उषा पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उषा पौडेल
जन्मरूकमिनी कुमारी पौडेल [१]
(1983-07-18) १८ जुलाई १९८३ (उमेर ४०) [२]
जनकपुर [३]
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
अन्य नाम
  • रूकमिनी पौडेल
  • मुना
शिक्षाकान्ति इस्वरी कन्या विद्यालय (प्रवेशिका)
पेशाअभिनेत्री
कार्यकाल१९९९  – हाल
जीवनसाथीसुधन्सु जोसी (२०१६–हाल)[४]

उषा पौडेल (१८ जुलाई, जनकपुरमा जन्मिएकी) एक नेपाली नर्तक तथा चलचित्र अभिनेत्री हुन्। उषा नेपाली फिल्म उद्योगमा नेपाली सिनेमा कर्मबाट एक अभिनेत्रीको रूपमा प्रदापण गरेकी थिइन्। उनको दोस्रो चलचित्र "मुना मदन" सन् १९९९ मा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन नामक एक लोकप्रिय पुस्तकको आधारमा बनाइएको थियो।[३]

उषा पौडेलले २४ नोभेम्बर २०१६ मा भर्जीनिया, अमेरिकामा आयोजित एक समारोहमा नेपाली अभिनेता सुधन्सु जोशीसँग विवाह गरेकि थिइन्।[३][५]

रूकमिनी कुमारी पौडेल (उषा) नेपालकी एक उच्च प्रसिद्ध अभिनेत्री हुन्। कर्म, मुना मदन, गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रहरूमा उनले काम गरिसकेकी छिन्। उनले ८ टेलिभिजन कार्यक्रम, ३६ सङ्गीत भिडियोहरू र एक दर्जन भन्दा बढी टेलिभिजन विज्ञापनमा आफ्नो प्रतिभा देखाइसकेकी छिन्। उनले सन् २००३ मा उनले गरेका उत्कृष्ट अभिनयका कारण उनलाई "उत्कृष्ट अभिनेत्री" पुरस्कार प्रदान गरिएको थियोे। उनको एक चलचित्र मुना मदन सन् २००४ ओस्करमा नेपालको प्रतिनिधित्व गरेको थियो। उनले संसारभर यात्रा गर्दै आफ्नो नृत्य प्रस्तुत गरिसककी छिन् जसले गर्दा उनले सबैतिरबाट निकै प्रशंसा बटुल्न पनि सफल भएकी थिइन्। उनको प्रतिभालाई मान्यता दिँदै र नेपालका पूर्व राष्ट्रपति डा राम बरण यादवले उनलाई सम्मानित गरेका थिए।

उनको चलचित्र क्षेत्रतर्फको रूचि अझै बढ्दो क्रममा थियोे जसका कारण, उनले हिन्दी भाषा सिक्न र हिन्दी चलचित्रमा काम गर्ने उदेश्यले मुम्बई गइन्। शुरुवाती चरणहरूमा उनले केही दिन हिन्दी भाषा सिक्न लगाइन् र त्यसपछि उनी त्यसमा अब्बल भइन्। केही अडिसन पश्चात् उनको बलिउड यात्रा शुरुवात भएको थियो। उनले त्यसपछि टेलिभिजन कार्यक्रमहरू जस्तै:तुझ सङ प्रित लगै सज्ना, जय जय बजरङ्ग बली, अदालत, चिन्टु छिन्की अर एक बढी सि लभ स्टोरीमा आफ्नो उपस्थिति बनाइन्। विभिन्न ब्राण्डहरू र टेलिभिजन विज्ञापनहरूमा उनलाई उतारिएको थियोे।

मुम्बई पुगे पछि, अभिनेत्री कुनै पनि औपचारिक कार्यक्रमहरूमा नेपालीमा देखा परेकी थिइनन्। तथापि, उनले हालै संयुक्त राज्य अमेरिकामा आफ्नो प्रस्तुति दिएकी थिइन्। नयाँ वर्ष -२०१५ को अवसरमा विभिन्न नेपाली संस्थाहरूले सान फ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा उनले नृत्य प्रस्तुत गरेकी थिइन्।

स्थानीय नेपाली संस्थाहरूका प्रतिनिधिहरूले जानकारी दिए अनुसार अभिनेत्रीले तीन महिना संयुक्त राज्य अमेरिकामै बिताएकी छिन्[६] र उनी त्यहीँ बस्न इच्छुक छिन्।

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

उषा पौडेलले अभिनय गरेका केही चलचित्रहरू

  • कर्म
  • मुना मदन
  • गोधुली
  • तिम्रो माया
  • जेठो काञ्छो
  • राम लक्षमण
  • प्यारी बहिनी
  • गङ्गा
  • बाज
  • क्रोघ
  • पाले दाई
  • धमाका
  • रणसङ्ग्राम
  • कसम
  • माया नगर
  • छायाँ
  • ज्वालामुखी
  • भरोसा

दूरदर्शन श्रृङ्खलाहरू[सम्पादन गर्नुहोस्]

  • पुष्पाञ्जली
  • कसलाई आफ्नो भनुम
  • दुई दिनको जिन्दानी
  • करूणा

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उषा पौडेलको जन्म १९८३ जुलाई १८ मा धनुषा जिल्लाको जनकपुरमा भएको थियो। उनको पिताको नाम कोमल प्रसाद पौडेल हो भने आमाको नाम मिटु पौडेल हो। उनी परिवारकि माइली छोरी हुन्। उनका एक दिदी र एक भाइ छन्। उनले पाँच कक्षा सम्मको पढाई इश्वरी निम्नमाध्यमिक विद्यालयमा गरिन् र महेन्द्र भृकुटी विद्यालय र कान्ति इश्वरी कन्या विद्यालय काठमाण्डौबाट अध्ययनरत रही प्रवेशिका सम्मको पढाइ पुरा गरेकी थिइन्।[७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नेपाल चर्चित व्यक्तिहरूको वास्तविक नाम" 
  2. "उषा पौडेलका चलचित्रहरू, को हुन् उषा पौडेल", एक्स नेपाली डटनेट, अन्तिम पहुँच २५ नोभेम्बर २०१६ 
  3. ३.० ३.१ ३.२ "नेपाली अभिनेत्री उषा पौडेलको जीवनी", नेपाली एक्ट्रेस डटकम, अन्तिम पहुँच २५ नोभेम्बर २०१६ 
  4. "उषाले सुधन्सु जोसीसँग विवाह", युट्युब, अन्तिम पहुँच २५ नोभेम्बर २०१६ 
  5. "लगनगाँठो कस्दै अभिनेत्री उषा पौडेल", कोशी अनलाइन, कार्तिक ०५, २०७३, अन्तिम पहुँच १० जेठ २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२६ मिति
  6. "फिल्ममा चल्न छाडेपछि कलाकारको ‘मिसन अमेरिका’", अनलाइन खबर, अन्तिम पहुँच १० जेठ २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२६ मिति
  7. "अभिनेत्री उषा पौडेलको जीवनी", फुर्सद नेपाल, अन्तिम पहुँच ११ जेठ २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]