कार्य सम्पादन जमानत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कार्य सम्पादन जमानत (अङ्ग्रेजी: Performance Bond)लाई सम्झौता जमानत समेत भनिन्छ। यो जमानत बैङ्क तथा विमा कम्पनीबाट सम्झौताको आपूर्तिकर्ता वा ठेकेदारले कार्य सम्पादनको लागि जारी गर्ने जमानत हो। यो जमानत ठेकेदारले सम्झौता अनुसारको कार्य सम्पादन गर्नको लागि राखिने कागजात हो र कुनै पनि ठेकेदारले सम्झौता अनुसारको कार्य सम्पादन गर्न नसकेको वा नगरेको खण्डमा यसबाट सोबाट खरिदकर्तालाई पर्न गएको नोक्सानीको हर्जाना लिइन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कार्य सम्पादन जमानतको प्रयोग करिद २७५० ईसा पूर्वको आसपास देखि भएको पाइन्छ। रोमनहरूले करिब सन् १५० मा जमानी सम्बन्धी कानुन तयार गरेका थिए, [१] जुन सिद्धान्तहरू अहिले पनि कार्यान्वयनमा छन्।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Russell, Jeffrey Burton (२०००), Surety bonds for construction contracts, Reston, Va.: ASCE Press, पृ: 9, आइएसबिएन 0-7844-0426-7