मेगा अपलोड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेगा अपलोड लिमिटेड[१]
पूर्व प्रकार
लिमिटेड
भवितव्यतासंयुक्त राज्यको न्याय बिभागद्वारा बन्द गरियो
उत्तराधिकारीमेगा, लिमिटेड
स्थापितहङकङ (२१ मार्च २००५; १९ वर्ष पहिले (२००५-०३-21))
स्थापनाकर्ताकिम डटकम
बन्द१९ जनवरी २०१२ (2012-01-19)
केन्द्रीय कार्यालय
सेवा क्षेत्र
बिश्वब्यापी
मुख्य व्यक्ति
फिन बटाटो (मार्केटिङ अधिकारी)
सेवाहरूअनलाइन फाइल आयोजक
$१७५ मिलियन+[२]
कर्मचारी सङ्ख्या
१५५
वेबसाइटhttp://www.megaupload.com/ (निष्क्रिय)

मेगा अपलोड हङकङमा आधारित अनलाइन कम्पनी हो जुन २००५ देखि २०१२ सम्म सञ्चालन गरिएको फाइल भण्डारण र अवलोकनसँग सम्बन्धित अनलाइन सेवाहरू प्रदान गर्दथ्यो ।

१९ जनवरी २०१२ मा संयुक्त राज्यको न्याय बिभागले डोमेन नामहरू खोसेर मेगा अपलोडसँग सम्बन्धित साइटहरू बन्द गरी मालिकहरूलाई पक्राउ गर्यो र यसलाई प्रतिलिपी उल्लङ्घनको लागि समर्पित सङ्गठनको रूपमा कथित रूपले सञ्चालनको लागि आरोप लगाइएको थियोे । कम्पनीको संस्थापक, न्यूजील्याण्डका निवासी किम डटोकमले कुनै गल्ती नगरेको कुरा बताएका थिए र डटकम विरुद्धको मुद्दा आफ्नो वैधानिकता विवादको विषयमा रहेको थियोे ।

१ जनवरी २०१३ मा, मेगा अपलोड मेगाको रूपमा पुन सुरु भएको थियोे र यसको डोमेन नाम मेगा डट को डट एनजेट (र पछि मेगा डट एनजेट मा सारियो) । संयुक्त राज्यको न्याय बिभागले निष्क्रिय गरेको ठ्याक्कै एक वर्षको अन्तराल पछि यसको पुन सुरूवात गरिएको थियोे ।[३] यो २१ मार्च २००५ मा स्थापित भएको थियोे भने १९ जनवरी २०१२ मा निष्क्रिय भएको थियोे ।

कम्पनी र सेवा[सम्पादन गर्नुहोस्]

कम्पनीको दर्ता कार्यालय वान चाई, हङकङमा कक्ष १२०४ मा साङ्घाइ औद्योगिक लगानी भवनको १२ औँ तलामा रहेको थियो ।

कम्पनी अन्य विभिन्न सेवा सञ्चालन गरेको थियोे जस मध्ये मेगा अपलोड डटकम जसले भिडियो साझेदारी सेवा गर्दछ भने मेगापिक्स डटकम, तस्बिर साझेदारी सेवा मेगाभिडियो डटकम र मेगालाइभ भिडियो साझेदारी सेवा र मेगबक्स एक सङ्गीत साझेदारी सेवा प्रदान गरेका थिए र अन्य सेवाहरू जस्तै मेगाक्लिक, मेगाफन्ड, मेगाकी र मेगापे जस्ता सेवाहरू शामिल थिए र सबैले विज्ञापन र वित्तीय सेवाहरू प्रदान गरेका थिए । दुई अतिरिक्त सेवा मेगाब्याकअप र मेगमूभि यसको सेवा बन्द भएको केही अधि बन्द भएको थियोे ।

सफ्टवेयर[सम्पादन गर्नुहोस्]

मेगा म्यानेजर[सम्पादन गर्नुहोस्]

मेगा म्यानेजरको स्क्रिनसट

मेगा अपलोडले डाउनलोड र उर्ध्वभरण प्रबन्धक, मेगा म्यानेजर नामक सेवा सञ्चालन गरेको थियोे ।

फाइल बक्स[सम्पादन गर्नुहोस्]

यसले प्रयोगकर्ताहरूलाई वेबसाइटमा भ्रमण गर्न वा मेगा म्यानेजर डाउनलोड नगरे पनि मेगा अपलोडमा सामग्री उर्ध्वभरण गर्न अनुमति दिएको छ ।

आलोचना[सम्पादन गर्नुहोस्]

जब फाइल मेगा अपलोडमा कुनै प्रकारका फाइलहरू उर्ध्वभरण गरिन्छ र त्यहि समयमा अर्को फाईल पहिले देखि नै त्यहाँ अवस्थित भएको हुन्छ । उर्ध्वभरणकर्ताहरूलाई अवस्थित फाइलसँग लिङ्क गर्न चाहानुहुन्छ भन्ने पश्न सोधिने कुराले यो आलोचनामा तानिएको थियोे । त्यसैले, एउटै फाइलले धेरै लिङ्कहरूसँग जोडिएका थिए ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "मेगा अपलोड डटकम, न्याय बिभागको अभियोग", द वाल स्ट्रिट जरनल, मूलबाट १५ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. एन्डरसन, नेट (१७ मे २००७), "गुगलले मेगा अपलोड विज्ञापन पैसा स्वैच्छिक रूपमा काट्यो", आर्स टेक्निका, मूलबाट ८ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जनवरी २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. विलियम्स, ओवेन (२० जनवरी २०१३), "मेगाले आधिकारिक रूपमा सेवा सुरू गरेको एक दिनमै १० लाख प्रयोगकर्ताहरू पुगेका छन्", द नेक्सट वेब, अन्तिम पहुँच १९ डिसेम्बर २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]