रामेश्वर श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामेश (वास्तविक नाम रामेश्वर श्रेष्ठ) नेपाली संगीतकार तथा गायक हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

रामेश्वर श्रेष्ठको जन्म आमा शिवलक्ष्मी श्रेष्ठ र बाबु कर्णबहादुर श्रेष्ठको कोखमा विक्रम सम्वत २००१ साल असार ८ गते पाल्पाको तानसेनमा भएको थियो। उनका पिता माल अड्डाका हाकिम भएका कारण बाबुसँगै यिनी देशका विभिन्न ठाउँमा पुगेका थिए। [१]

विक्रम सम्वत २०१९ सालमा रेडियो नेपालमा राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा भाग लिई संगीत क्षेत्रमा देखा परेका थिए। उनी केही समय रेडियो नेपालको जागिर खाएर ओखलढुंगाखोटाङका विद्यालयमा पढाएका थिए।

नेपाली संगीत क्षेत्रमा पहिले राल्फा समुह बनाएर काम गरेका रामेश पछि राल्फा छोडेर आस्था समुह खोलेका थिए। [२] गीत संगीतबाट चेतना फैलाउने उद्धेश्यले राल्फा समुह खोलिएको थियो। यसमा गीतकार तथा कवि मञ्जुल, लेखक तथा गायक गणेश रसिक लगायतको सहभागिता थियो। [३]

गीत[सम्पादन गर्नुहोस्]

उनले सयौं जागरण गीतहरू गाएका छन्।[४] रामेशका गीतमा जागरणका स्वरको प्रधानता पाइन्छ ।

  • गाउँ गाउँबाट उठ
  • आऊ मिलाऊँ हाम्रा हातहरू
  • सुनको बिहान
  • गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन
  • कोही त भने जहाजमा हरर

उनको गायनयात्रा समेटेर नामक बृत्तचित्र बनाइएको छ । [५] [६]

उनले चलचित्र बलिदान को पटकथा संवाद लेखेका थिए। त्यस चलचित्रको संगीत र पार्श्व गायन समेत गरेका थिए। [७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. गणेश रसिक (९ मार्च २०१९), "कोसीछेउ उभेको जोर सिमल", कान्तिपुर कोशेली 
  2. गणेश रसिक (९ मार्च २०१९), "कोसीछेउ उभेको जोर सिमल", कान्तिपुर कोशेली 
  3. "जनता रहुन्जेल गीत रहन्छ", कान्तिपुर दैनिक, जेष्ठ १३, २०७५। 
  4. श्रेष्ठ, डम्बरकृष्ण (२५ कार्तिक २०७४), "एक जुगका गायक रामेश", अन्नपूर्ण पोष्ट 
  5. "गायक रामेशको यात्रा समेटिएको वृत्तचित्र", हिमाल खबर, बैशाख ३०, २०७३। 
  6. "‘डढेलो भित्रका सतिसाल’मा गायक रामेश", बैशाख ३०, २०७३।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१३ मिति
  7. "‘डढेलो भित्रका सतिसाल’मा गायक रामेश", बैशाख ३०, २०७३।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-१३ मिति

थप पढ्नुहोस्[सम्पादन गर्नुहोस्]