सद्गुरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जग्गी वासुदेवबाट अनुप्रेषित)
Jaggi Vasudev
सद्गुरु जग्गी वासुदेव

जग्गी वासुदेव (जन्म – ५ सेप्टेम्बर, १९५७) एक लेखक हुन् । उनलाई सद्गुरु पनि भनिन्छ । उनी ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थान का संस्थापक हुन् । ईशा फाउन्डेसन भारत सहित, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ साथै सामाजिक एवं सामुदायिक विकास योजनाका कामहरु पनि गर्दछ । यसलाई संयुक्त राष्ट्र को आर्थिक एवं सामाजिक परिषद् मा विशेष सल्लाहकार को पदवी प्राप्त छ । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको रचना गरेका छन् ।

प्रारम्भिक जीवन

सद्गुरु जग्गी वासुदेवको जन्म ५ सेप्टेम्बर १९५७ मा कर्नाटक राज्य को मैसुर सहरमा भएको हो । उनका पिता डाक्टर थिए । बालक जग्गीलाई प्रकृतिसँग लगाव थियो । उनी यदाकदा केही दिनको लागि जंगल मा गायब हुन्थे । जहाँ उनी अग्ला अग्ला रुखका हाँगाहरूमा बसेर हावाको आनन्द लिन्थे साथै अनायासै गहिरो ध्यानमा प्रवेश गर्दथे । जब उनी घर फर्कन्थे उनको झोलामा साँपहरु भरिएका हुन्थे, जसलाई पकड्न उनी माहिर थिए । ११ वर्षको उमेरमा जग्गी वासुदेवले योग को अभ्यास गर्न सुरु गरे । इनका योग शिक्षक थिए श्री राघवेन्द्र राव, जसलाई मल्लाडिहल्लि स्वामी को नामले चिनिन्छ । मैसूर विश्वविद्यालयमा उनले अंग्रेजी भाषामा स्नातक को उपाधि प्राप्त गरेका छन् ।

आध्यात्मिक अनुभव[सम्पादन गर्नुहोस्]

२५ वर्षको उमेरमा अनायासै विचित्र रूपमा उनलाई गहिरो आत्म अनुभूति भयो जसले उनको जीवनदिशा नै बदलिदियो । एक दिन दिउँसो जग्गी वासुदेव मैसूर मा चामुण्डी पहाडमा चढे अनि ढुङ्गामा बसे, त्यतिबेला उनको आँखा पुरै खुलेको थियो, अचानक उनलाई शरीरबाट टाढा भएको अनुभव भयो । उनलाई लाग्यो कि उनी आफ्नो शरीरमा छैनन् बल्कि जताततै फैलिएका छन्, ढुङ्गामा, पहाडमा, रुखमा पृथ्वीमा । अरु दिनमा पनि उनलाई यस्तो अनुभव धेरैपटक भयो र हरेक पटक उनलाई यो अनुभव परमानन्दको स्थितिमा पुर्याउँथ्यो । यस घटनाले उनको जीवनशैली पुरै बदलिदियो । जग्गी वासुदेव ले त्यो अनुभव बाँढ्नका लागि पुरै जीवन समर्पित गर्ने वाचा गरे । ईशा फाउँडेशन को स्थापना र ईशा योग कार्यक्रमको सुरुवाता यही उद्देश्यलाई लिएर गरिएको थियो ताकि यो सम्भावना पुरै विश्वलाई अर्पित गर्न सकियोस् ।

ईशा फाउन्डेशन[सम्पादन गर्नुहोस्]

Isha Foundation

सद्गुरुद्वारा स्थापित ईशा फाउन्डेशन एक लाभरहित मानव सेवा संस्थान हो जो मानिसहरूको शारीरिक मानसिक एवं आन्तरिक कुशलताको लागि समर्पित छ । यस फाउन्डेशनलाई दुइ लाख पचास हजार भन्दा धेरै स्वयंसेवि हरूबाट चलाइन्छ । यसको मुख्यालय ईशा योग केन्द्र कोयम्बटुर मा छ । ग्रीन ह्यान्ड परियोजना ईशा फाउन्डेशन को पर्यावरण सम्बन्धी प्रस्ताव हो । पुरै तमिलनाडु मा लगभग १६ करोड रुखहरु रोप्ने, परियोजनाको घोषित लक्ष्य हो । अहिलेसम्म ग्रीन ह्यान्ड परियोजनाले तमिलनाडु र पुदुच्चेरी मा १८०० भन्दा अधिक समुदायमा २० लाख भन्दा धेरै मानिसहरूबाट ८२ लाख वृक्षारोपणको आयोजना गरेको छ । यस संगठनले १७ अक्टोबर २००६ मा तमिलनाडु का २७ जिल्लामा एकसाथ ८.५२ लाख वृक्षारोपण गरेर गिनीज वल्र्ड रेकर्ड बनाएको थियो । पर्यावरण सुरक्षाको लागि गरिएको यस महान् कार्यको लागि यसलाई वर्ष २००८ मा इन्दिरा गान्धि पर्यावरण पुरस्कार दिइएको थियो । वर्ष २०१७ मा अध्यात्मको लागि यसलाई पद्मविभूषणबाट पनि सम्मान गरिएको थियो । अहिले रेली फर रिभर नामक अभियान नदि संरक्षका लागि यस फाउन्डेशनले चलाइरहेको छ ।

ईशा योग केन्द्र[सम्पादन गर्नुहोस्]

ईशा योग केन्द्र, ईशा फाउन्डेशन को संरक्षणमा स्थापित संस्था हो । यो बेलिंगिरि पर्वत को तराईमा १५० एकड को हराभरा भूमि मा स्थित छ । घना वन ले घेरिएको ईशा योग केन्द्र नीलगिरि जीवमन्डल को एक हिस्सा हो, जहाँ भरपूर वन्य जीवन छ । आन्तरिक विकासका लागि बनाइएको यो शक्तिशाली स्थान योग का चार मुख्य मार्ग ज्ञान, कर्म, क्रिया र भक्ति लाई सम्पूर्ण मानव समक्ष पुर्याउनको लागि तत्पर र अर्पित छ । यसको परिसरमा ध्यानलिंग योग मन्दिरको प्राण प्रतिष्ठा गरिएको छ ।

ध्यानलिंग योग मन्दिर[सम्पादन गर्नुहोस्]

१९९९ मा सद्गुरुद्वारा स्थापित, प्रतिष्ठित ध्यान लिंग आफ्नै तरिका को पहिलो लिंग हो जो पूरा रूपले प्रतिष्ठित छ । योग विज्ञानको सार ध्यानलिंग ऊर्जा को एक शाश्वत र अनौठो आकार हो । १३ फिट ९ इन्च अग्लो यो ध्यानलिंग विश्वको सबैभन्दा ठूलो पारा–आधारित जीवित लिंग हो । यो कुनै खास सम्प्रदाय या मत सँग सम्बन्ध राख्दैन । न त यहाँ कुनै पनि प्रकारका विधिविधान प्रार्थना या पूजाको आवश्यकता छ । जो ध्यानको अनुभवबाट वञ्चित छन् उनीहरू पनि ध्यानलिंग मन्दिरमा केही समय मौन ध्यान गर्दा नै गहिरो ध्यानावस्थाको अनुभव गर्न सक्दछन् । यसको प्रवेशद्वारमा सर्व धर्म स्तम्भ छ जसमा हिन्दू, इस्लाम, ईसाई, जैन, बौद्ध, सिख, ताओ, फारसी यहूदी र शिन्तो धर्मको प्रतीक अंकित छ । यसले धार्मिक मतभेद भन्दा माथि उठेर पुरै मानवता लाई आमन्त्रित गर्दछ ।