शक्तिसिंहदेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शक्तिसिंहदेव
डोय राज्यको राजा
शासनकालवि सं १३२९-१३६१ ।
पूर्वाधिकारीरामसिंहदेव
उत्तराधिकारीभूपालसिंहदेव
जन्मवि सं
मृत्युवि सं १३६१
सन्तानभूपालसिंहदेव
वंशकर्णाट वंश
बाबुरामसिंहदेव
धर्महिन्दु

राजा शक्तिसिंहदेव रामसिंहदेवका छोरा र उत्तराधिकारी थिए । उनी पराक्रमी र विजिगीषु राजा थिए ।

उनले आफ्ना वरिपरि का राज्यहरूमाथी आक्रमण गरेर रकम असुल गरेका थिए । उन्स्ले वि सं १३५६ मा काठमाडौ उपत्यकामाथी आक्रमण गरेका थिए । पुस महिनाको जाडोमा तिरहुत सेना काठमाडौ उपत्यका प्रवेश गर्यो । जहाँ पुगे पनि उनीहरू विजय गर्दै अघि बढे । उनीहरूले तिपुर र असनिम जस्ता ठाउँहरूमथी विजय गरे । तिरहुत सेना फागुन महिना सम्म काठमाडौँ उपत्यकामा बस्यो । उनीहरूले खण्डिखुरी, खापिङथली, मितिली, चुनिगल, वाघंनिमं, बखुरीबही, त्यंखाडोल, बलुंखा जलधनी, ब्रह्मपुरजस्ता टोल र किल्लाहरूमा कब्जा गरे । अन्त्यमा उपत्यका भित्रका राजाले कर्णाटक राजालाई कर तिर्न करै लाग्यो र सबै रैतिसँग कर उठाइयो । उपत्यकामा तिरहुतेहरूको ठूलो प्रभाव पर्यो । त्यहाँको अर्थतन्त्रबाट लाभान्वित भएर तिरहुतेहरू घर फर्के ।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ ९९