एसी फन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एसी फन
साइटको प्रकार
भिडियो साझेदारी सेवा
उपलब्ध भाषाचिनियाँ
मालिकद एसी फन एड्मिन्स
युआरएलwww.acfun.cn
व्यवसायिकहो
दर्ताबैकल्पिक

एसी फन (सरलीकृत चिनियाँ: AcFun弹幕视频网; परम्परागत चिनियाँ: AcFun彈幕視頻網; फिनयिन: AcFun dàn mù shì pín wǎng) सामान्यतया एसी को रूपमा चिनिने, एक चीनीयाँ भिडियो साझेदारी गर्ने वेबसाइट हो । एसी फन "एनिमी, कमिक्स र मजा" को संक्षिप्त नाम हो । भिडियोहरूमा टिप्पणीहरू एकै साथ देखिने यो पहिलो भिडीयो साझेदारी वेबसाइट हो ।[१] वेबसाइट प्रारम्भिक रूपमा एसीजीएन (एनिमेशन, कमिक्स, खेल र उपन्यास) समुदायको रूपमा अभिमुख गरिएको छ जसका कारण यो दर्शकहरूका माझ एक प्रभावकारी भिडियो साझेदारी वेबसाइट रूपमा परिचित भएको छ ।[२] एसी म्युसुम र टिडी म्युसुम एसी फनको प्रतिनिधि आइकन हुन् ।

वेबसाइट[सम्पादन गर्नुहोस्]

यस वेबसाइटले प्रयोगकर्ताहरूलाई भिडियो अपलोड, अवलोकन र साझा गर्न अनुमति दिन्छ । प्रयोगकर्ताहरूले टिप्पणी खण्डमा गएर टिप्पणी गर्न सक्दछन् वन भिडियोहरूमा प्रत्यक्ष रूपमा आफुलाई लागेका कुरा टिप्पणीको रूपमा राख्न सक्छन्, जसले भिडियोहरू हेर्दा अधिक कुराकानी र सञ्चारमा सेवामा पुग्ने गरेको छ ।

विशेषता[सम्पादन गर्नुहोस्]

प्रत्येक दर्शकले "अवरुद्ध सूची"को सिर्जना गर्न सक्छ, जसले प्रयोगकर्ताहरूलाई केही अनावश्यक शब्दहरू वा टिप्पणीहरूमा रोक्न लगाउन अनुमति दिन्छ । भिडियोहरू हेर्द स्क्रिनमा केही अनावश्यक टिप्पणीहरू हुन सक्छन्, जसलाई प्रयोगकर्ताहरू वा दर्शकहरूले शब्द वा टिप्पणीलाई नदेखिने बनाउन सक्दछन् । यस्ता शब्द र टिप्पणीहरू स्क्रिनमा स्वचलित रूपमा हराउनेछ तर अन्य दर्शकहरूले भने यस्ता शब्द वा टिप्पणीहरू हेर्न सक्छन् ।

  • वेबसाइटले भिडियोहरूलाई फरक-फरक प्रकारहरूमा विभाजन गर्दछ:
    • चल कार्टुनहरू
    • सङ्गित
    • भिडियो खेलहरू
    • मनोरञ्जन (टेलिभिजन कार्यक्रम, चलचित्र)
    • षृष्ठहरू (राजनितिक, सैनिक सम्बन्धि लेखहरू
    • नाटकहरू

इतिहास[सम्पादन गर्नुहोस्]

जून २००७ मा एसी फन, सिना भिडियोको आधार मा एसीजी थिम भिडियो साझेदारी साइटको रूपमा बनाइएको थियो ।

सन् २००८ मा, साइट एक निकोनिको-शैलीमा यस वेबसाइट थालनी भएको थियोे । सन् २००९ मा, साइटले नाटक र सिनेमालाई नयाँ श्रेणीको रूपमा थपेको थियोे र त्यसपछि व्यक्तिले खाता सिर्जना गर्न र भिडियोहरू उर्ध्वभरण गर्न सक्ने सुबिधाको पनि सुरूवात भएको थियो ।

१३ फेब्रुअरी २०१० यसले आफ्नो पहिलो वसन्त महोत्सव गलाको आयोजना गरेका थिए ।

९ मे २०१० मा लेखको सङ्ख्या र भिडियो प्रस्तुत १,००,००० पुगेको थियो । वेबसाइटले आफ्नो डोमेन एसप फन डट सिएनबाट एसी फन डट टिभी मा परिवर्तन गरेको थियोे ।[३] यसलाई गुवाङझोउमा आधारित एक नयाँ साप्ताहि पत्रिका द्वारा "२०१० को विशेष वेबसाइट"को रूपमा सम्मानित गरेको थियोे ।[४] र २०१४ सम्ममम लेखको सङ्ख्या र भिडियो प्रस्तुत १०,००,००० पुगेको थियोे ।

मार्च २०१५ मा यसले आफ्नो मुख्यालय बेइजिङमा सारेको थियोे ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "信息 - एसी फन弹幕视频网", आधिकारिक वेबसाइटबाट, मूलबाट २०१५-११-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-२०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-०७ मिति
  2. 李文瑶, "网络播放量破500万 एसी फन开启次元狂欢_科技_环球网", हुवानक्यु डटकम, अन्तिम पहुँच २०१७-०७-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-१९ मिति
  3. "域名将更换为acfun.tv_acfun吧_百度贴吧", टाईबा डट बैदु डटकम, अन्तिम पहुँच २०१७-०७-२० 
  4. "围观改变中国_新周刊_新浪博客", ब्लग डट सिना डटकम डट सिएन, अन्तिम पहुँच २०१७-०७-२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]