फाँडो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फाँडो
प्रकारखाना परिकार
उत्पत्ति स्थाननेपाल
सम्बन्धित राष्ट्रिय व्यञ्जननेपाल
मुख्य सामग्रीहरूदुधिलो (कलिलो) मकै, वा मकैको पिठो, गहुँको पिठो, पानी, तेल वा घ्यू, नुन, मसला, खूर्सानी आदी ।


फाँडो एक प्रकारको पुरानो नेपाली खानाको एक परिकार हो। यो परिकार हालको दाल जस्तै नेपाली समुदायहरूमा अत्यन्त प्रयोग हुने गर्दथ्यो।

फाँडोलाई कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको हुन्छ। यो एक प्रकारको माडजस्तो खोले हो। कलिला मकैका दाना थिची लेदो हुने गरी बनाइन्छ। कुनै समय सबै नेपालीहरूले खाने गरे पनि कुनै समय गरिब परिवारहरूले मात्र फाँडो खान्छ भन्ने नेपाली सोच तथा चलन थियो। तर हाल नेपालका महँगो होटलहरूमा धेरै मूल्य तिरेर धनी वर्गहरूले फाँडोसँग विभिन्न परिकार खाने गर्दछन्।

बनाउने तरिका[सम्पादन गर्नुहोस्]

पहिले कलिलो मकैलाई छोडाएर दाना-दान छुट्टाइन्छ । मकैका दानाहरूलाई सिलौटा वा ओखलमा कुटेर मकैको दानाबाट बाक्लो रस तथा छोक्रा छुट्टाइन्छ । उक्त मकैको बाक्लो रसलाई कराई अन्य भाँडोमा तातिएको तेल वा घ्युमा हालिन्छ । अनि आवश्यक पानी हाली केही बेर पाकाइन्छ अनि आवश्यक रूपमा नुन, मसला, खुर्सानी मिलाइ फाँडो पकाइन्छ ।

प्रयोग[सम्पादन गर्नुहोस्]

पाकेको स्वादिष्ट फाँडोलाई भात, आँटो तथा ढिडोसँग मिलाएर खाइन्छ । यो फाँडो सुपका रूपमा पनि पिउन सकिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]