ब्ल्याङ्क स्पेस (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"ब्ल्याङ्क स्पेस"
टेलर स्विफ्टको एकल
सार्वजनिक१० नोभेम्बर २०१४ (2014-11-10)
ढाँचा
  • सिडी एकल
  • डिजिटल डाउनलोड
किसिमइलेक्ट्रोपप
लम्बाई:५१
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"सेक इट अफ"
(२०१४)
"ब्ल्याङ्क स्पेस"
(२०१४)
"स्टाइल"
(२०१५)
साङ्गीतिक भिडियो
"ब्ल्याङ्क स्पेस" युट्युबमा हेर्नुहोस्

"ब्ल्याङ्क स्पेस" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९ को लागि रेकर्ड गराइएको थियो। "सेक इट अफ" पछि यो गीत एल्बमको दोस्रो एकल रूपमा गीत १० नोभेम्बर २०१४ मा बिग मेसिनरिपब्लिक रेकर्ड्सद्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। यस गीतले स्विफ्ट र उनको प्रेमीको सम्बन्धको वर्णन गरेको छ।[१]

१९८९ एल्बमको सेक इट अफले पनि बिलबोर्डको शिर्ष स्थान समाएको थियो भने ब्ल्याङ्क स्पेसले सार्वजनिक भएको तेस्रो हप्तै बिलबोर्ड हट १००को शिर्ष स्थानमा पुग्न सफल भएको थियो। स्विफ्ट बिलबोर्डको इतिहासमा ५६ वर्षपछि शिर्ष स्थानमा पुग्ने पहिलो महिला कलाकार बनेकी थिइन्। यस गीतले क्यानडा, दक्षिण अफ्रिका र अस्ट्रेलियाको चार्टमा पनि शिर्ष स्थानमा पुगेको थियो भने यस गीतले अस्ट्रिया, चेक गणतन्त्र, जर्मनी, न्युजिल्यान्ड, स्पेन र संयुक्त अधिराज्यका चार्टहरूमा शिर्ष दशमा पुग्न सफल भएको थियो।[२] यो गीत सङ्गीत इतिहासकै सबैभन्दा धेरै प्रतिलिपी बिक्री गर्न सफल भएका गीतहरूमा पर्छ।

यस गीतको आधिकारिक सङ्गीत भिडियो जोसेफ केनद्वारा निर्देशित गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्याड ब्लड" र "वाइल्डेस्ट ड्रिम्स") दोस्रो र चौथो एकल सङ्गीत भिडियोहरू निर्देशन गरेका थिए। यस गीतको सङ्गीत भिडियोको छायाङ्कन तीन दिन सम्म न्यूयोर्कको ओहेका दरवारमा खिचिएको थियो। न्यूयर्क सहरमा २७ अक्टोबर २०१४ अमेरिकन म्युजिक अवार्ड्समा गीतले पहिलो टेलिभिजन प्रदर्शन प्राप्त गरेको थियो।

गीतले ५८औँ ग्रामी पुरस्कारहरूको लागि वर्षको रेकर्ड, वर्षको उत्कृष्ट गीत र सर्वश्रेष्ठ पप एकल प्रदर्शनको लागि नामाङ्कन प्राप्त गरेको थियो।

लेखन र बनावट[सम्पादन गर्नुहोस्]

ब्ल्याङ्क स्पेस एक इलेक्ट्रो पप गीत हो जसलाई लोर्डेको एक कार्यको तुलना गरी आलेचना गरिएको थियो।[३] स्विफ्टले यो गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्।[४] यस गीतले स्विफ्टले उनको प्रेम सम्बन्धको मिडियामा खुलासा भएपछि उनले उक्त कुराको प्रसङ्ग निकालेको छ। यस गीत ९६ बिट प्रति मिनेटको गतिमा गायिएको छ भने गीतमा स्विफ्टको स्वर A3 देखि D5 सम्म फैलिएको छ।[५]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

ब्ल्याङ्क स्पेसले गीत सार्वजनिक भएको पहिलो हप्तै १५५,००० प्रतिलिपी बिक्री गर्दै हट डिजिटल सङ चार्टको शिर्ष स्थानमा पर्न सफल सफल हँदै टेलर स्विफ्टको १९८९ एल्बमको शिर्ष स्थानमा पुग्ने दोस्रो गीत बनेको थियो भने हट डिजिटल सङ चार्टमा स्विफ्ट ९औँ शिर्ष स्थानमा पुग्न गीत बनेको थियो।[६][७] ब्ल्याङ्क स्पेस चार्टमा आएपछि स्विफ्ट सबैभन्दा धेरै सङ्गीत शिर्ष स्थानमा पर्ने कलाकारको तेस्रो स्थानमा आउँदै इमिनेमसँग बराबरी गरेकी थिइन् भने रिहानालाई पछाडि पारेकी थिइन्। गीतले बिलबोर्ड हट १०० चार्टको १८औँ स्थानमा पर्दापण गरेको थियो भने तात्कालिक समयमा गीतका १६४,००० प्रतिलिपीहरू बिक्री भएका थिए।[८] अर्को हप्ता गीतले १६४,००० प्रतिलिपीहरू बिक्री गर्दै बिलबोर्ड हट १०० चार्टको १३औँ स्थानमा उक्लिएको थियो। तेस्रो हप्ता गीतले ३२८,००० प्रतिलिपी बिक्री गर्द‌े एक्कासी बिलबोर्ड हट १०० चार्टको शिर्ष स्थानमा आएको थियो जुन स्विफ्टको बिलबोर्ड हट १०० चार्टमा शिर्ष स्थानमा पर्ने तेस्रो गीत बनेको थियो जसका कारण स्विफ्ट शिर्ष स्थानको आफ्नै गीतलाई पछि पार्दै अर्को आफ्नो गीत चार्टको शिर्ष स्थानमा ल्याउने पहिलो महिला कलाकार बनेकी थिइन्।[९] गीत बिलबोर्ड हट १०० चार्टको शिर्ष स्थानमा ७ लगातार हप्ता सम्म रहँदै स्विफ्टको शिर्ष स्थानको गीतहरू मध्य सबैभन्दा लामो समयसम्म शिर्ष स्थानमा पर्ने गीत बनेको थियो जुन भन्दा पहिला वि आर नेभर एभर गेटिङ ब्याग टुगेदर ३ हप्ता र सेक इट अफ ४ हप्ता सम्म शिर्ष स्थानमा रहेको थियो। यो गीतले महिला कलाकारको सबैभन्दा लामो समयसम्म शिर्ष स्थानमा रहने गीत बन्दै इतिहास रचेको थियो।[१०][११] १७ जनवरी २०१५ मा जारी गरिएको बिलबोर्ड चार्टमा गीत एक स्थान तल झरेको थियो भने ब्ल्याङ्क स्पेसलाई उछिन्दै मार्क रोन्सन र ब्रुनो मार्सको अपटाउन फङ्क गीत बिलबोर्डको शिर्ष स्थानमा आएको थियो। यस गीतले ५ हप्तामा ५,५००,००० प्रतिलिपी बिक्री गरेको थियो।[१२] गीत बिलबोर्डको शिर्ष दशमा १७ हप्ता सम्म रहेको थियो जुन स्विफ्टको शिर्ष दशमा पर्ने गीतको सुचिमा दोस्रो स्थानमा पर्छ भने पहिलो स्थानमा सेक इट अफ परेको थियो जुन चार्टको २४ हप्ता सम्म चार्टको शिर्ष दशमा परेको थियो।[१३] यो गीत २०१५ बिलबोर्डको अन्तिम चार्टमा ७औँ स्थानमा परेको थियो।[१४]

न्युजिल्यान्डको आधिकारिक चार्टमा यस गीत २६औँ स्थानमा पर्दापण गरेको थियो।[१५] गीतले तेस्रो हप्ता ३३औँ स्थानमा उक्लियो भने अर्को हप्ता ४औँ स्थानमा स्थान पक्का गरेको थिय जुन स्विफ्टको शिर्ष ५ मा पर्ने छैटौँ गीत बनेको थियो। अस्ट्रेलियाको आधिकारिक एरिया चार्टमा गीत सुरुमा २९औँ स्थानमा आएको थियो भने २२ नोभेम्बरमा गीतले २२औँ स्थान ओगटेको थियो।[१६]

१९८९ एल्बमको सार्वजनिकसँगै संयुक्त अधिराज्यमा ब्ल्याङ्क स्पेस ९९औँ स्थानमा चार्ट प्रवेश गरेको थियो। गीत १९८९ एल्बमको दोस्रो एकलको रूपमा सार्वजनिक भएसँगै गीत चार्टमा ११औँ स्थानमा पुन प्रवेश गरेको थियो भने अर्को हप्ता गीत शिर्ष दशमा आउँदै स्विफ्टको युके एकल चार्टमा पर्ने ७औँ गीत बनेको थियो।[१७] गीतले एक्कासी चार्टको ४औँ स्थानमा आयो भने शिर्ष दशमा १० हप्ता सम्म अडिन सफल भयो। गीतले संयुक्त अधिराज्यमा ६५०,००० प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।

आइएफपीआइका अनुसार गीतले सन् २०१८ सम्म विश्व व्यापी रूपमा ११.६८ मिलियन प्रतिलिपीहरू बिक्री गरेको थियो।[१८]

साङ्गितिक भिडियो[सम्पादन गर्नुहोस्]

अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष संस्था अवार्ड नतिजा सन्दर्भ
२०१५ एमटिभी भिडियो अवार्ड उत्कृष्ट पप भिडियो विजयी [१९]
उत्कृष्ट महिला भिडियो विजयी
प्रिमिटि एमी अवार्ड ओरिजिनल इन्ट्रयाक्टिभ प्रोग्राम विजयी [२०]
अमेरिकी सङ्गीत अवार्ड वर्षको उत्कृष्ट सङ्गीत विजयी [२१]
बिलबोर्ड म्युजिक अवार्ड टप स्ट्रिमिङ भिडियो मनोनित
एपीआरए अवार्ड (अस्ट्रेलिया) इन्टरनेसनल वर्क अफ द इएर मनोनित [२२]
टिन च्वाइस अवार्ड च्वाइस पार्टी सङ मनोनित [२३]
प्रिमस युभान्टेड लोकप्रिय हिट विजयी [२४]
आइहर्ट मच म्युजिक भिडियो अवार्ड अन्तर्राष्ट्रिय वर्षको उत्कृष्ट भिडियो – कलाकार मनोनित
आइहर्ट रेडियो म्युजिक अवार्ड वर्षको उत्कृष्ट सङ्गीत मनोनित
उत्कृष्ट लिरिक्स विजयी [२५]
बिएमआइ अवार्ड
अवार्ड-विनिङ सङ विजयी
पब्लिसर अफ द इयर विजयी [२६]
२०१६ ग्रामी अवार्ड रेकर्ड अफ द इयर मनोनित [२७]
वर्षको उत्कृष्ट गीत मनोनित [२७]
उत्कृष्ट एकल प्रस्तुति मनोनित [२७]

चार्ट[सम्पादन गर्नुहोस्]

साप्ताहिक चार्ट[सम्पादन गर्नुहोस्]

सङ्गीत तालिका (२०१४-१५) शिर्ष
स्थान
 जर्मनी (मिडिया कन्ट्रोल चार्ट)[२८]
 अस्ट्रेलिया (एरिया चार्ट)[२९]
 अस्ट्रिया (Ö३ अस्ट्रिया टप ४०)[३०]
बेल्जियम बेल्जियम (अल्ट्राटप ५०)[३१] १३
बेल्जियम बेल्जियम (अल्ट्राटप ४०)[३२] २६
 ब्राजिल (ब्राजिल हट १०० एयरप्ले)[३३] ५९
बुल्गेरिया बुल्गेरिया (आइएफपीआइ)[३४]
 क्यानडा (क्यानडेली हट १००)[३५]
 क्रोएसिया (क्रयसियन एयरप्ले रेडियो चार्ट)[३६]
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)[३७]
स्लोभाकिया स्लोभाकिया (आइएफपीआइ स्लोभाक गणतन्त्र)[३८]
 स्पेन (स्पेनी सङ्गीत उत्पादक)[३९]
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[४०]
 संयुक्त राज्य अमेरिका (पप सङ)[४१]
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[४२]
 संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेम्पोररी)[४३]
 फिनल्यान्ड (आइएफपीआइ फिनल्यान्ड)[४४]
 फ्रान्स (फोनोग्राफिक राष्ट्रिय सङ्घ)[४५] २७
 ग्रीस (ग्रिस डिजिटल सङ)[४६]
 हङ्गेरी (हङ्गेरी रेकर्ड लेबल सङ्घ)[४७]
 आयरल्यान्ड (आइसीस म्युजिक रेकर्ड एसोसिएसन)[४८]
इजरायल इजरायल (मिडिया फरेस्ट)[४९]
इटाली इटाली (इटाली सङ्गीत उद्योग])[५०] २७
 जापान (जापान हट १००)[५१] ४५
लेबनान लेबनान (आधिकारिक लेबनान टप २०)[५२]
 न्युजिल्यान्ड (एनजोट टप ४० सिङ्गल)[५३]
 पोल्यान्ड (अडियो भिडियो उत्पादक सङ्घ)[५४]
 संयुक्त अधिराज्य (युके एकल चार्ट)[५५]
 चेक गणतन्त्र (आइएफपीआइ चेक गणतन्त्र)[५६]
 स्विट्जरल्यान्ड (स्वीजर ह्याटप्रेड)[५७] १२

वर्ष समाप्ति चार्ट[सम्पादन गर्नुहोस्]

सङ्गीत चार्ट (२०१४) शिर्ष
स्थान
 अस्ट्रेलिया (एरिया)[५८] २८
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[५९] २७
 संयुक्त अधिराज्य (आधिकारिक चार्ट कम्पनी)[६०] ६४
म्युजिक चार्ट (२०१५) शिर्ष
स्थान
 जर्मनी (मिडिया कन्ट्रोल चार्ट)[६१] ८०
 अस्ट्रेलिया (एरिया)[६२] ५५
 क्यानडा (क्यानडेली हट १००)[६३]
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[६४]
 संयुक्त राज्य अमेरिका (पप सङ)[६५]
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[६६]
 संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेम्पोररी)[६७]
 संयुक्त राज्य अमेरिका (डान्स/मिक्स शो एयरप्ले)[६८] २१
 पोल्यान्ड (भिडियो-अडियो उत्पादक सङ्घ)[६९] ३३
 संयुक्त अधिराज्य (आधिकारिक चार्ट कम्पनी)[७०] ६७

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू प्रमाणपत्र बिक्री
 जर्मनी (बिभिएमआइ) गोल्ड
[७१]
+ २००,०००
 अस्ट्रेलिया (एरिया) ५× प्लेटिनम
[७२]
+ ३५००००
 क्यानडा (म्युजिक क्यानडा) ४× प्लेटिनम
[७३]
+ ३२००००
 संयुक्त राज्य अमेरिका (आरआइएए) ८× प्लेटिनम
[७४]
+ ८००००००
इटाली इटाली (एफआइएमआइ) गोल्ड
[७५]
+ २५०००
 मेक्सिको (एम्प्रोफोन) गोल्ड
[७६]
+ ३००००
 न्युजिल्यान्ड (रिन्ज) प्लेटिनम
[७७]
+ १५०००
 संयुक्त अधिराज्य (बिपिआइ) प्लेटिनम
[७८]
+ ६५००००[७९]
 स्विट्जरल्यान्ड (आइएफपीआइ) गोल्ड
[८०]
+ १५०००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिती ढाँचा रेकर्ड सन्दर्भ
 संयुक्त राज्य अमेरिका १० नोभेम्बर २०१४ रेडियो रिदमीक कन्टेम्पोररी
११ नोभेम्बर २०१४ कन्टेम्पोररी हिट रेडियो [८१]
 जर्मनी २ जनवरी २०१५ सिडि एकल युनिभर्सल म्युजिक ग्रुप [८२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "टेलर स्विफ्टको ब्ल्याङ्क स्पेस", जिक्यु, (एड्भान्स पब्लिकेसन्स), अक्टोबर १५, २०१५, अन्तिम पहुँच अक्टोबर १८, २०१५ 
  2. ट्रस्ट, ग्रे (नोभेम्बर १९, २०१४), "टेलर स्विफ्टको बिलबोर्ड हट १०० इतिहास", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १९, २०१४ 
  3. जोल्ड्ज, लिन्ड्से, "टेलर स्विफ्ट १९८९ एल्बम", भल्चर ब्लग, अन्तिम पहुँच अक्टोबर २८, २०१४ 
  4. "१९८९ एल्बम", अन्तिम पहुँच नोभेम्बर ७, २०१४ 
  5. "टेलर स्विफ्ट ब्ल्याङ्क स्पेस" सिट म्युजिक", म्युजिक नोट्स, अन्तिम पहुँच डिसेम्बर ७, २०१४ 
  6. "Hot 100: Meghan Trainor Still No. 1, Ed Sheeran Hits Top 10, Glen Campbell Returns — Billboard", Billboard, अक्टोबर २२, २०१४। 
  7. "Taylor Swift's "Shake It Off" crosses the two million sales mark", headlineplanet.com। 
  8. "Hot 100: Taylor Swift's 'Shake It Off' Returns to No. 1 – Billboard", Billboard 
  9. Gary Trust (नोभेम्बर ६, २०१४), "Hot 100: Taylor Swift's 'Shake It Off' Returns to No. 1", Billboard, अन्तिम पहुँच नोभेम्बर ६, २०१४  = Archive.today अभिलेखिकरण नोभेम्बर ६, २०१४ मिति
  10. Keith Caulfield (नोभेम्बर १२, २०१४), "Taylor Swift's '1989' Spends Second Week at No. 1 on Billboard 200 Chart", Billboard, अन्तिम पहुँच नोभेम्बर १३, २०१४  = Archive.today अभिलेखिकरण नोभेम्बर १३, २०१४ मिति
  11. "Taylor Swift Album and Song History", Billboard, अन्तिम पहुँच नोभेम्बर १२, २०१४ 
  12. Gary Trust (डिसेम्बर ३१, २०१४), "Taylor Swift Helps Tie Record Streak for Women Atop Hot 100", Billboard, अन्तिम पहुँच जनवरी १, २०१५  = Archive.today अभिलेखिकरण जनवरी १, २०१५ मिति
  13. Grein, Paul (डिसेम्बर ३, २०१४), "'Uptown Funk!' Justifies Its Exclamation Point", Yahoo! Music 
  14. "Ask Billboard: Taylor Swift's Career Album & Song Sales", नोभेम्बर २६, २०१७, अन्तिम पहुँच नोभेम्बर २६, २०१७ 
  15. "NZ Top 40 Singles Chart – The Official New Zealand Music Chart", THE OFFICIAL NZ MUSIC CHART 
  16. "NZ Top 40 Singles Chart – The Official New Zealand Music Chart", THE OFFICIAL NZ MUSIC CHART 
  17. Myers, Justin (नोभेम्बर ७, २०१५), "Taylor Swift's 1989 one year on", Official Charts Company, अन्तिम पहुँच नोभेम्बर ७, २०१५ 
  18. "Global Music Report 2016", International Federation of the Phonographic Industry, अप्रिल १२, २०१६, अन्तिम पहुँच अप्रिल १६, २०१६  = Archive.today अभिलेखिकरण जुलाई ३०, २०१६ मिति
  19. "२०१५ एमटिभी भिडियो अवार्डका मनोनयन र विवेताहरू", बिलबोर्ड, ग्लोबल मिडिया, अन्तिम पहुँच जुलाई २१, २०१५ 
  20. विह्ट्नि, "अवार्ड विजेताहरू", भेराइटी 
  21. "एएमएका मनोनयनहरू", रोलिङ स्टोन 
  22. "एपीआरए अवार्ड", द सिड्नी मर्निङ, मे २५, २०१०, फेब्रुअरी ८, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  23. "२०१५- टिन च्वाइस अवार्ड विजेता र मनोनयनहरू", टिन च्वाइस अवार्ड, अगस्ट १६, २०१५, मूलबाट अगस्ट १८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १७, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण मार्च २०, २०१६ मिति
  24. "Lista de nominados a Premios Juventud 2015: Enrique Iglesias arrasa en nominaciones" (Spanishमा), युनिडिभिजन, मे ७, २०१५, मूलबाट मार्च १६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २०१५ 
  25. भेन, मेडिसन (मार्च २९, २०१५), "आइहर्ट म्युजिक अवार्डका विजेताहरू", इन्टरटेन्मेन्ट डेली, जुन २५, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन १४, २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  26. "बिएमआइ अवार्ड", ब्रोडकास्ट म्युजिक इङ्क, मे ११, २०१६, मे २७, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  27. २७.० २७.१ २७.२ "ग्रामी अवार्ड विजेता- पुर्ण सुचि", द गार्डेन्स 
  28. "आधिकारिक चार्ट कम्पनी" (जर्मनेलीमा), मिडिया कन्ट्रोल चार्ट, ४ अक्टोबर २०१५। 
  29. "एरिया चार्टको शिर्ष स्थानमा टेलर स्विफ्टको ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), एरिया चार्ट, ४ अक्टोबर २०१५। 
  30. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस (Ö३ अस्ट्रिया टप ४०)" (जर्मनेलीमा), Ö३ अस्ट्रिया टप ४०, ४ अक्टोबर २०१५। 
  31. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अल्ट्राटप ५०)" (नेदरल्यान्डेलीमा), अल्ट्राटप ५०, ४ अक्टोबर २०१५। 
  32. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अल्ट्राटप ४०)" (फ्रान्सेलीमा), अल्ट्राटप ४०, ४ अक्टोबर २०१५। 
  33. ""ब्राजिल हट १००"", बिलबोर्ड ब्राजिल, ४ अक्टोबर २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-२२ मिति
  34. ""०९.०२.२०१५ - १५.०२.२०१५"" (बुल्गेरियालीमा), ४ अक्टोबर २०१५।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-२१ मिति
  35. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, २७ अगस्ट २०१५। 
  36. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (क्रयसियन एयरप्ले रेडियो चार्ट)", क्रयसियन एयरप्ले रेडियो चार्ट, २८ अगस्ट २०१४। 
  37. ""टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आधिकारिक चार्ट कम्पनी)"" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट कम्पनी, २८ अगस्ट २०१४। 
  38. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आइएफपीआइ स्लोभाक गणतन्त्र)" (skमा), आइएफपीआइ स्लोभाक गणतन्त्र, ३० अगस्ट २०१४। 
  39. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्प्स (स्पेनी सङ्गीत उत्पादक)" (स्पेनीमा), स्पेनी सङ्गीत उत्पादक, २७ अगस्ट २०१४। 
  40. ""टेलर स्विफ्ट - ब्ल्याङ्क स्पस (बिलबोर्ड हट १००) "" (अङ्ग्रेजीमा), बिलबोर्ड हट १००, ३० अगस्ट २०१४। 
  41. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (पप सङ)" (अङ्ग्रेजीमा), पप सङ, ३० अगस्ट २०१४। 
  42. "टेलर।स्विफ्ट - ब्ल्याङ्क स्पेस (एडल्ट पप सङ)" (अङ्ग्रेजीमा), एडल्ट पप सङ, ३० अगस्ट २०१४। 
  43. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (एडल्ट कन्टेम्पोररी)" (अङ्ग्रेजीमा), एडल्ट कन्टेम्पोररी, ३० अगस्ट २०१४। 
  44. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आइएफपीआइ)" (फिनिसमा), आएफपीआइ, २७ अगस्ट २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२७ मिति
  45. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (फोनोग्राफिक राष्ट्रिय सङ्घ)" (फ्रान्सेलीमा), फोनोग्राफिक राष्ट्रिय सङ्घ, २७ अगस्ट २०१४। 
  46. "टृलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (ग्रिस डिजिटल सङ)" (अङ्ग्रेजीमा), बिलबोर्ड, २८ अगस्ट २०१४। 
  47. "टप ४० सिङ्गल ट्र्याक" (हङ्गेरियालीमा), हङ्गेरी रेकर्ड लेबल सङ्घ, २८ अगस्ट २०१४। 
  48. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आइसीस म्युजिक रेकर्ड एसोसिएसन)" (अङ्ग्रेजीमा), आइसीस म्युजिक रेकर्ड एसोसिएसन, २८ अगस्ट २०१४।  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२३ मिति
  49. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (मिडिया फरेस्ट)" (यहूदीमा), मिडिया फरेस्ट, २८ अगस्ट २०१४।  = Archive.today अभिलेखिकरण २०१४-१२-१४ मिति
  50. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (इटाली सङ्गीत उद्योग)" (अङ्ग्रेजीमा), इटाली सङ्गीत उद्योग, ५ मार्च २०१७। 
  51. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (जापान हट १००)" (अङ्ग्रेजीमा), जापान हट १००, २८ अगस्ट २०१४। 
  52. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आधिकारिक चार्ट)" (अङ्ग्रेजीमा), लेबनान आधिकारिक चार्ट, २८ अगस्ट २०१४। 
  53. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (एनजोट टप ४० सिङ्गल)" (अङ्ग्रेजीमा), एनजोट टप ४० सिङ्गल, २७ अगस्ट २०१४। 
  54. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अडियो भिडियो उत्पादक सङ्घ)" (पोलिसमा), अडियो भिडियो उत्पादक सङ्घ, ५ मार्च २०१७। 
  55. ""ब्ल्याङ्क स्पेस - एकल"" (अङ्ग्रेजीमा), युके आधिकारिक चार्ट कम्पनी, ३० अगस्ट २०१४। 
  56. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आइएफपीआइ चेक गणतन्त्र)" (csमा), आइएफपीआइ चेक गणतन्त्र, ३० अगस्ट २०१४। 
  57. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस" (जर्मनेलीमा), स्वीजर ह्याटप्रेड, २७ अगस्ट २०१४। 
  58. ""एरिया टप १०० एकल चार्ट"", एरिया चार्ट, २१ सेप्टेम्बर २०१५। 
  59. ""एरिया टप १०० सङ्गीत चार्ट"", रेकर्डेड म्युजिक एनजेट, २१ सेप्टेम्बर २०१५। 
  60. ""१०० उत्कृष्ट गीतहरू"", आधिकारिक चार्ट कम्पनी, २१ सेप्टेम्बर २०१५। 
  61. "टेलर स्विफ्ट – ब्ल्याङ्क स्पेस (मिडिया कन्ट्रोल चार्ट)" (अङ्ग्रेजीमा), मिडिया कन्ट्रोल चार्ट, ५ मार्च २०१७। 
  62. ""एरिया एकल चार्ट तालिका"", एरिया चार्ट, ५ मार्च २०१७। 
  63. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, ५ मार्च २०१७। 
  64. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस (बिलबोर्ड हट १००)" (अङ्ग्रेजीमा), बिलबोर्ड, ५ मार्च २०१७। 
  65. "टेलर स्विफ्ट -ब्ल्याङ्क स्पेस (पप सङ)" (अङ्ग्रेजीमा), पप सङ, ५ मार्च २०१७। 
  66. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), एडल्ट पप सङ, ५ मार्च २०१७। 
  67. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), एडल्ट कन्टेम्पोररी, ५ मार्च २०१७। 
  68. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), डान्स/मिक्स शो एयरप्ले, ५ मार्च २०१७। 
  69. "टेलर स्विफ्ट ब्ल्याङ्क स्पेस" (पोलिसीमा), भिडियो-अडियो उत्पादक सङ्घ, ५ मार्च २०१७। 
  70. "" समाप्तिको सङ्गीत चार्ट तालिका"", आधिकारिक चार्ट कम्पनी, ५ मार्च २०१७। 
  71. "टेलर स्विफ्ट ब्ल्याङ्क स्पेस" (जर्मनेलीमा), बिभिएमआइ, ५ मार्च २०१४। 
  72. "एरिया एकल चार्ट" (अङ्ग्रेजीमा), एरिया, २१ सेप्टेम्बर २०१५। 
  73. "म्युजिक क्यानडा-ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), म्युजिक क्यानडा, ५ मार्च २०१७। 
  74. https://www.riaa.com/gold-platinum/?tab_active=default-award&se=Taylor+Swift#search_section
  75. ""टेलर स्विफ्ट-ब्ल्याङ्क स्पेस" (इटालेलीमा), एफआइएमआइ, २१ सेप्टेम्बर २०१५। 
  76. "ब्ल्याङ्क स्पेस" (एकल), मेक्सिको, २५ सेप्टेम्बर २०१५। 
  77. ""एनजेट टप ४० चार्ट"", २५ डिसेम्बर २०१४। 
  78. "ब्ल्याङ्क स्पेस", संयुक्त अधिराज्य, २१ सेप्टेम्बर २०१५। 
  79. "१९८९ एल्बम" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट, ७ नोभेम्बर २०१५। 
  80. "ब्ल्याङ्क स्पेस", टेलर स्विफ्ट, २०१५। 
  81. "टप ४० मेनस्ट्रिम" (अङ्ग्रेजीमा), १९ नोभेम्बर २०१४। 
  82. "ब्ल्याङ्क स्पेस", अमेजन, २१ सेप्टेम्बर २०१५। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]