नेपालमा जिम्न्यास्टिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा जिम्न्यास्टिक खेल धेरै अगाडिदेखि विभिन्न किसिमबाट खेलिदै आइरहेको थियो । साथै नेपालका विभिन्न ठाउँहरूमा साना ठूला विभिन्न किसिमबाट यससँग सम्बन्धि स्थानीय स्तर देखि राष्ट्र स्तर सम्ममानै विभिन्न प्रतियोगिताहरू आयोजना हुँदै आइरहेको छ । पछिल्लो समयमा यस खेल विधाले पनि नेपालमा विगतको तुलनामा केहीहदसम्म लोकप्रियता हासिल गर्दै आइरहेको छ ।

विकासक्रम[सम्पादन गर्नुहोस्]

२०२९ साल तिर मासातोमोरी, तोकोमोतो हिराता हिरोरी, तादासी जस्ता जापानी प्रशिक्षकहरूद्वारा प्रशिक्षण लिने अवसर नेपालीहरूले पाएका थिए । नेपालका लागि यो खेलका पहिलो प्रशिक्षक मुकुन्दलाल नकर्मी हुन् ।

वि.स. २०३७ साल कार्तिक महिनामा नेपाल जिम्न्यास्टिक सङ्घले राष्ट्रिय स्तरमा नेपाल राष्ट्रिय खेलकुद परिषद्द्वारा संस्थागत रूपमा मान्यता प्राप्त गरेको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल[सम्पादन गर्नुहोस्]

नेपालले सर्वप्रथम सन् १९८१ मा आयोजित २३ औँ विश्व जिम्न्यास्टसक प्रतियोगिता र आठौँ एसियाली खेलमा परिवेक्षकको रूपमा भाग लिई अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरूवाती अनुभव सँगालेको थियो ।

वर्तमान समय सम्म आइपुष्दा नेपालले साफस्तरीय विभिन्न जिम्न्यास्टिक प्रतियोगितामा आफ्नो उत्कृष्ट छाप छाड्न सफल भएको छ । साथै राजेश्वरमान जस्ता खेलाडी नेपालका तर्फबाट विभिन्न पदक हात पार्ने पहिलो पुस्ताका उत्कृष्ट खेलाडी मध्येका एक हुन् ।

चर्चित खेलाडीहरू[सम्पादन गर्नुहोस्]

घरेलु प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • स्पोर्ट्स डाइजेस्ट, लेखक-भीम राना `जिज्ञासु´, शीर्षक-नेपालमा जिम्न्यास्टिक, पेज नम्बर-२३,२४