नेपाल पर्यटन बोर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उदयपुर जिल्ला सदरमुकाम गाईघाट देखि ४२ किलो मिटर उत्तर महाभारत क्षेत्र समृद्रि सतह देखि १७००-१८४७ मिटरको उचाईमा रहेको रौता गाउपालिका पोखरीमा अवस्थित रौता पोखरी- धार्मिक, प्राकृतिक दृष्टिकोषले मात्र नभई पर्यटनको हिसावले निकै सम्भावना बोकेको स्थान हो । उदयपुर जिल्ला लगायत आसपासका जिल्लाबाट वर्षेनि हजारौको संख्यामा भक्तजन/पर्यटन/प्रकृति प्रेमीहरूको आवात-जावत हुने गर्दछन् । जुन स्थानबाट हिमालको रमणिय आनन्द लिन सकिन्छ भने सप्तकोशीको पुल, आसपासका क्षेत्र लगायत लहान बजारको शौन्दर्यता राम्रोसँग अवलोकन गर्न सकिन्छ । मैले उठान गर्न खोजेको खास विषय:- रौता पोखरी संरक्षण विकास, प्रवद्धन गर्नको लागि भनेर राज्यबाट अहिलेसम्म करौडोको आर्थिक सहयोग प्राप्त भए पनि सो रकम कहाँ, कति र कसरी खर्च भो? प्राकृतिक सौन्दर्यताले भरिपुर्ण सो पोखरी भित्र सिमिण्टेड र कंकृटले घेराबेरा गर्दा पानिको सतह घट्दै गईरहेको छ! मन्दिर भित्र मार्वल र टाईल विछ्याएर प्राकृतिक थानको सोरुप परिवर्तन गर्दा यसको मौलिक्ता गुम्ने खतरा बढिरेको छ । हामिले सुन्दै र देख्दै आएको सो पोखरी अहिले फोहोर र अव्यवस्थित रहेको छ, पोखरी भित्र पात पतिङ्गर झर्न साथ चराले टिपेर सफा गर्छन भन्ने सुन्देै र सफा भएको देखेको तर हाल आएर पोखरी भित्र वनश्पती झार/पात उम्रिएर दुर्गन्धित अवस्थामा रहेको, अब त लाग्छ सो पोखरी प्राकृतिक भन्दा नि कृतिम मन्दिर हो । रौता पोखरीका नाममा खोलिएका विभिन्न सरकारी,गैरसरकारी संस्था, सरोकारवाला निकाय र स्थानियवासीहरूको #ध्यानआकर्षणको लागी

(त्रियुगा-रौता केवलकारको कामलाई प्राथमिकतामा राखेको जानकारी गराउन चाहान्छु)