ठाकुरगाँउ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठाकुरगाँउ
बङ्गलादेशको नक्सामा ठाकुरगाँउको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्सामा ठाकुरगाँउको अवस्थिति
निर्देशाङ्क: २५°५७′N ८८°१५′E / २५.९५°N ८८.२५°E / 25.95; 88.25निर्देशाङ्कहरू: २५°५७′N ८८°१५′E / २५.९५°N ८८.२५°E / 25.95; 88.25
देश बङ्गलादेश
विभागरङ्गपुर
क्षेत्रफल
 • जम्मा१,७८१.७४ किमी (६८७.९३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,३९०,०४२
 • घनत्व७८०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
५१००

ठाकुरगाँउ बङ्गलादेशको उत्तर-पश्चिम भागमा पर्ने एक जिल्ला हो । यो जिल्ला रङ्गपुर विभागमा पर्छ र पश्चिम सिमानामा भारतसँग जोडिएको छ । [१]

जनसङख्या[सम्पादन गर्नुहोस्]

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या १२,१४३,७६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६,२७२,०० छ भने महिलाको जनसङ्ख्या ५,८७१,७६ रहेको छ । यस जिल्लाको जनधनत्व १००० प्रति वर्ग किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या ९,२४२,५७ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या २,७८७,०३ छ । त्यस्तै गरी बुद्ध धर्मको जनसङ्ख्या ८,१५६, इसाई धर्मको १३१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४,१३२ रहेको छ । यस जिल्लामा सन्तल, मुन्डा,मुसहर, राजवंशी आदि जनजातिहरू बसोबास गर्ने गर्छन् ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

यो जिल्ला २५°४०' देखि २६°१२' उत्तर अक्षांश र ८८°०५' देखि ८८°३९' पुर्व देशान्तरणमा अवस्थित छ । ठाकुरगाँउ जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८०९.५२ वर्ग किलोमिटर ओगटेको छ । यो जिल्ला राजधानी ढाकाबाट लगभग ४६७ वर्ग किलोमिटरको दुरीमा रहेको छ । यस जिल्लालाई पञ्चगढ जिल्ला उत्तरबाट घेरेका छन् भने यस जिल्लाको दक्षिण र पश्चिममा भरतको पश्चिम बङ्गाल रहेको छ । त्यस्तै गरी पर्वमा दिनाजपुर जिल्ला रहेको छ । यस जिल्ला वार्सिक उच्च औसत तापक्रम ३३.५ डिग्री हुन्छ भने न्युनतम १०.०५ डिग्री हुन्छ । यस जिल्लाका टाँगोन, कुलकी, नगर आदि प्रमुख नदिहरू रहेका छन् ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको लगभग पूरै अर्थव्यवस्था कृषिमा आधारीत छ र ठाकुरगाँउ लामो समयसम्म उत्पादन हुने कृषिको लागि प्रयास गरिरहेको छ । यस जिल्लामा हाल- धान, गँहु, उुखु, मौसमी तरकारी र फलफूल आदि उत्पादन गर्दै आएको पाइन्छ । ठाकुरगाँउमा पोल्ट्री फर्महरू पनि हाल सञ्चालनमा आएका छन् । यस जिल्ला हाल कृषि सामग्री चिस्यान केन्द्रहरू पनि रहेका छन् ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ७६.७४% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै २.८४% मजदुरी, व्यापार र उद्योगमा ०.३६%, वाणिज्यमा ९.०५%, सञ्चार र यातायातमा २.३४%, रेमिटेन्समा ०.१३%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.११% र अन्यमा ३.७२% रहेका छन् ।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४१.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४८.४% छ भने महिलाको साक्षरता दर ३४.८% रहेको छ । यस जिल्लामा १ कानुन विषयको क्याम्पस, ६७ क्याम्पस, ३५८ माध्यमिक विद्यालय, ११ प्राविधिक विद्यालय, ८६५ प्राथमिक विद्यालय, १० सामुदायिक विद्यालयहरू रहेका छन् जसमध्ये- ठाकुरगाँउ जिल्ला विद्यालय (१९०४), ठाकुरगाँउ सरकारी छात्र उच्च माध्यमिक विद्यालय (१९०४), पिरगञ्ज पाइलट उच्च विद्यालय (१९०७), हरिपुर माध्यमिक विद्यालय (१९३६) आदि यस जिल्लाका उत्कृष्ट विद्यालयहरू हुन् ।

प्रशासन[सम्पादन गर्नुहोस्]

यस जिल्ला ५ उप-जिल्ला, ६ थाना, ५३ सङ्घीय परिसद र १०१६ गाउँहरू रहेका छन् । यस जिल्ला उप-जिल्लाहरू यस प्रकार छन् :

  • ठाकुरगाँउ सदर उप-जिल्ला
  • हरीपुर उप-जिल्ला
  • बालियाडाङ्गि उप-जिल्ला
  • रीनिशैङ्कल उप-जिल्ला
  • पीरगञ्ज उप-जिल्ला

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "ठाकुरगाँउको इतिहास", बङ्गलादेश राष्ट्रिय पोर्टल 
  2. "ठाकुरगाँउ जिल्ला जानकारी", बङ्गलापिडिया। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]