शव्द उत्पत्ति[सम्पादन गर्नुहोस्]

यहाँका स्थानीय भाषा पश्तो, सराइकी र बलूची भाषा अनुसार डेरा शव्दको अर्थ पाल टाँगेर बस्नु भन्ने बुझिन्छ र सामान्यतया सिन्ध घाटी जस्तै डेरा गाज खान र दरा बुटि जस्ता नाम भएका सहरहरू पनि पाइने हुनाले यस सहरलाई पहिला क्याम्प इस्माइल खान भनिन्थ्यो र पछि सहरलाई डेरा इस्माइल खानमा नाम सारिएको थियो । डेरा गाजी खान र डेरा इस्माइल खानका मानिसलाई पाकिस्तान डेरावाल भन्ने गरिन्छ ।

भूगोल[सम्पादन गर्नुहोस्]

डेरा इस्माइल खान सहरको मौसम कोपेन जलवायु वर्गीकरणका अनुसार छुट्टाइएको छ जसमा ग्रीष्म ऋतुको बेलामा तातो हुन्छ भने हिउँद ऋतुमा मध्यम जाडो हुन्छ । वर्षाको मुख्य कारण दुई फरक अवधिमा आइरहेको छ जुन फेब्रुअरी देखि अप्रिल सम्म अन्तिम हिउँद र सुरुवाती वसन्त ऋतुमा हुन्छ भने वर्षा ऋतुमा जुन देखि जुलाई सम्म चल्छ ।

डेरा इस्माइल खानको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) २८.९
(८४.०)
३०.६
(८७.१)
३७.२
(९९.०)
४३.३
(१०९.९)
४७.९
(११८.२)
५१
(१२४)
४७.०
(११६.६)
४४.५
(११२.१)
४२.४
(१०८.३)
४०.५
(१०४.९)
३५.०
(९५.०)
३०.६
(८७.१)
५१
(१२४)
उच्चतम औसत °से (°फे) २०.३
(६८.५)
२२.१
(७१.८)
२६.९
(८०.४)
३३.५
(९२.३)
३८.७
(१०१.७)
४१.५
(१०६.७)
३८.५
(१०१.३)
३७.४
(९९.३)
३६.७
(९८.१)
३३.४
(९२.१)
२७.७
(८१.९)
२१.९
(७१.४)
३१.५
(८८.८)
दैनिक औसत °से (°फे) १२.२
(५४.०)
१४.७
(५८.५)
१९.९
(६७.८)
२६.०
(७८.८)
३०.९
(८७.६)
३४.२
(९३.६)
३२.७
(९०.९)
३१.९
(८९.४)
३०.२
(८६.४)
२५.३
(७७.५)
१९.१
(६६.४)
१३.६
(५६.५)
२४.२
(७५.६)
न्यूनतम औसत °से (°फे) ४.२
(३९.६)
७.३
(४५.१)
१२.९
(५५.२)
१८.५
(६५.३)
२३.१
(७३.६)
२६.८
(८०.२)
२६.९
(८०.४)
२६.४
(७९.५)
२३.८
(७४.८)
१७.३
(६३.१)
१०.५
(५०.९)
५.३
(४१.५)
१६.९
(६२.४)
न्यूनतम रेकर्ड °से (°फे) −२.२
(२८.०)
−२.०
(२८.४)
४.०
(३९.२)
९.५
(४९.१)
१४.४
(५७.९)
१७.५
(६३.५)
१८.६
(६५.५)
१९.५
(६७.१)
१५.८
(६०.४)
८.०
(४६.४)
२.२
(३६.०)
−२.८
(२७.०)
−२.८
(२७.०)
औसत वर्षा मिमी (इन्च) १०.०
(०.३९)
१७.५
(०.६९)
३४.८
(१.३७)
२१.७
(०.८५)
१७.२
(०.६८)
१४.४
(०.५७)
६०.८
(२.३९)
५७.५
(२.२६)
१७.६
(०.६९)
४.८
(०.१९)
२.१
(०.०८)
१०.४
(०.४१)
२६८.८
(१०.५७)
मासिक सौर्यप्रकाश घण्टा औसत २२२.२ २०६.८ २३४.३ २५९.२ २९०.१ २४७.७ २४१.३ २६१.१ २७१.१ २८३.२ २४९.७ २२०.४ २,९८७.१
स्रोत: (१९६१-१९९०) [३]

यातायात[सम्पादन गर्नुहोस्]

सडक[सम्पादन गर्नुहोस्]

यो सहर बन्नु जिल्लासँग एक राष्ट्रिय राजमार्गद्वारा जोडिएको छ जुन प्रदेशको राजधानी सहर पेशावर, कोहट र आदल खेल हुँदै जान्छ । यो सहर मियानवाली र झोब सहरसँग अर्को सडकहुँदै जान्छ । यो सहर अर्को सहर भाक्खर र पञ्जाब प्रदेशसँग अर्को मुख्य राजमार्गहुँदै जोडिएको छ । जुन सिन्धु नदिको पुर्वी भागमा अवस्थित छ । सिन्धु नदीको पुलमा सन् १९८० को दशकमा निर्माण भएको थियो । डेरा इस्माइल खान सहर हक्ला-डेरा इस्माइल मोटरवे राजमार्गको सिमानामा पर्छ भने जुन राजमार्ग २८० किलोमिटर सम्म फैलिएको छ । यो सहरबाट चार बाटो भएको मोटरवे राजमार्ग जुन इस्लामावाद हुँदै जाने सडकको पनि निर्माण हुने भएको छ ।

हवाई[सम्पादन गर्नुहोस्]

डेरा इस्माइल खान सहरमा डेरा इस्माइल खान विमानस्थल रहेको छ, यद्यपि यस विमानस्थलले हाल कुनै वाणिज्यिक उडानहरू भर्ने गरेको छैन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "पाकिस्तानको प्रदेश र जिल्ला अनुसारको जनगणना", पाकिस्तान राष्ट्रिय तथ्याङ्क विभाग, २०१८-०१-०३, अन्तिम पहुँच २०१८-०४-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१३ मिति
  2. डेरा इस्माइल खान सहरको तहसील सङ्ख्या – पाकिस्तान सरकार
  3. "डेरा इस्माइल खान सहरको मौसम जानकारी १९६१-१९९०", पाकिस्तान राष्ट्रिय मौसम विभाग। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]