चिरञ्जीवि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिरञ्जीवि हिन्दू धर्म का आठ अमर व्यक्ति हुन् जो कलि युग को अन्त्यसम्म पृथ्वीमा जीवित रहनेछन ।

शब्द-व्युपत्ति[सम्पादन गर्नुहोस्]

अष्ट-चिरञ्जीवि[सम्पादन गर्नुहोस्]

चिरञ्जीविहरु यस प्रकार रहेका छन्:

व्यास[सम्पादन गर्नुहोस्]

महाभारतका रचयिता. उनले ज्ञान र बुद्धि को प्रतिनिधित्व गर्छन्। उनी परासर मुनिका पुत्र र वशिष्ठ ऋषिका नाति थिए । उनी त्रेता युगको उत्तरार्धमा जन्मेका थिए, सकल द्वापर युग देखे,भोगे बाचे र कलि युगको पूर्वार्ध समेत देखे ।

हनुमान[सम्पादन गर्नुहोस्]

रामका भक्त थिए। उनी निश्वार्थ , साहस , भक्त , सामर्थ र सुकर्मको लागि चिनिन्छन ।

परशुराम[सम्पादन गर्नुहोस्]

विष्णुका छैटौ अवतार हुन् । उनी सम्पूर्ण अस्त्र शस्त्र र ईश्वरीय हतियारको ज्ञाता थिए। कल्की पुराणका अनुसार उनी कल्की अवतारको गुरुको रूपमा कलि युगको अन्त्यमा उदाउनेछन् । उनले विष्णुको आखिरी अवतारलाई दिव्य आकाशीय शस्त्र -अस्त्र हासिल गर्न , धैर्य हुन् र मानवता को कल्याण गर्न दिक्षा प्रदान गर्ने छन् ।

विभीषण[सम्पादन गर्नुहोस्]

रावणका भाइ । विभीषणले रामको रावणसंग युद्ध हुनु भन्दा अगाडि नै रामसँग आत्मसमर्पण गरेका थिए । रावणले युद्धमा वीरगति प्राप्त गरे पछि उनी लंकाका राजा भएका थिए ।उनी धर्म र नीतिपरायणता को लागि चिनिन्छन् । उनी पूर्ण रूपमा चिरन्जीवी होइनन् र महायुगको अन्त्य सम्म मात्र पृथ्वीमा रहन बरदान पाएका थिए ।

अश्वत्थामा[सम्पादन गर्नुहोस्]

महान योद्धा तथा राजगुरु द्रोणाचार्य का पुत्र द्रोणले कयौ वर्षको भक्तिले भगवान शिवलाई प्रसन्न बनाएर पुत्रको बरदान पाएका थिए जोसँग भगवान शिवको मणि रत्न थियो । अश्वत्थामालाई रुद्रको ११ अवतारमध्ये एक मानिन्छ। अश्वत्थामा र क्रिपाचार्य कुरुक्षेत्रको युद्ध जीवित योद्धा थिए। कृष्णले उनलाई यो श्राप दिएका थिए कि उनी सधै बाचिरहेने छन् तर कोहिसँग बोल्न र कसैलाई छुन सक्ने छैनन् , उनी कहिल्यै निको नहुने कुष्ठरोगबाट संक्रमित हुने छन् [१]

बलि राजा [सम्पादन गर्नुहोस्]

(बाणासुर पुत्र, राजा बलि हिरण्यकशिपुका पनाति , प्रह्लादका नाति र असुर कुलका थिए र तीनै लोकका अधिपति थिए । वामन अवतारको बेला , भगवान विष्णुले उनलाई चिरञ्जीवि हुने बरदान दिएका थिए।

कृपाचार्य[सम्पादन गर्नुहोस्]

महाभारत हस्तिनापुरका कुलहरू थिए 

मार्कण्‍डेय[सम्पादन गर्नुहोस्]

मार्कण्डेय भृगु ऋषिको कुलमा जन्मेका एक प्राचीन ऋषि हुन्। मार्कण्डेय पुराणमा विशेष गरी, मार्कण्डेय र जैमिनी नामक ऋषि बीचको संवाद समावेश छ, र भागवत पुराणका धेरै अध्यायहरू उनको कुराकानी र प्रार्थनामा समर्पित छन्। महाभारतमा पनि उनको उल्लेख छ ।

अन्य चिरञ्जीवि[सम्पादन गर्नुहोस्]

हिन्दू धर्मशास्त्रको चिरजीवी को उल्लेख[सम्पादन गर्नुहोस्]

अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:।

कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥

सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।

जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित॥

अर्थात् कि

यी आठ व्यक्ति (अश्वथामा, दैत्यराज बलि, वेद व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय ऋषि)को स्मरण बिहान-बिहान गर्नाले सम्पूर्ण बिमारी समाप्त हुन्छ र मनुष्य १०० वर्ष आयु को प्राप्त गर्न सक्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Indian Mythology: Tales, Symbols, and Rituals from the Heart of the Subcontinent, Inner Traditions/Bear & Co, पृ: १७३।