सालको पातको टपरी हुनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"सालको पातको टपरी हुने"
कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको गीत
भाषानेपाली भाषा
प्रकाशित२०७५
सार्वजनिक२०७५
रेकर्ड२०७५
किसिमलोकगीत
सङ्गीतकारवसन्त थापा
गीतकारनवराज पन्त

सालको पातको टपरी गीतमा वसन्त थापाको सङ्गीत, कुलेन्द्र विक र विष्णु माझीको स्वर रहेको छ। [१]

पृष्ठ भूमि[सम्पादन गर्नुहोस्]

यो गीतले युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको किर्तिमानी कायम गरेको छ। यस गीतलाई तीन महिनामा युट्युबमा ३ करोड ५० लाखपटक भन्दा बढि हेरिएको छ। नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ कीर्तिमान बनाएको हो।[२]

भिडियो[सम्पादन गर्नुहोस्]

शब्दहरू[सम्पादन गर्नुहोस्]

भाको एउटा जाले रुमाल फुल भरेको छैन

होइ भाको एउटा जाले रुमाल फुल भरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना पिरतीमा बैना
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
हो.. सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको

मुटु कहाँ बैना मार्यौ मै सोझीलाइ जलाइ
हे... मुटु कहाँ बैना मार्यौ मै सोझीलाइ जलाइ
कलेजीमा झुपडी देउ रुमाल नदेउ मलाई रुमाल नदेउ मलाई
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
हो.. सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको

पानीको रिस गर्ने माछी कहाँ होला र सानु
होइ पानीको रिस गर्ने माछी कहाँ होला र सानु
डालीको रिस फुलले गरे मैले त जानु मैले त के जानु
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
हो.. सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको

छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ
होइ छेउमै छ नि लाली फुल प्याउली किन हेर्छौ
जुगै काट्ने आश छ मलाई मन किन फेर्छौ मन किन फेर्छौ
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
हो.. सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको

आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
होइ आउँदा जाँदा देउरालीमा फुल चढाउँछु मैले
तिम्लाई सम्झी चढाको फुल ओइलिदैन कहिले ओइलिदैन कहिले
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
हो.. सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको

जोडी पंक्षी देखे पनि घर मुनिको बोटमा
होइ जोडी पंक्षी देखे पनि घर मुनिको बोटमा
तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा आउँछ मेरो ओठमा
ए हे बरै हे बरै
सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
हो.. सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको
तिम्रो माया कति छ कति हे बरै नलाउ पछि हल्लैको

सामाजिक सञ्जाल[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नू होस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘सालको पातको टपरी हुने हे बरै नहुने सल्लैको’", राजधानी, अन्तिम पहुँच आइतबार, फागुन ०५, २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-२४ मिति
  2. "‘सालको पात टपरी हुनी..’ सुपरहिट", नयाँ दैनिक, २०७५ फागुन ५ आइतबार, अन्तिम पहुँच ६ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]