मासिक सक्रिय प्रयोगकर्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मासिक सक्रिय प्रयोगकर्ताहरू, सामाजिक सञ्जाल खेल, सामाजिक सञ्जाल सेवा र बढ्दो मोबाइल अनुप्रयोगहरूको सफलता दर मापन गर्ने एक तरिकाहरू हो। सामान्यतया, मेट्रिकहरू विशिष्ट मापन अवधि भरि वा अघिल्लो ३० दिनका नमुना प्रयोगकर्ताहरूको सङ्ख्या गणना गरेर मापन गरिन्छ।[१][२][३][४][५][६][७][८][९] मासिक सक्रिय प्रयोगकर्ताको गणना गर्नाले कम्पनीको मूल्य निर्धारण गर्नमा मद्दत गर्दछ। यसले मासिकका आधारमा सहभागी हुने प्रयोगकर्ताहरूको सङ्ख्या पत्ता लगाउँदछ र उक्त साइटमा पुन फर्किने प्रयोगकर्ताहरूको पनि जानकारी दिन्छ।

स्पष्ट रूपमा, मासिक सक्रिय प्रयोगकर्ताहरूको पहिचान इमेल वा प्रयोगकर्ता नाम द्वारा गर्न सकिन्छ। केही कम्पनीहरूका लागि, मासिक सक्रिय प्रयोगकर्ता लागि प्रवेश र अन्तरक्रिया आवश्यक पर्दछ, यद्यपि कसले अन्तरक्रिया रचना गर्छ भन्ने कुरा कम्पनी अनुसार फरक पर्न सक्छ। मासिक आधार बाहेक, सक्रिय प्रयोगकर्ताहरू दैनिक (दैनिक सक्रिय प्रयोगकर्ता) र साप्ताहिक (साप्ताहिक सक्रिय प्रयोगकर्ता) रूपमा मापन गर्न पनि सकिन्छ। दैनिक सक्रिय प्रयोगकर्ता प्राय: पात्रो, खेल र इमेल जस्ता दैनिक प्रयोग हुने व्यवसायहरूले प्रयोग गर्दछन्। साप्ताहिक मापन प्रायः सामाजिक सञ्जाल वा सन्देश बोर्डहरू, मञ्च, एनालिटिक्स उपकरणहरू र उत्पादकता अनुप्रयोगहरूद्वारा प्रयोग गरिन्छ। मासिक सक्रिय प्रयोगकर्ता मेट्रिक, इमेल र बहीखाता /लेखा अनुप्रयोग जस्ता व्यापार-देखि-व्यापार अनुप्रयोगहरूले प्रयोग गर्दछन्।

लोकप्रिय सामाजिक सञ्जालमा मासिक सक्रिय प्रयोगकर्ताहरूको गणना[सम्पादन गर्नुहोस्]

लोकप्रिय सामाजिक सञ्जाल ट्विटरमा मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि कम्तीमा ३० वटा अरूका ट्विटर खातामा पछ्याएको हुनुपर्ने र पछ्याइएको कम्तीमा १ भागको तीन भागले सो प्रयोगकर्तालाई पछ्याउनु पर्ने नियम कायम गरेको छ। मासिक सक्रिय प्रयोगकर्ताहरूलाई एक महिना भित्रमा, ट्विटरले प्रवेश गरेको आधारमा गणना गर्दछ।

फेसबुकले मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि एक महिना भित्रमा फेसबुकमा प्रवेश र प्रयोग गरेको हुनुपर्ने नियम कायम गरेको छ जसमा प्रयोग भन्नाले फेसबुकमा अन्तरक्रिया गर्नुहो जस्तै मनपराउनु, साझेदारी गर्नु, टिप्पणी गर्नु र सन्देश आदन प्रदान गर्नु र बाह्य कडीद्वारा अन्य वेबसाइटमा प्रवेश गर्नु भन्ने बुभिन्छ।[५] यदि प्रयोगकर्ताले ३०-दिनको अवधिमा कुनैपनि अन्तरक्रिया गर्दैन भने त्यो प्रयोगकर्ता निष्क्रिय मानिन्छ।[१०]

गुगल+मा मासिक सक्रिय प्रयोगकर्ता हुनका लागि उसको गुगल खाता हुनु पर्ने र एक महिना सम्ममा गुगलका सेवाहरू प्रयोग गर्नुपर्नेछ।[११]

आलोचना[सम्पादन गर्नुहोस्]

मासिक सक्रिय प्रयोगकर्ता मापन गर्ने प्रणाली र मापन मेट्रिक सान्दर्भिक छ कि छैन भन्ने बारेमा धेरै आलोचनाहरू हुने गरेका छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "द फेसबुक"  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२८ मिति
  2. ""इन्टरनेटका नियम र पेसाको बोलि: वेब अनुप्रषोगका लागि "मासिक सक्रिय प्रयोगकर्ताहरू" भनेको के हो?" 
  3. "स्वतन्त्र इन्टरनेट शब्दकोष फार्लेक्स: मासिक सक्रिय प्रयोगकर्ता" 
  4. "एप्लिकेसन इनसाइट्स: मासिक सक्रिय प्रयोगकर्ताहरू कसरी मापन गर्न सकिन्छ?"  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-०३ मिति
  5. ५.० ५.१ "फेसबुकले यसको मासिक सक्रिय प्रयोगकर्ता एल्गोरिदम परिवर्तन गरेको छ" 
  6. "फेसबुकले मासिक सक्रिय प्रयोगकर्ताहरूको प्रतिवेदन परिवर्तन गरेको छ" 
  7. "फेसबुकको ५ बिलियन अमेरिकी डलरको सार्वजनिक प्रस्ताव, सङ्ख्याका आधारमा [रेखाचित्र]" 
  8. "कसरी फेसबुकले पृष्ठका लागि मासिक सक्रिय प्रयोगकर्ता मापन गर्दछ" 
  9. "मोबाइल अनुप्रयोगको रिटेन्सन कसरी मापन गर्ने" 
  10. "फेसबुकले मासिक सक्रिय प्रयोगकर्ताहरूको प्रतिवेदन परिवर्तन गरेको छ" 
  11. केन्टन, विल (४ फेब्रुअरी २०१८), "इन्भेस्टोपिडियामा मासिक सक्रिय प्रषोगकर्ताका बारेमा थप जानकारी", इन्भेस्टोपिडिया, अन्तिम पहुँच २९ जनवरी २०१९