बोलपत्र जमानत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बोलपत्र जमानत (अङ्ग्रेजी: Bid Bond) बोलपत्रदाताले बोलपत्रमा सहभागी हुनको लागि पेश गर्ने जमानतको कागजात हो। यो जमानत बोलपत्रमा सहभागी भए पश्चात बोलपत्रदाताहरूले बोलपत्र अनुसारको कार्य नगर्दा बोलपत्र आह्वानकर्तालाई हुन सक्ने नोक्सानीको लागि वा बोलपत्रदाताले बोलपत्रको प्रस्तावमा छनौट भएको बोलपत्रको शर्तहरू मान्ने प्रत्याभुतीको लागि राखिने गरिन्छ । [१]

बोलपत्र जमानत बैङ्क मार्फत जारी बैङ्क जमानत वा नगदको रूपमा राख्ने गरिन्छ । बोलपत्र जमानतले बोलपत्र आह्वानकर्तालाई बोलपत्रदाताको छनौट पश्चात सम्झौता गर्न आउछ भन्ने सम्बन्धमा प्रत्याभूति दिने गर्दछ ।

बोलपत्र सामान्यतया बोलपत्रको लागत अनुमानको रकममा २ प्रतिशत देखि ३ प्रतिशतको रकम तय गरिन्छ । बोलपत्रदाताले छनौट भए पश्चात बोलपत्रको शर्त अनुसार सम्झौता गर्न नआएको वा नमाने खण्डमा बोलपत्र जमानतको रकमलाई खाने गरिन्छ ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Bid Bond", Association of Corporate Treasurers, २६ फेब्रुअरी २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००९-०२-२३  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०२-२६ मिति