युक्तेश्वर गिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युक्तेश्वर गिरि जी

श्री युक्तेश्वर गिरी (बांग्ला : শ্রী যুক্তেশ্বর গিরী) श्री श्री परमहंस योगानन्द जी को गुरु र श्री लाहिडी महाशय का शिष्य हुनुहुनथ्यो । उहाँको जन्म १८५५ मा बंगालमा भएको थियो भने उहाँले १९३६ मा महासमाधि लिनुभएको थियो । उहाँको मूलनाम प्रियनाथ कांडार थियो ।

श्री युक्तेश्वर गिरी ज्यूले गुरुपरम्परालाई कायम राख्दै क्रियायोगको दिक्षा दिनुभयो । उहाँ भारतका विशिष्ट सन्तहरूमा पर्नुहुन्छ । उहाँले योगानन्द ज्यूलाई पश्चिमका लागि तयार बनाउनुभएको थियो ।

श्री युक्तेश्वर गिरी ज्यूले वेदान्त, मिमांसा, योग, वैशेषिक तथा गीता ,बाइबल आदिको राम्रो व्याख्या गर्नुभएको छ । उहाँ महान् क्रियायोगी तथा प्रखर ज्योतिष पनि हुनुहुन्थ्यो साथै उहाँमा विज्ञानको पनि राम्रो ज्ञान थियो । परमहंस योगानन्द ले उहाँको आत्मकथा मा आफ्ना गुरु युक्तेश्वर गिरी ज्यूको धेरै ठाउँमा वर्णन र उहाँका विषद् कार्यहरूको चर्चा पनि गर्नुभएको छ । भारतीय सन्त समाजमा युक्तेश्वर जीको नाम आदरकासाथ लिइन्छ ।  उहाँका पुस्तक पनि प्रकाशित छन् ।