छक्का पन्जा ३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(छक्का पञ्जा ३बाट अनुप्रेषित)
छक्का पन्जा ३
निर्देशकदीपाश्री निरौला
लेखकदिपक राज गिरी
केदार घिमिरे
जितु नेपाल
यमन श्रेष्ठ
निर्मातादीपाश्री निरौला
दिपक राज गिरी
केदार घिमिरे
जितु नेपाल
मुख्य कलाकारदिपक राज गिरी
केदार घिमिरे
जितु नेपाल
प्रदर्शन मिति
२४ असोज २०७५ (नेपाल)
अवधि
२ घण्टा २५ मिनेट
देशनेपाल
भाषानेपाली
बक्स अफिस१८ करोड

छक्का पन्जा ३ एक नेपाली कथानक चलचित्र हो। यो चलचित्र २०७५ सालको नेपाली चलचित्र क्षेत्रको बहु प्रतिक्षीत चलचित्र रहेको थियो। जुन चलचित्र २०७५ असोज २४ गते देखि देशभर एकै साथ प्रदर्शन भएको थियो।[१] यो छक्का पन्जाको तेस्रो संकरण हो।[२]

यस चलचित्रमा मनोरञ्जनसँगै सामाजिक शिक्षा समेत प्रदान मिल्दछ। चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनीतिलाईठ मुख्य कथा वस्तुका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

चलचित्रका बारेमा[सम्पादन गर्नुहोस्]

सुरूमा नेपाली हास्यव्याङ्ग क्षेत्रमा जमेका कलाकारहरू एउटै चलचित्र पर्दामा आएर ६ एकान ६बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पन्जा, छक्का पन्जा २ हुँदै छक्का पन्जा ३ सम्म आइपुगेको हो।

चलचित्रको एक निकै नै चर्चित ``पहिलो नम्बरमा´´ बोलको गीतले छोटो समयमा यूट्युबमा झन्डै १ करोड दर्शक पाएको उपलक्ष्य्यमा चलचित्र युनिटले केक काटेर समेत खुसियाली मनाएका थिए।

कलाकारहरू[सम्पादन गर्नुहोस्]

छक्का पन्जा ३ चलचित्रका कलाकारहरू
  • मुख्य भूमिका

  • विशेष भूमिका

    • सञ्जोग कोइराला

सङ्गीत[सम्पादन गर्नुहोस्]

गीतको बोल सङ्गीत स्वर
पहिलो नम्बरमा दिपक शर्मा डेबिट शंकर
बिन्दु परियार
पछि उमेर ढल्किन्छ अर्जुन पोखरेल निशान भट्टराई
एन्जिला रेग्मी

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "छक्का पन्जा ३(२०१८) पुर्ण विवरण", इन्टरनेट चलचित्र डाटबेस, अन्तिम पहुँच १ अक्टोबर २०१८ 
  2. "छक्का पन्जा ३ को अवलोकन", अनलाइन खबर डटकम (अङ्ग्रेजीमामा), अन्तिम पहुँच २०१८-१०-०१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]