चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
आदर्श वाक्य-
प्रकारराष्ट्रिय प्रतिष्ठान
स्थापना२०६३
कुलपतिनेपालको प्रधानमन्त्री
स्थान
सहकुलपतिस्वास्थ्य मन्त्रि
वेबसाइटhttp://nams.org.np/index.php


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (अङ्ग्रेजी: National Academy of Medical Sciences (NAMS)) को स्थापना चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्ने काम समेतको लागि गरिएको हो । प्रतिष्ठानको मुख्य कार्यालय काठमाडौँमा रहेको छ। प्रतिष्ठानलाई अंग्रेजी भाषामा नेशनल एकेडेमी अफ मेडिकल साईन्सेज भनिन्छ । बीर अस्पताल सन् २००३ पश्चात चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सञ्चालित छ।

स्वशासित र सङ्गठित संस्था[सम्पादन गर्नुहोस्]

(१) प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ ।
(२) प्रतिष्ठानको काम कारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) प्रतिष्ठानले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र प्रतिष्ठान उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।

प्रतिष्ठानको स्वरुप[सम्पादन गर्नुहोस्]

प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरु रहनेछन् र तिनीहरूको सामूहिक रुप नै प्रतिष्ठानको स्वरुप हुनेछ ः–
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद,
(घ) सेवा आयोग,
(ङ) अस्पताल, र
(च) तोकिए बमोजिमको अन्य निकाय ।

प्रतिष्ठानको काम, कर्तव्य र अधिकार[सम्पादन गर्नुहोस्]

(क) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालीम तथा अनुसन्धान गर्ने,
(ख) गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने,

(ग) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा अध्ययन, अध्यापन, तालीम तथा अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गर्न स्वदेशी तथा विदेशी विश्वविद्यालय, अस्पताल तथा शैक्षिक संस्थानसंग सम्झौता गर्ने,
(घ) गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने,
(ङ) प्रतिष्ठानद्वारा सञ्चालन गरिने विभिन्न कार्यक्रमको स्तर अभिवृद्धि गर्न स्वदेशी वा विदेशी विश्वविद्यालय, अस्पताल वा शैक्षिक संस्थाहरुस“ग समन्वय कायम गर्ने,
(च) स्वास्थ्य सम्बन्धी स्वदेशी तथा विदेशी विश्वविद्यालय, प्रतिष्ठान र अन्तर्राष्ट्रिय सङ्घ संस्थासित सम्बन्ध स्थापना, विस्तार र सुदृढ गरी पारस्परिक सहयोग आदान–प्रदान गर्ने,
(छ) स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा गोष्ठी, सम्मेलन, सेमिनार आयोजना गर्ने, गराउने,
(ज) स्वास्थ्य सम्बन्धी विभिन्न पुस्तक प्रकाशन गर्ने, गराउने,
(झ) तोकिए बमोजिमको अन्य काम गर्ने ।
प्रतिष्ठानको काम, कर्तव्य र अधिकार प्रतिष्ठानको सङ्गठनमार्फत प्रयोग र पालना हुनेछन्।[१]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३